‘५ वर्षसम्म कुनै कर नलिने’
सारांश
- काठमाडौँ, १५ जेठ – प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले उद्योगको विकास र विस्तार प्रदेश सरकारको मुख्य प्राथमिकता रहेको बताएका छन् ।
- चितवनमा आयोजित अन्र्तक्रिया कार्यक्रममा उद्योग धन्दा र कलकारखानाको विकासबिना समृद्धि सम्भव नहुने भएकाले प्रदेशको ध्यान यसतर्फ केन्द्रीत भएको बताए ।
- मुख्यमन्त्री पौडेलले आगामी वर्ष ‘उद्योग वर्ष’ घोषणा गर्ने तयारीमा प्रदेश सरकार अघि बढेको चर्चागर्दै “यो वर्ष हाम्रो प्रदेशले ‘उद्योग वर्ष’ भनेर घोषणा गर्दैछ, यो वर्ष दर्ता गर्ने उद्योगलाई हामी पाँच वर्ष कुनैपनि कर लिदैँनौँ, त्यो नीति अहिले लिएका छौँ,” उनले भने।
काठमाडौँ, १५ जेठ – प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले उद्योगको विकास र विस्तार प्रदेश सरकारको मुख्य प्राथमिकता रहेको बताएका छन् ।
चितवनमा आयोजित अन्र्तक्रिया कार्यक्रममा उद्योग धन्दा र कलकारखानाको विकासबिना समृद्धि सम्भव नहुने भएकाले प्रदेशको ध्यान यसतर्फ केन्द्रीत भएको बताए ।
मुख्यमन्त्री पौडेलले आगामी वर्ष ‘उद्योग वर्ष’ घोषणा गर्ने तयारीमा प्रदेश सरकार अघि बढेको चर्चागर्दै “यो वर्ष हाम्रो प्रदेशले ‘उद्योग वर्ष’ भनेर घोषणा गर्दैछ, यो वर्ष दर्ता गर्ने उद्योगलाई हामी पाँच वर्ष कुनैपनि कर लिदैँनौँ, त्यो नीति अहिले लिएका छौँ,” उनले भने।
अहिले उद्योग दर्ता गर्न झन्झट रहेको औल्याउँदै उहाँले अब एउटै ढोकाबाट पसेपछि सबै काम सम्पन्न हुने गरी नीति ल्याउन लागेको दाबी गरे । प्रदेश नं ३ का भूमि व्यवस्था तथा कृषि सहकारीमन्त्री दावादोर्जे लामाले अब मुलुक बनाउने लडाईँ शुरु भएको भन्दै राजनीतिक लडाईँ सकिएको दाबी गरे ।
प्रतिक्रिया