एउटै पदका लागि बुवा–छोरा र दाजुभाइ उम्मेदवार

Shikharkhabar Shikharkhabar
|
मंगलबार, आषाढ ६, २०७४
|
|
४४ पटक हेरिएको
Shares
एउटै पदका लागि बुवा–छोरा र दाजुभाइ उम्मेदवार

सारांश

  • बैतडी, असार ६ – बैतडीको डिलाशैनी गाउँपालिका र पुरचौडी नगरपालिकामा एकै पदका लागि बुवा–छोरा र सहोदर दाजुभाइले उम्मेदवारी दर्ता गराएका छन् ।
  • डिलाशैनी गाउँपालिकामा कर्ण बहादुर रानाले नेपाली कांग्रेसबाट र लोकेन्द्रबहादुर राना (शितल) ले नेकपा माओवादी केन्द्रबाट अध्यक्ष पदका लागि उम्मेद्वारी दर्ता गराउनु भएको हो ।
  • नाताले कर्ण दाजु र लोकेन्द्र भाइ पर्छन् ।

बैतडी, असार ६ – बैतडीको डिलाशैनी गाउँपालिका र पुरचौडी नगरपालिकामा एकै पदका लागि बुवा–छोरा र सहोदर दाजुभाइले उम्मेदवारी दर्ता गराएका छन् ।

डिलाशैनी गाउँपालिकामा कर्ण बहादुर रानाले नेपाली कांग्रेसबाट र लोकेन्द्रबहादुर राना (शितल) ले नेकपा माओवादी केन्द्रबाट अध्यक्ष पदका लागि उम्मेद्वारी दर्ता गराउनु भएको हो । नाताले कर्ण दाजु र लोकेन्द्र भाइ पर्छन् ।

नाताले दाजुभाइ परेपनि राजनीतिक विचार फरक भएकाले आफूले उम्मेदवारी दर्ता गराएको कर्णबहादुर रानाले बताउनुभयो । दुवै भाइले एकैपदका लागि उम्मेदवारी दर्ता गराएपछि परिवारका सदस्यलाई भने भोट हाल्नका लागि समस्या भएको छ ।

यस्तै पुरचौडी नगरपालिका वडा नं ७ मा वडा अध्यक्ष पदका लागि बुवा–छोराले अलगअलग पार्टीबाट उम्मेदवारी दर्ता गराएका छन् । नागी साउद (बुवा) एमालेबाट र उज्ज्वल साउद (छोरा) ले नेकपा माओवादी केन्द्रबाट वडा अध्यक्ष पदका उम्मेदवारी दर्ता गराएका हुन् ।

आफूहरुको अलग अलग राजनीतिक विचार भएकाले आ– आफ्नै पार्टीबाट उम्मेदवारी दर्ता गराएको नागी साउदले बताउनुभयो । नेकपा माओवादी केन्द्रबाट वडा अध्यक्षमा उम्मेदवारी दर्ता गराउनुभएका उज्ज्वल साउदले उम्मेदवारी दर्ताका विषयमा बुवासँग कुनै छलफल नभएको बताउनुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

यी ५ राशी भएका युवतीले प्रेममा कहिल्यै धोका दिदैनन्
यी ५ राशी भएका युवतीले प्रेममा कहिल्यै धोका दिदैनन्
न्यायाधीशहरु शंकाको घेरामा, चारजनालाई स्पष्टीकरण सोधियो
न्यायाधीशहरु शंकाको घेरामा, चारजनालाई स्पष्टीकरण सोधियो
चिनियाँ राष्ट्रपतिको भ्रमणले नेपालको पर्यटन क्षेत्रमा ऊर्जा र उत्साह थपियो
चिनियाँ राष्ट्रपतिको भ्रमणले नेपालको पर्यटन क्षेत्रमा ऊर्जा र उत्साह थपियो
एमसीसी सम्झौता कार्यान्वयनको बाटोमा गयो : एमसीसी मुख्यालय
सुत्केरीको मृत्युबारे पत्ता लगाउन स्वास्थ्य मन्त्रालयको टोली पुग्यो धुलिखेल अस्पताल
सुत्केरीको मृत्युबारे पत्ता लगाउन स्वास्थ्य मन्त्रालयको टोली पुग्यो धुलिखेल अस्पताल
मैले किन महिलासँगै जीवन बिताउने निधो गरेँ ?
मैले किन महिलासँगै जीवन बिताउने निधो गरेँ ?
पुर्बमन्त्री महेश बस्नेतलाई जिताउने भन्दै प्याब्सन उपाध्यक्ष दिपिका थापा एमाले प्रवेश;
पुर्बमन्त्री महेश बस्नेतलाई जिताउने भन्दै प्याब्सन उपाध्यक्ष दिपिका थापा एमाले प्रवेश;
प्रधानमन्त्री ओलीको प्रस्ताव प्रचण्डले मानेनन्
प्रधानमन्त्री ओलीको प्रस्ताव प्रचण्डले मानेनन्
विश्वासको मत मागे मुख्यमन्त्री कार्कीले
विश्वासको मत मागे मुख्यमन्त्री कार्कीले
त्रिभुवन अन्तरार्ष्ट्रिय विमानस्थल बाट सुन बरामद
त्रिभुवन अन्तरार्ष्ट्रिय विमानस्थल बाट सुन बरामद