लुम्बिनी सांस्कृतिक नगरपालिकामा सपथ

Shikharkhabar Shikharkhabar
|
सोमबार, आषाढ २६, २०७४
|
|
३६ पटक हेरिएको
Shares
लुम्बिनी सांस्कृतिक नगरपालिकामा सपथ

सारांश

  • बुटवल, २६ असार ।
  • रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिकामा बिजयी मेयर, उपमेयर लगायतका पदाधिकारी तथा सदस्यहरुले सपथग्रहण गरेका छन ।
  • लुम्बिनीस्थित निर्वाचन आयोगको कार्यालयमा आयोजित सपथग्रहण कार्यक्रममा लुम्बिनी सांस्कृतिक नगरपालिकाका निर्वाचन अधिकृत यमबहादुर कुँवरले मेयर तथा उपमेयरलाई सपथग्रहण गराएका हुन् ।

बुटवल, २६ असार । रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिकामा बिजयी मेयर, उपमेयर लगायतका पदाधिकारी तथा सदस्यहरुले सपथग्रहण गरेका छन ।

लुम्बिनीस्थित निर्वाचन आयोगको कार्यालयमा आयोजित सपथग्रहण कार्यक्रममा लुम्बिनी सांस्कृतिक नगरपालिकाका निर्वाचन अधिकृत यमबहादुर कुँवरले मेयर तथा उपमेयरलाई सपथग्रहण गराएका हुन् ।

निर्वाचन अधिकृत कुँवरको सभापतित्व र सांसद कमलेश्वर पुरी गोश्वामीको प्रमुख आतिथ्यतामा सम्पन्न सपथग्रहण कार्यक्रममा बोल्दै नवनिर्वाचित मेयर मनमोहन चौधरीले निर्वाचन प्रचार प्रसारका क्रममा आफुले मतदाताहरुलाई दिएको प्रतिवद्धताहरु इमान्दारीताका साथ क्रमैसँग पुरा गर्दै जाने बताए ।

२० बर्ष पछि मात्रै बल्ल स्थानिय निकायहरुले जनप्रतिनिधि पाएको र लुम्बिनी सांस्कृतिक नगरपालिका घोषणा भएको लामो समय नभएकोले काम गर्न धेरै चुनौतीहरु रहे पनि चुनौतीहरुलाई पन्छाउदै नगरको बिकासमा लाग्ने प्रतिवद्धता जनाए ।

नगरपालिका घोषणा भए पनि पुर्वाधार बिकासको दृष्टिकोणले लुम्बिनी सांस्कृतिक नगरपालिका पछाडी रहेको भन्दै उनले गुरुयोजना बनाएर लुम्बिनीको समग्र बिकासमा अगाडी बढ्ने बताए ।
उनले नगरवासीहरुलाई पहिलो उपहारको रुपमा निशुल्क एम्बुलेन्स सेवा प्रदान गर्ने योजना सुनाउदै लुम्बिनी क्षेत्रलाई समेटेर लिंक रोड निर्माण गर्ने बताए ।

लुम्बिनीको जुन किसिमले बिकास हुनुपर्ने हो सो अनुरुप बिकास हुन नसकेको भन्दै मेयर चौधरीले लुम्बिनी बिकास कोषसँग सहकार्य गरेर समग्र लुम्बिनीको बिकासमा आफु लागि पर्ने उल्लेख गरे । नगरपालिका घोषणा भए पनि नगरपालिका क्षेत्र पुर्वाधार बिकासमा पछाडी रहेको भन्दै उनले लुम्बिनीलाई स्वच्छ,सफा र सुन्दर नगरपालिकाको रुपमा बिकास गर्ने प्रतिवद्धता ब्यक्त गरे ।

कार्यक्रममा रुपन्देही क्षेत्र नं ७ का सांसद कमलेश्वर पुरी गोश्वामीले लामो समय सम्म जनप्रतिनिधि बिहिन रहेका स्थानिय तहमा अहिले जनप्रतिनिधिहरु निर्वाचित भएकोले बिकास निर्माण गर्ने अवसर र चनौति दुबै रहेको भन्दै चुनौतिहरुलाई पन्छाउदै नगरको बिकासमा लाग्न नवनिर्वाचित जनप्रतिनिधिहरुलाई आग्रह गरे ।

