उत्तर कोरियाली नेता किम जोङ अनले दिए अमेरिकालाई यस्तो भयानक धम्की

Shikharkhabar Shikharkhabar
|
सोमबार, पौष १७, २०७४
|
|
१९ पटक हेरिएको
Shares
उत्तर कोरियाली नेता किम जोङ अनले दिए अमेरिकालाई यस्तो भयानक धम्की

सारांश

  • न्यूयोर्क, १७ पुस ।
  • उत्तर कोरियाली नेता किम जोङ अनले संयुक्त राज्य अमेरिकालाई चेतावनी दिँदै आणविक हतियारको साँचो सधैँ आफ्नो टेबलमा हुने बताएका छन् ।
  • नयाँ बर्षको सन्दर्भमा राष्ट्रवासीका नाममा दिएको सम्बोधनको अमेरिकी समाचार संस्था सिएनएनद्वारा गरेकोे अनुवादमा उद्धृत गरिएकोे छ, “अमेरिकाको सम्पूर्ण मुख्यस्थानहरू उत्तर कोरियाको आणविक हतियारको पहुँचभित्र रहेको र साँचो सधैँ मेरो कार्यालयको टेबलमा रहन्छ ।

न्यूयोर्क, १७ पुस । उत्तर कोरियाली नेता किम जोङ अनले संयुक्त राज्य अमेरिकालाई चेतावनी दिँदै आणविक हतियारको साँचो सधैँ आफ्नो टेबलमा हुने बताएका छन् । नयाँ बर्षको सन्दर्भमा राष्ट्रवासीका नाममा दिएको सम्बोधनको अमेरिकी समाचार संस्था सिएनएनद्वारा गरेकोे अनुवादमा उद्धृत गरिएकोे छ, “अमेरिकाको सम्पूर्ण मुख्यस्थानहरू उत्तर कोरियाको आणविक हतियारको पहुँचभित्र रहेको र साँचो सधैँ मेरो कार्यालयको टेबलमा रहन्छ । उनीहरूले यसलाई धम्की होइन यथार्थको रूपमा लिनु जरुरी छ ।”

नेता अनले थपे, “उत्तर कोरिया आणविक हतियार सम्पन्न एक जिम्मेवार राष्ट्र हो र शान्ति चाहन्छ ।“ उनले तत्काल आणविक हतियारको प्रयोग हुने स्थिति नभएको बताउँदै भने, “संयुक्त राज्य अमेरिकाले उत्तर कोरियाविरुद्ध युद्ध शुरु गर्न सक्दैन । हामी विरुद्ध उत्तेजित भएर नआउँदासम्म हामीले आणविक हतियारको प्रयोग गर्न चाहेका छैनौ ।”

यसबाहेक उत्तर कोरियाको राज्य सञ्चालित समाचार संस्था केसिएनएले शनिबार एक प्रतिवेदन सार्वजनिक गर्दै सन् २०१८ लाई आणविक हतियार विकासको बर्ष बनाउन प्रतिबद्ध रहेको जनाएको छ ।

प्रतिवेदनमा उत्तर कोरियाले आफ्नो नीति परिवर्तन गर्ने बिषयमा अपेक्षा नगर्न भनिएको छ । “यसको अस्तित्व अजेय शक्तिमा रहेको छ जुन न त बेवास्ता गर्न सकिन्छ न अन्त्य गर्न नै सकिन्छ ।”

अमेरिका र कोरियाली प्रायद्वीपमा देखिएको तनावबीच उत्तर कोरियाले सन् २०१७ को सेप्टेम्बरमा गरेको विशाल आणविक क्षेप्यास्त्रको परीक्षण साथै नोभेम्बरमा शक्तिशाली आसिविएमले विश्वले चासो व्यक्त गर्दै आएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कार्यक्रम कार्यान्वयनकार्यक्रम कार्यान्वयन नगर्ने परिपाटी अन्त्य हुनुपर्छः मुख्मन्त्री पौडेल
कार्यक्रम कार्यान्वयनकार्यक्रम कार्यान्वयन नगर्ने परिपाटी अन्त्य हुनुपर्छः मुख्मन्त्री पौडेल
सधैँ जित्नुपर्छ जस्तो कहिले लागेन,अब हार्दैछु: उपेन्द्र देवकोटा
सत्तारुढ दलकै विद्यार्थीले मागे प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालको राजीनामा
सत्तारुढ दलकै विद्यार्थीले मागे प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालको राजीनामा
तुलसीपुर उपमहानगरको अधिवेशनमा मुख्यमन्त्रीको विशेष सम्बोधन हुने
तुलसीपुर उपमहानगरको अधिवेशनमा मुख्यमन्त्रीको विशेष सम्बोधन हुने
प्रेमी सौगातको जन्मदिन मनाइरहेकै बेला दराज खसेर नायिका सृष्टि श्रेष्ठ घाइते, नर्भिक अस्पतालमा उपचार हुँदै
प्रेमी सौगातको जन्मदिन मनाइरहेकै बेला दराज खसेर नायिका सृष्टि श्रेष्ठ घाइते, नर्भिक अस्पतालमा उपचार हुँदै
कोरोनाको कहर : काठमाडौंमा मास्क प्रयोग गर्नेको संख्या बढ्यो
कोरोनाको कहर : काठमाडौंमा मास्क प्रयोग गर्नेको संख्या बढ्यो
विश्वशान्ति स्तूपा हुँदै पुम्दीकोट : उक्लँदै पर्यटक, थपिँदै पूर्वाधार
विश्वशान्ति स्तूपा हुँदै पुम्दीकोट : उक्लँदै पर्यटक, थपिँदै पूर्वाधार
फिफा बरियतामा नेपाल एक स्थान तल
फिफा बरियतामा नेपाल एक स्थान तल
बिहारमा दलाइ लामालाई बोलाएपछि चीन-भारतब सम्बन्ध चिसियो –
बिहारमा दलाइ लामालाई बोलाएपछि चीन-भारतब सम्बन्ध चिसियो –
२ सय जना अख्तियारको उच्च निगरानीमा,अकुत सम्पत्ति छानबिनः
२ सय जना अख्तियारको उच्च निगरानीमा,अकुत सम्पत्ति छानबिनः

तपाईंले छुटाउनुभयो कि?