न्युजिल्यान्डद्धारा श्रीलंका ४५ रनले पराजित

Shikharkhabar Shikharkhabar
|
बिहिबार, पौष १९, २०७५
|
|
१९ पटक हेरिएको
Shares
न्युजिल्यान्डद्धारा श्रीलंका ४५ रनले पराजित

सारांश

  • काठमाडौं ।
  • घरेलु टोली न्युजिल्यान्डले श्रीलंकाविरुद्धको पहिलो एकदिवसीय क्रिकेटमा जित हासिल गरेको छ ।
  • बिहिबार भएको पहिलो खेलमा न्युजिल्यान्डले श्रीलंकालाई ४५ रनले हराएको हो ।

काठमाडौं । घरेलु टोली न्युजिल्यान्डले श्रीलंकाविरुद्धको पहिलो एकदिवसीय क्रिकेटमा जित हासिल गरेको छ । बिहिबार भएको पहिलो खेलमा न्युजिल्यान्डले श्रीलंकालाई ४५ रनले हराएको हो ।

न्युजिल्यान्डले दिएको ३७२ रनको फराकिलो लक्ष्यसहित जवाफी ब्याटिङ गरेको श्रीलंका ४८ ओभर ६ बलमा अलआउट हुँदै ३२६ रनमा समेटियो ।

श्रीलंकाका कुशल परेराले १०२ रनको शतकीय इनिङ खेलेपनि टोलीलाई जित दिलाउन सकेनन् । यस्तै श्रीलंकाका लागि निरोशन डिक्वेलाले ७६ तथा दनुश्का गुनाथिलाकाले ४३ रन जोडे । न्युजिल्यान्डका लागि जेम्स निशमले ३ विकेट लिए ।

यसअघि टस जितेर ब्याटिङ गरेको न्युजिल्यान्डले पुरै ५० ओभर खेल्दै ७ विकेट गुमाएर ३७१ रन जोडेको थियो । न्युजिल्यान्डका लागि मार्टीन गुप्टिलले १३८ रनको शतकीय इनिङस खेले ।

यस्तै कप्तान केन विलियम्सनले ७६ तथा रोज टेलरले ५४ रनको अर्धशतकीय इनिङस खेले । श्रीलंकाका लाथिस मालिंगा, नुवान प्रदीप र थिसरा परेराले समान २/२ विकेट लिए ।

जितसंगै न्युजिल्यान्डले तीन खेलको सिरिजमा १ – ० को अग्रता बनाएको छ । दोस्रो खेल शनिबार हुनेछ । एकदिवसीय सिरिजपछि दुई टोलीले एक खेलको टी-ट्वान्टी सिरिज खेल्नेछ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?