फिफा र्‍याङकिङ : नेपाल एक स्थान खस्कियो

Shikharkhabar Shikharkhabar
|
बिहिबार, पौष ६, २०७४
|
|
२५ पटक हेरिएको
Shares
फिफा र्‍याङकिङ : नेपाल एक स्थान खस्कियो

सारांश

  • काठमाडौं ।
  • विश्व फुटबल महासंघ फिफाले सार्वजनिक गरेको पछिल्लो अपडेटअनुसार नेपाल एक स्थान खस्किएको छ ।
  • फिफाले बिहीबार सार्वजनिक गरेको अपडेटअनुसार एक स्थान तल झरेर नेपाल १७१औं स्थानमा पुगेको छ ।

काठमाडौं । विश्व फुटबल महासंघ फिफाले सार्वजनिक गरेको पछिल्लो अपडेटअनुसार नेपाल एक स्थान खस्किएको छ । फिफाले बिहीबार सार्वजनिक गरेको अपडेटअनुसार एक स्थान तल झरेर नेपाल १७१औं स्थानमा पुगेको छ ।

दक्षिण एशियामा नेपाल तेस्रो स्थानमा यथावत छ । भारत १०५ औं र माल्दिभ्स १५५ औं स्थानमा रहेर दक्षिण एशियामा क्रमसः शीर्ष र दोस्रो स्थानमा छ । त्यसैगरी २ स्थान तल झरेको भुटान १८७ औं, ५ स्थान खस्किएको बंगलादेश १९७औं, श्रीलंका २००औं र पाकिस्तान २०१औं स्थानमा छन् ।

समग्रमा ३२औं स्थानमा रहेको इरान एशियाली बरियातामा शीर्ष स्थानमा छ भने एक स्थान सुधार गरेको अष्ट्रेलिया ३८औं स्थानमा छ । २ स्थान खस्किएको जापान ५७औं, १ स्थान खस्किएको दक्षिण कोरिया ६०औं, साउदी अरव ६३औं र सबैभन्दा धेरै ११ स्थान तल झरेको चीन ७१औं स्थानमा छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?