अग्रता जोगाउन नसक्दा लेभान्टेसँग बार्सिलोना पराजित

Shikharkhabar Shikharkhabar
|
आइतबार, कार्तिक १७, २०७६
|
|
४८ पटक हेरिएको
Shares
अग्रता जोगाउन नसक्दा लेभान्टेसँग बार्सिलोना पराजित

सारांश

  • एजेन्सी ।
  • स्पेनिस लिगमा बार्सिलोना पराजित भएको छ।
  • अग्रता जोगाउन नसक्दा बार्सिलोनाले लेभान्टेसँग ३–१ गोल अन्तरको हार ब्यहोरेको हो ।

एजेन्सी । स्पेनिस लिगमा बार्सिलोना पराजित भएको छ। अग्रता जोगाउन नसक्दा बार्सिलोनाले लेभान्टेसँग ३–१ गोल अन्तरको हार ब्यहोरेको हो ।

शनिबार राति भएको खेलमा बार्सिलोनाले सिजनको तेस्रो लिग हार ब्यहोर्न बाध्य भयो । खेलमा अग्रता भने बार्सिलोनाले ३८ औ मिनेटमा लियोनल मेस्सीले पेनाल्टीमा गोलबाट लिएको थियो ।

तर ६१ औ मिनेटमा जोस कम्पानाले गोल गर्दै लेभान्टेलाई खेलमा फर्काएका थिए । बेरजा मेयरालले ६३ औ मिनेटमा गोल गर्दै लेभान्टेलाई अघि बढाए । ६८ औ मिनेटमा निमन्जा राडोजाले गोल गर्दै घरेलु टोलीको जित सुनिश्चित गरे ।

जित सहित लेभान्टे १२ खेलबाट १७ अंक सहित तालिकाको आठौं स्थानमा उक्लिएको छ । शीर्ष स्थानको बार्सिलोनाको २२ अंक छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?