माघेसंक्रान्तिले तरुल महङ्गो

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, पौष २९, २०७३
|
|
१८५ पटक हेरिएको
Shares
माघेसंक्रान्तिले तरुल महङ्गो

सारांश

  • तिलको लड्डु, चाकु र तरुल ।
  • माघे संक्रान्तिमा यी परिकार छुटाउनै नहुने खुराक हुन् ।
  • त्यसमा पनि तरुल, सखरखण्ड त स्वास्थ्यबर्द्धक कन्दमुल नै मानिन्छ ।

तिलको लड्डु, चाकु र तरुल । माघे संक्रान्तिमा यी परिकार छुटाउनै नहुने खुराक हुन् । त्यसमा पनि तरुल, सखरखण्ड त स्वास्थ्यबर्द्धक कन्दमुल नै मानिन्छ ।

स्वास्थ्यलाई फाइदा गर्ने र जाडोमा तात्तातो खाँदा ज्यान पनि तात्ने भएकाले यो सिजनमा तरुलको खपत अत्यधिक हुन्छ । माघे संक्रान्तिलाई लक्षित गर्दै अहिले बजारमा विभिन्न किसिमका तरुलको बिक्री बढेको छ ।

कालिमाटी तरकारी बजारमा मात्रै दैनिक औसतमा २ सय मेट्रिक टन तरुल भित्रिएको छ। तर थोक बजारमै केही तरुलको भाउ १ सय ५० भन्दा बढी भएपछि खुद्रा बजारमा उपभोक्ताले किलोको साढे २ सय सम्म तिर्नुपरेको छ। थोक बजारमा नेपाली तरुल १ सय ५०, स्कुसको जरा १ सय, पिंडालु ४०, सखरखण्ड नेपाली ४० र भारतीय २०, बनतरुल २ सय २०, रातो तरुल ८५, हात्तीपाईले तरुल १ सय २०, पाल्पाको लामो तरुल १ सय ५० रुपैंया किलोमा बिक्री भएको छ।
राजधानीको प्रमुख तरकारी बजार कालिमाटीमा पनि तरुलको व्यापार फस्टाएको छ । घर तरुल, वन तरुल, सिमल तरुल जस्ता विभिन्न प्रजातिका तरुलको चाङ लगाइएको छ । व्यापारीहरु भन्छन्, ‘स्वास्थ्यको लागि पोषिलो हुने तरुलको बजार पनि गर्माएको छ ।’
चिकित्सकहरुका अनुसार कन्दमुलहरु स्वास्थ्यका लागि फाइदाजनक छ । त्यसैले आफ्नो रुची अनुसार जुन तरुल खाए पनि हुन्छ । खानु अघि सरसफाइमा भने विशेष ध्यान दिनुपर्ने चिकित्सकहरुको सुझाव छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?