खाडीमा नेपाली महिलाको कोख भाडामा, अरबीका लागि बच्चा जन्मार्इ फर्किने गरेको खुलासा !

Shikharkhabar Shikharkhabar
|
बिहिबार, भाद्र २१, २०७५
|
|
२७ पटक हेरिएको
Shares
खाडीमा नेपाली महिलाको कोख भाडामा, अरबीका लागि बच्चा जन्मार्इ फर्किने गरेको खुलासा !

सारांश

  • काठमाडौं २१ भदौ ।
  • बर्दियाकी एक चौधरी थरकी युवतीले खाडीमा छोरी जन्माएर घर फर्किइन् ।
  • शुरुमा परिवारले घरमा पस्न दिएनन् ।

काठमाडौं २१ भदौ । बर्दियाकी एक चौधरी थरकी युवतीले खाडीमा छोरी जन्माएर घर फर्किइन् । शुरुमा परिवारले घरमा पस्न दिएनन् । पछि श्रीमानले ‘जे भयो, भयो’ भनेर श्रीमतीलाई घरमा भित्र्याए, विदेशीको उपहार छोरीसहित । मालिकले गर्भवती बनाए । छोरी जन्मियो । बच्चा जन्मिएपछि यही छोड्नु पर्छ भन्ने पूर्व सहमति थिएन । मालिकले यौन हिंसा गर्दा बच्चा जन्मिएको थियो । मालिकले छोरी छोड्नै पर्छ भन्ने कर गरेनन् । सोझी युवतीले पनि विदेशबाट बच्चा बोकेर फर्किदा मलाई गाउँमा के भन्लान् भन्ने फिक्रि गरिनन् ।

नौ महिना गर्भमा रहेको सन्तानलाई छोड्न कुन चाहि आमाको मनले मान्छ र ? अहिले उनी घरमै छिन् । खेती किसानी गर्छिन् । ‘विदेशी’ छोरी हुर्किदै छिन् ।यो त हिंसामा परेकी युवतीको कुरा भयो । तर, यतिबेला खाडीमा गएका कतिपय नेपाली महिलाले कोख भाडामा दिएर अरबीका लागि बच्चा जन्माइ फर्किने गरेको तथ्य बाहिर आएको छ ।

१२ औं मानव बेचबिखनविरुद्धको राष्ट्रिय दिवसका अवसरमा नेपालगञ्जमा आयोजित ‘जिल्लाको मानव बेचबिखनको अवस्था र चुनौती’ विषयक अन्तरक्रियामा सरोकारवाला निकायले यस्तो तथ्य बाहिर ल्याएका हुन् । नेपाल समाचारपत्रमा छ ।

‘भारत तथा खाडीमा पैसा लिएर कोख भाडामा दिने गरेका घटनाहरु आएका छन्, मानव बेचबिखन तथा ओसारपसार विरुद्धको जिल्ला समितिका सदस्य एवं माइती नेपाल, नेपालगञ्जका क्षेत्रीय संयोजक केशव कोइरालाले भने-नयाँ कुरा भएकाले हामीले यसलाई विशेष तरिकाले हेर्दै छौ ।’ उनले यस्तो गरेका महिला भेटिए पनि कुरा बाहिर ल्याउन नचाहेको बताए ।

खाडीमा हिंसामा परेर फर्किएकी बाँकेकी एक महिलाले पनि आफूले यस्तो कुरा उही सुनेको बताइन् । ‘अरबीहरुले नेपाली महिलाबाट बच्चा जन्माउने गरेको मैले खाडीमै थाहा पाएको थिए, सात महिनामा ६ घर वटा फेर्दा पनि हिंसामा परेकी ती महिलाले भनिन्, बच्चा जन्माइदिंदा अरबीले राम्रै पैसा दिने गरेको दलालले सुनाएका थिए ।’ उहांका अनुसार, कतिपय महिलाले भने हिंसामा परेर गर्भ बोक्छन् र फाल्छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बार्सिलोना स्पेनिस कोपाको राउण्ड १६ मा
बार्सिलोना स्पेनिस कोपाको राउण्ड १६ मा
क्यासिनोबाट आठजना पक्राउ
क्यासिनोबाट आठजना पक्राउ
सार्क फिल्म फेस्टिभलमा स्वस्तिमा खड्कालाई बेष्ट पफर्मर अवार्ड
सार्क फिल्म फेस्टिभलमा स्वस्तिमा खड्कालाई बेष्ट पफर्मर अवार्ड
आज ९० जना थपिएसँगै कोरोना संक्रमितको संख्या नाघ्यो ७००
आज ९० जना थपिएसँगै कोरोना संक्रमितको संख्या नाघ्यो ७००
श्रीमानले सेक्स गर्न नसकेपछि डाक्टर श्रीमतीद्वारा आत्महत्या
श्रीमानले सेक्स गर्न नसकेपछि डाक्टर श्रीमतीद्वारा आत्महत्या
नेकपाभित्र विवाद : प्रम ओलीले भने, ‘म नहुनेबित्तिकै कसैलाई छटपटी भयो’
नेकपाभित्र विवाद : प्रम ओलीले भने, ‘म नहुनेबित्तिकै कसैलाई छटपटी भयो’
चारैजना मूल पुजारी राखेर ओलीले गरे पशुपतिनाथमा विशेष पूजा, सवा लाख दीप प्रज्ज्वलन
चारैजना मूल पुजारी राखेर ओलीले गरे पशुपतिनाथमा विशेष पूजा, सवा लाख दीप प्रज्ज्वलन
सामाजिक उत्तरदायित्व वहन गर्दै साइपाल एकेडेमीले सुखावती स्टोरलाई बुझायो ५०० कीलोग्राम लत्ता कपडा
सामाजिक उत्तरदायित्व वहन गर्दै साइपाल एकेडेमीले सुखावती स्टोरलाई बुझायो ५०० कीलोग्राम लत्ता कपडा
मुग्लिन पोखरा सडकको काम दु्रतगतिमा अगाडि बढ्छ : मन्त्री ज्वाला
मुग्लिन पोखरा सडकको काम दु्रतगतिमा अगाडि बढ्छ : मन्त्री ज्वाला
वडा कार्यालयमा आगो लाग्यो, कारण रहस्यमै
वडा कार्यालयमा आगो लाग्यो, कारण रहस्यमै

तपाईंले छुटाउनुभयो कि?