फिफा विश्वकप २०२२: मोरक्कोलाई हराउँदै फ्रान्स फाइनलमा प्रवेश

Shikharkhabar Shikharkhabar
|
बिहिबार, मंसिर २९, २०७९
|
|
२७ पटक हेरिएको
Shares
फिफा विश्वकप २०२२: मोरक्कोलाई हराउँदै फ्रान्स फाइनलमा प्रवेश

सारांश

  • काठमाडाैं।
  • दुईपटकको विश्वविजेता तथा साविक विजेता फ्रान्स लगातार दोस्रोपटक फिफा विश्वकपको फाइनलमा प्रवेश गरेको छ।
  • फिफा विश्वकप २०२२ को दोस्रो सेमिफाइनल खेलमा फ्रान्सले अफ्रिकी राष्ट्र मोरक्कोलाई २-० गोलको सहज जीत निकाल्दै फाइनल उपाधीको यात्रा पक्का बनाएको हो।

काठमाडाैं। दुईपटकको विश्वविजेता तथा साविक विजेता फ्रान्स लगातार दोस्रोपटक फिफा विश्वकपको फाइनलमा प्रवेश गरेको छ। फिफा विश्वकप २०२२ को दोस्रो सेमिफाइनल खेलमा फ्रान्सले अफ्रिकी राष्ट्र मोरक्कोलाई २-० गोलको सहज जीत निकाल्दै फाइनल उपाधीको यात्रा पक्का बनाएको हो।

आज बिहान अल बेयत रंगशालामा भएको खेलमा फ्रान्सलाई खेलको चौथो मिनेटमै फरवार्ड हर्नान्डेजले रिबाउन्डबाट आएको बललाई सुन्दर गोल गर्दै अग्रता दिलाएका थिए। खेलअघि आफ्नो मुख्य डिफेन्डर नाएफ अगुएर्डको साथ गुमाएको मोरक्कोले पहिलो हाफको २० मिनेट नबित्दै आफ्नो कप्तान रोमन साइसको साथ पनि पाउन सकेन।

आफ्ना मुख्य दुवै डिफेन्डर चोटका कारण बाहिरिएपनि मोरक्कले थुप्रै सिर्जना र अवसरहरु बुन्दा गोल गर्न भने सकेन। पहिलो हाफ १-० ले पछि परेको मोरक्कोलाई दोस्रो हाफको ७९औं मिनेटमा रान्दल कोलो मुआनीले वैकल्पिक खेलाडीका रुपमा मैदान छिर्ने बित्तिकै गोल गर्दै फ्रान्सको अग्रता दोब्बर पारेका थिए।

किलियन एम्बाप्पेले चार खेलाडीलाई बिट गर्दै दिएको पासमा मुआनीले सिङ्गल टचमै गोल गर्न सफल भएका हुन्। अब फ्रान्सले उपाधी जित्नका लागि फाइनलमा अर्जेन्टिनाको सामना गर्नेछ ।

फिफा विश्वकप २०२२ को फाइनल खेल भने आउँदो आइतबार बेलुकी ८.४५ बजे हुनेछ। त्यसैगरी फिफा विश्वकप २०२२ को तेस्रो स्थानका लागि हुने खेल भने क्रोएसिया र मोरक्कोबीच आउँदो शनिवार बेलुकी ८.४५ बजे खेलिने तालिका रहेको छ।

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Create Personal Account

    Thank you for your sharing. I am worried that I lack creative ideas. It is your article that makes me full of hope. Thank you. But, I have a question, can you help me?

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?