अनुमति नलिइकनै निजी विद्यालय सञ्चालन

Shikharkhabar Shikharkhabar
|
बिहिबार, आषाढ २२, २०७४
|
|
५४ पटक हेरिएको
Shares
अनुमति नलिइकनै निजी विद्यालय सञ्चालन

सारांश

  • नवलपरासी, २२ असार ।
  • नवलपरासी जिल्लामा धैरै सङ्ख्यामा अवैध रुपमा (नियम विपरीत) निजी विद्यालय (बोर्डिङ) सञ्चालन हुँदै आएका छन् ।
  • विशेष गरी तल्लो कक्षाको अनुमति लिएर माथिल्लो कक्षा सञ्चालन हुँदै आएका निजी विद्यालयहरु (बोर्डिङ)को सङ्ख्या अझ बढी सङ्ख्यामा रहेको पाइन्छ ।

नवलपरासी, २२ असार । नवलपरासी जिल्लामा धैरै सङ्ख्यामा अवैध रुपमा (नियम विपरीत) निजी विद्यालय (बोर्डिङ) सञ्चालन हुँदै आएका छन् ।

विशेष गरी तल्लो कक्षाको अनुमति लिएर माथिल्लो कक्षा सञ्चालन हुँदै आएका निजी विद्यालयहरु (बोर्डिङ)को सङ्ख्या अझ बढी सङ्ख्यामा रहेको पाइन्छ ।

जिल्ला शिक्षा कार्यालयका अनुसार जिल्लामा ३० वटा विद्यालय अनुमति नलिई सञ्चालन भइरहेका छन् । विशेष गरी कक्षा १० सम्मको कक्षा सञ्चालन गर्नेबाहेक स–साना कक्षा सञ्चालन गर्ने विद्यालय अधिकांश मापदण्ड विपरीतका रहेका छन् । त्यसरी अनुमति नलिई बोडिङ स्कुल सञ्चालन हुने क्षेत्रमा सबैभन्दा बढी जिल्लाको ग्रामीण क्षेत्रमा रहेका छन् ।
अनुमति नलिई अवैध रुपमा सञ्चालन हुँदै आएका बोर्डिङ स्कुललाई बन्द गराउन र त्यस्ता विद्यालयलाई मापदण्डमा ल्याउन कार्यालयले काम थालेको जिल्ला शिक्षा अधिकारी मानबहादुर खड्काले जानकारी दिनुभयो ।

आर्थिक प्रलोभनमा परी जिल्ला शिक्षा कार्यालयले अनुमति नपाएका बोर्डिङ स्कुललाई कारबाही नगरेको भन्दै व्यापक विरोध भएपछि जिल्ला शिक्षाले सबै निजी विद्यालयलाई मापदण्डमा ल्याउन यस्तो प्रयास थालेको छ ।

अनुमति नपाएकासँगै भौतिक पूर्वाधार पूरा नगरी झुपडीमा सञ्चालन भएका विद्यालयलाई जिल्ला शिक्षा कार्यालयले अनुमति दिएको, शाखा विद्यालय सञ्चालन भएको र अनुमति नलिएका बोर्डिङ स्कुलले लाखौँ रुपैयाँ राजस्व नतिरेकाले कर ठगी गरेको शिक्षा कार्यालयको ठम्याइ छ ।

छिमेकी जिल्ला चितवन र अन्य जिल्लामा अवैध बोर्डिङ स्कुल बन्द भए पनि नवलपरासीमा भने बन्द नहुनुमा जिल्ला शिक्षा कार्यालयको कमजोरी रहेको निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन प्याब्सन नवलपरासीले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मन्त्रिपरिषद बैठकः विदेशी प्रतिनिधि भेट्न अनिवार्यरुपमा परराष्ट्र मन्त्रालयका कर्मचारी राख्नुपर्ने
मन्त्रिपरिषद बैठकः विदेशी प्रतिनिधि भेट्न अनिवार्यरुपमा परराष्ट्र मन्त्रालयका कर्मचारी राख्नुपर्ने
मन्त्री अधिकारीको अन्त्येष्टि गृह जिल्लामा हुने
मन्त्री अधिकारीको अन्त्येष्टि गृह जिल्लामा हुने
नेपाली सेनाद्वारा शान्ति सैनिकको भत्ता वृद्धि
नेपाली सेनाद्वारा शान्ति सैनिकको भत्ता वृद्धि
स्थलगत अनुगमनका लागि माधवकुमार नेतृत्वको टोली हेलिकप्टरबाट नओर्ली आकाशबाटै फर्किएपछि..
स्थलगत अनुगमनका लागि माधवकुमार नेतृत्वको टोली हेलिकप्टरबाट नओर्ली आकाशबाटै फर्किएपछि..
महिला तथा सामाजिक मामिला समिति सदस्यमा कंसाकार
महिला तथा सामाजिक मामिला समिति सदस्यमा कंसाकार
भ्यालेन्टाइनको रौनक
भ्यालेन्टाइनको रौनक
प्रविधिमा किसानको आकर्षण बढ्दो
प्रविधिमा किसानको आकर्षण बढ्दो
बसको रेडिवाटर पड्किँदा छ घाइते, तीन जनाको अवस्था गम्भीर
बसको रेडिवाटर पड्किँदा छ घाइते, तीन जनाको अवस्था गम्भीर
भागेकी पत्नी विरुद्ध मुद्दा हाल्न बेलायत पुगे युएईका शेख
भागेकी पत्नी विरुद्ध मुद्दा हाल्न बेलायत पुगे युएईका शेख
कार्यक्रम तथा बजेटलाई प्रभाबकारी रुपमा कार्यान्वायन गर्ने प्रदेश सरकारले नीति !
कार्यक्रम तथा बजेटलाई प्रभाबकारी रुपमा कार्यान्वायन गर्ने प्रदेश सरकारले नीति !