फेरी ग्यासबुलेट दुर्घटनामा !
सारांश
- काठमाडाै, १४ वैशाख ।
- भारतबाट ग्यास बोकेर काठमाडौंतर्फ आउँदै गरेकाे ग्यास बुलेट दुर्घटना भएकाे छ ।
- बीआर ५५ क्यूएच ८६३० नम्बरको भारतिय ग्यास बुलेट शुक्रवार विहान त्रिशुलीमा खसेको हो ।
काठमाडाै, १४ वैशाख । भारतबाट ग्यास बोकेर काठमाडौंतर्फ आउँदै गरेकाे ग्यास बुलेट दुर्घटना भएकाे छ ।
बीआर ५५ क्यूएच ८६३० नम्बरको भारतिय ग्यास बुलेट शुक्रवार विहान त्रिशुलीमा खसेको हो ।
स्थानिय प्रत्यक्षदर्शीका अनुसार बिहान ७ बजे गजुरी गाउँपालिका–२ फुर्केखोला र मलेखुको बीचमा दुर्घटना भएको हो । गजुरी प्रहरीका अनुसार बुलेटका चालक भारत जब्बु रजौरीका ३६ वर्षीय सुरेन्द्र सिंहको घटनास्थलमै ज्यान गएको छ ।
ग्यास बुलेट सडकबाट करिब १५ मिटर तल त्रिशूली नदीमा खसेको छ । के कारणले सवारी दुर्घटना भएको हो भन्ने बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । स्थानियले चालक निदाएको हुन सक्ने आशंका गरेका छन् ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया