राष्ट्रपतिद्वारा प्रधानमन्त्री, उपप्रधानमन्त्रीलगायतलाई टीका र जमरा प्रदान

Shikharkhabar Shikharkhabar
|
शनिबार, आश्विन २६, २०८१
|
|
२० पटक हेरिएको
Shares
राष्ट्रपतिद्वारा प्रधानमन्त्री, उपप्रधानमन्त्रीलगायतलाई टीका र जमरा प्रदान

सारांश

  • काठमाडौं।
  • विजयादशमीका अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीलाई नवदुर्गाको प्रसादस्वरुप टीका र जमरा प्रदान गरेका छन्।
  • राष्ट्रपति कार्यालय शीतल निवासमा आज दिउँसो ३ बजेपछि अतिविशिष्ट व्यक्तित्वलाई राष्ट्रपति पौडेलले टीका तथा जमरा प्रदान गरेका हुन्।

काठमाडौं। विजयादशमीका अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीलाई नवदुर्गाको प्रसादस्वरुप टीका र जमरा प्रदान गरेका छन्।

राष्ट्रपति कार्यालय शीतल निवासमा आज दिउँसो ३ बजेपछि अतिविशिष्ट व्यक्तित्वलाई राष्ट्रपति पौडेलले टीका तथा जमरा प्रदान गरेका हुन्।

टीका तथा जमरा ग्रहण गर्न उपप्रधान एवं सहरी विकासमन्त्री प्रकाशमान सिंह, उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल, संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री बद्रीप्रसाद पाण्डे, ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री कान्छाराम तामाङ, सांसद सपना राजभण्डारीलगायत राष्ट्रपति कार्यालय शितलनिवास पुग्नुभएको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ।

यसैगरी, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राई, राष्ट्रिय महिला आयोगका अध्यक्ष कमलाकुमारी पराजुली, ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जन, नेपाली सेनाका प्रधानसेनापति अशोक सिग्देल, नेपाल प्रहरीका महानिरीक्षक वसन्तबहादुर कुँवर, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख हुतराज थापालगायतले पनि राष्ट्रपति पौडेलसँग टीका तथा जमरा ग्रहण गर्नुभएको थियो।

राष्ट्रपति पौडेलले आज अतिविशिष्ट र विशिष्ट व्यक्तित्वलाई टीका र जमरा लगाइदिएपछि इच्छुक सर्वसाधारणलाई पनि टीका र जमरा लगाइदिने कार्यक्रम रहेको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?