स्थानिय तहको निर्वाचन पश्चात सिंहदरवारमा रहेको अधिकार जनताको घरदैलोमा आएको भनि जुन किसिमले मिडियामा प्रचार गरीएको छ सो अनुरुपको अधिकार अझै आईनसकेको भन्दै राजपा नेपालका केन्द्रिय नेता समेत रहेका सांसद गोश्वामीले जनप्रतिनिधिहरुलाई काम गर्ने अवसर भने प्राप्त भएको टिप्पणि गरे ।

सो अवसरमा जिल्ला निर्वाचन कार्यालय रुपन्देहीका प्रमुख हुमनाथ गौतम,लुम्बिनी सांस्कृतिक नगरपालिकाका सहायक निर्वाचन अधिकृत श्याम मौर्य लगायतले नवनिर्वाचित जनप्रतिनिधिहरुलाई बधाई दिदै सफल कार्यकालको कामना गरेका थिए ।

सो नगरपालिकामा मेयर पदमा निर्वाचित चौधरी राजपाका केन्द्रिय नेता हुन् भने उपमेयरमा निर्वाचित जानकीदेबि श्रीवास्तव संघिय समाजवादी फोरम र नयाँशक्ति पार्टी नेपालको तर्फबाट बिजयी भएकी हुन् ।

१३ वडा रहेको सो नगरपालिकामा सबैभधन्दा बढि संघिय समाजवादी फोरम र नयाँशक्ति पार्टी नेपालको संयुक्त प्यानलले पाँच वटा वडामा बिजयी भएको छ भने नेपाली कांग्रेसले ािनवटा वडा जितेर दोस्रो दल बनेको छ ।

त्यस्तैगरी नेपाल लोकतान्त्रिक फोरमले दुई वडामा र तिन वटा वडामा स्वतन्त्रबाट चुनाव लडेका बिजयी भएका छन् ।

स्वतन्त्रबाट बिजयी भएका दुई नम्बर वडाका वडा अध्यक्ष रमेश मल्लाह निसाद कांग्रेसका बागि उम्मेदवार हुन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सरकारले सित्तैमा उपचार गरिदिने यी ८ रोग
सरकारले सित्तैमा उपचार गरिदिने यी ८ रोग
‘समृद्ध नेपाल, सुखी नेपाली’ को लक्ष्य पूरा गर्न नेपाल प्रहरीकाे भूमिका महत्वपूर्णः  प्रधानमन्त्री ओली
‘समृद्ध नेपाल, सुखी नेपाली’ को लक्ष्य पूरा गर्न नेपाल प्रहरीकाे भूमिका महत्वपूर्णः प्रधानमन्त्री ओली
जसले हरायो, उसैलाई जिताउन चुनावी प्रचारमा
जसले हरायो, उसैलाई जिताउन चुनावी प्रचारमा
९३ वर्षमा नागरिकता पाउँदा लाटा सार्कीको मुहारमा खुशी
९३ वर्षमा नागरिकता पाउँदा लाटा सार्कीको मुहारमा खुशी
पत्रिका, रेडियो, टेलिभिजन र अनलाइनविरुद्ध काउन्सिलमा लाग्यो उजुरीका चाङ
विधान विपरित कांग्रेसमा दुई उपसभापति, महासमिति बैठक सर्याे
विधान विपरित कांग्रेसमा दुई उपसभापति, महासमिति बैठक सर्याे
बीपी राजमार्गमा आजबाट सवारी आवागमन खुल्ला
बीपी राजमार्गमा आजबाट सवारी आवागमन खुल्ला
स्थानीय विकास अधिकारीले जिल्ला छाडेपछि निर्माण कार्य प्रभावित
स्थानीय विकास अधिकारीले जिल्ला छाडेपछि निर्माण कार्य प्रभावित
निःशुल्क माटो परीक्षण पछि किसान खुसी
निःशुल्क माटो परीक्षण पछि किसान खुसी
गर्मीका कारण कपिलवस्तुमा ७० वर्षिय वृद्धाको मृत्यु
गर्मीका कारण कपिलवस्तुमा ७० वर्षिय वृद्धाको मृत्यु

तपाईंले छुटाउनुभयो कि?