फुटाइएका दुई मन्त्रालयको जिम्मेवारी मन्त्री खनाललाई

Shikharkhabar Shikharkhabar
|
मंगलबार, श्रावण १५, २०७५
|
|
२३ पटक हेरिएको
Shares
फुटाइएका दुई मन्त्रालयको जिम्मेवारी मन्त्री खनाललाई

सारांश

  • शिखरन्युज १५ साउन ।
  • सरकारले यस अघि नै फुटाएको दुई मन्त्रालय मन्त्रिपरिषद वैठकले स्वीकृत गरेको छ ।
  • हिजो साँझ बसेको मन्त्रिपरिषद वैठकले दुई मन्त्रालयको संगठन संरचना स्वीकृत गरेको हो ।

शिखरन्युज १५ साउन । सरकारले यस अघि नै फुटाएको दुई मन्त्रालय मन्त्रिपरिषद वैठकले स्वीकृत गरेको छ । हिजो साँझ बसेको मन्त्रिपरिषद वैठकले दुई मन्त्रालयको संगठन संरचना स्वीकृत गरेको हो ।

बैठकले कृषि तथा पशुपक्षी, सहकारी तथा गरिबी निवारण मन्त्रालयको संगठन संरचना स्वीकृत गरेको हो । तत्कालका लागि दुई वटै मन्त्रालयको कार्यभारसमेत कृषि तथा पशुपक्षीमन्त्री चक्रपाणि खनाललाई जिम्मा दिइएको छ ।

छुट्टाछुट्टै रहेका ती मन्त्रालय चारमहिना पहिलेमात्रै ती एकैठाउँमा बनाइएको थियो । तत्कालका लागि मन्त्री खनाललाई जिम्मा दिएपनि अर्को मन्त्री ल्याइने भएको छ । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री पदमा अर्याललाई दुईमध्ये एक मन्त्री बनाउने स्रोतले जनाएको छ ।

संविधानमा मन्त्रालयको संख्या २५ भन्दा बढी हुन नहुने व्यवस्था छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?