पाकिस्तानमा भाइरस फैलिएको भन्दै अमेरिकाविरुद्ध मुद्दा

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, आषाढ २६, २०७७
|
|
२३ पटक हेरिएको
Shares
पाकिस्तानमा भाइरस फैलिएको भन्दै अमेरिकाविरुद्ध मुद्दा

सारांश

  • एजेन्सी २६ असार : पाकिस्तानमा कोरोना संक्रमणका लागि अमेरिका जिम्मेवार रहेको आरोप लगाउँदै २० अर्ब डलरको भरपाई मुद्दा दायर गरिएको छ ।
  • लाहौर निवासी रजा अलीले बुधबार अधिवक्ता सैयद जिले हुसेनका माध्यमबाट मुद्दा दायर गरिएको हो ।
  • महामारीको पछाडी अमेरिका रहेको आरोप लगाउँदै न्यायधिस कामरान करामातले अमेरिकी दुतावास, अमेरिकी महावाणिज्य दुत, अमेरिकी रक्षा मन्त्री र विदेश मन्त्रालय नोटिस जारी गरि अगस्ट ७ सम्ममा जवाफ मागेका छन् ।

एजेन्सी २६ असार : पाकिस्तानमा कोरोना संक्रमणका लागि अमेरिका जिम्मेवार रहेको आरोप लगाउँदै २० अर्ब डलरको भरपाई मुद्दा दायर गरिएको छ । लाहौर निवासी रजा अलीले बुधबार अधिवक्ता सैयद जिले हुसेनका माध्यमबाट मुद्दा दायर गरिएको हो ।

महामारीको पछाडी अमेरिका रहेको आरोप लगाउँदै न्यायधिस कामरान करामातले अमेरिकी दुतावास, अमेरिकी महावाणिज्य दुत, अमेरिकी रक्षा मन्त्री र विदेश मन्त्रालय नोटिस जारी गरि अगस्ट ७ सम्ममा जवाफ मागेका छन् । पाकिस्तानलाई महामारीका कारण भएको नोक्सानीमा अमेरिका जिम्मेवार रहेको कारण उक्त कदम चालिएको जनाइएको छ । अमेरिकी प्रशासन कोरोना भाइरसविरुद्ध विश्व अभियानमा बाधा उत्पन्न गराइरहेको आरोप समेत लगाइएको छ ।

(bettysco.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?