कृषिमा परनिर्भरता उच्च बिन्दुमा

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, आषाढ ८, २०७५
|
|
२६ पटक हेरिएको
Shares
कृषिमा परनिर्भरता उच्च बिन्दुमा

सारांश

  • काठमाडौँ, ८ असार ।
  • उपराष्ट्रपति नन्दबहादुर पुनले कृषि क्षेत्रमा देखिएको परनिर्भरता उच्च बिन्दुमा पुगेको बताउनुभएको छ ।
  • नेपाल कृषि वैज्ञानिक तथा प्रविधि संगठनले आज काठमाडौँमा आयोजना गरेको आठौँ खाद्यान्न दिवस कार्यक्रमलाई सम्बोधन गर्दै उपराष्ट्रपति पुनले उर्वर जमिन, जनशक्ति र जलस्रोतको अभाव नभएर पनि खाद्यान्नमा परनिर्भरता बढ्नु आश्चर्यजनक भएको बताउनुभयो ।

काठमाडौँ, ८ असार । उपराष्ट्रपति नन्दबहादुर पुनले कृषि क्षेत्रमा देखिएको परनिर्भरता उच्च बिन्दुमा पुगेको बताउनुभएको छ ।

नेपाल कृषि वैज्ञानिक तथा प्रविधि संगठनले आज काठमाडौँमा आयोजना गरेको आठौँ खाद्यान्न दिवस कार्यक्रमलाई सम्बोधन गर्दै उपराष्ट्रपति पुनले उर्वर जमिन, जनशक्ति र जलस्रोतको अभाव नभएर पनि खाद्यान्नमा परनिर्भरता बढ्नु आश्चर्यजनक भएको बताउनुभयो ।

कार्यक्रममा कृषि राज्यमन्त्री रामकुमारी चौधरीले कृषि क्षेत्र राज्यको प्राथमिकतामा परेको बताउनुभयो । संविधानले खाद्यसम्प्रभुता सुनिश्चित गरेकाले उत्पादन वृद्धिका लागि विभिन्न उपाय अवलम्बन गरिने उहाँले बताउनुभयो ।

दुईदिनसम्म सञ्चालन हुने सो कार्यक्रममा ६० भन्दा बढी कार्यपत्र प्रस्तुत गरिने छ । कृषिको दिगो विकास गरी आगामी पाँच वर्षभित्र कृषि उत्पादन दोब्बर अंकले वृद्धि गर्ने सरकारको योजना छ । नेपालले सरदर धान ५२ लाख मेट्रिक टन, मकै २१ लाख तथा गहुँ नौ लाख मेट्रिक टन उत्पादन गर्दै आएको छ ।

नेपालले अहिले प्रतिमहिना रु ५० करोडभन्दा बढीका विभिन्न खाद्य वस्तु आयात गर्दै आएको छ । चामल, पिठो, माछा, मासु, तरकारी र फलपूmल गरी झण्डै रु १९ अर्बको खाद्यान्न आयात हुन्छ । नेपालको भारतसँगको व्यापार घाटा रु ६ खर्बभन्दा बढी रहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

संसदको अवरोध हटाउन सभामुखसहित शीर्ष नेताको बैठक आज पनि बस्दै
संसदको अवरोध हटाउन सभामुखसहित शीर्ष नेताको बैठक आज पनि बस्दै
मनोज गजुरेलको स्वास्थ्य अवस्था गम्भीर, आइसीयुमा उपचार हुँदै
मनोज गजुरेलको स्वास्थ्य अवस्था गम्भीर, आइसीयुमा उपचार हुँदै
म्यानमार सरकारका सल्लाहकार सुकी स्वदेश फर्कदै
म्यानमार सरकारका सल्लाहकार सुकी स्वदेश फर्कदै
इजरायलमा भेटियाे १३ हजार वर्ष पुरानाे वियर !
इजरायलमा भेटियाे १३ हजार वर्ष पुरानाे वियर !
किरिया बिदालाई ‘मृत्यु संस्कार बिदा’ का रुपमा राख्ने सहमति
किरिया बिदालाई ‘मृत्यु संस्कार बिदा’ का रुपमा राख्ने सहमति
आफ्नै १३ वर्षीया नातिनी बलात्कार गरेको अभियोगमा हजुरबुवा पक्राउ
आफ्नै १३ वर्षीया नातिनी बलात्कार गरेको अभियोगमा हजुरबुवा पक्राउ
नेपाल आएका दुई अर्न्तराष्ट्रिय विमान आकाशबाटै फकाईयो
नेपाल आएका दुई अर्न्तराष्ट्रिय विमान आकाशबाटै फकाईयो
शरीरमा पसिनाको दुर्गन्ध हटाउन के गर्ने रु अपनाउनुस् यी तरिका
शरीरमा पसिनाको दुर्गन्ध हटाउन के गर्ने रु अपनाउनुस् यी तरिका
माओवादी केन्द्र बैठकः पुन र शर्माले उठाए उत्तराधिकारी र भ्रष्टाचारविरोधी कुरा
माओवादी केन्द्र बैठकः पुन र शर्माले उठाए उत्तराधिकारी र भ्रष्टाचारविरोधी कुरा
स्यालले टोक्दा रेबिज लागेर चौपाया मर्दै
स्यालले टोक्दा रेबिज लागेर चौपाया मर्दै

तपाईंले छुटाउनुभयो कि?