इरानलाई हराउँदै जापान एसियन कप फुटबलको फाइनलमा
सारांश
- काठमाडौ १५,माघ।
- जापान एसिएन कप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।
- यूएईमा जारी प्रतियोगिता अन्तर्गत सोमबार भएको पहिलो सेमिफाइनलमा इरानलाई ३–० गोल अन्तरले पराजित गर्दै जापान उपाधि नजिक पुगेको हो ।
काठमाडौ १५,माघ। जापान एसिएन कप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । यूएईमा जारी प्रतियोगिता अन्तर्गत सोमबार भएको पहिलो सेमिफाइनलमा इरानलाई ३–० गोल अन्तरले पराजित गर्दै जापान उपाधि नजिक पुगेको हो ।
जापानका लागि दुई गोल ओशाकाले गरे भने एक गोल हरगुचले गरे । ५६ औं मिनेटमा योया ओशाकाले गोल गर्दै जापानलाई अग्रता दिलाएका थिए । ६७ औं मिनेटमा पाएको पेनाल्टीलाई पनि ओशाकाले नै गोलमा परिणत गरे । ९१ औं मिनेटमा जेन्की हरगुचले अर्को एक गोल थपेपछि जापान ३-० को नतिजासहित फाइनलमा पुग्यो । जापानले अब उपाधिका लागि कतार र यूएईको विजेतासँग प्रतिस्पर्धा गर्ने छ ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया