फेसबुकको अध्यक्षबाट मार्क जुकरबर्गलाई हटाउने योजना असफल

Shikharkhabar Shikharkhabar
|
आइतबार, जेठ १९, २०७६
|
|
५३ पटक हेरिएको
Shares
फेसबुकको अध्यक्षबाट मार्क जुकरबर्गलाई हटाउने योजना असफल

सारांश

  • मार्क जुकरबर्गलाई फेसबुकको अध्यक्षमा पुनः चयन गरिएको छ ।
  • फेसबुकका कतिपय लगानीकर्ताले उनलाई जजफेसबुक सञ्चालक समितिको अध्यक्ष र प्रमुख कार्यकारी पदमा रहँदा यसका गतिविधिलाई हेर्न समस्या भएको र यसका कारण फेसबुकको साखमा समस्या आउनसक्ने विचार राख्दै अध्यक्ष पद छाड्न सुझाब दिएका थिए ।
  • फेसबुकको वार्षिक साधारणसभामा गत बिहीवार भएको थियो ।

मार्क जुकरबर्गलाई फेसबुकको अध्यक्षमा पुनः चयन गरिएको छ । फेसबुकका कतिपय लगानीकर्ताले उनलाई जजफेसबुक सञ्चालक समितिको अध्यक्ष र प्रमुख कार्यकारी पदमा रहँदा यसका गतिविधिलाई हेर्न समस्या भएको र यसका कारण फेसबुकको साखमा समस्या आउनसक्ने विचार राख्दै अध्यक्ष पद छाड्न सुझाब दिएका थिए ।

फेसबुकको वार्षिक साधारणसभामा गत बिहीवार भएको थियो । साधारण सभाले जुकरबर्ग प्रमुख कार्यकारी अधिकृत तथा सञ्चालक समितिका अध्यक्ष दुवै रहिरहने गरी अनुमोदन गरेको हो ।

फेसबुकमा जुकरबर्गको ६० प्रतिशत शेयर छ र यदी उनले मतदानमा आफैँले आफूविरुद्ध मत हालेको भए मात्रै हार्ने सम्भावना रहेको थियो । साधारणसभाको परिणामले जुकरबर्ग थप समय पनि दुबै जिम्मेवारी सम्हाल्न तयार रहेको देखिएको छ ।

जुकरबर्गलाई अध्यक्षबाट हटाउने खोज्ने लगानीकर्ताहरूमध्येका एक ७० लाख डलर बराबरको शेयर भएको ट्रिलियम एसेट म्यानेजमेन्ट पनि हो ।

“संसारको एउटा विशाल कम्पनीमा अहिले जुकरर्बर्गले दुईवटा महत्वपूर्ण पद ओगटेका छन् । य िप्रमुख कार्यकारी अधिकृतको भूमिकामा केन्द्रित भएर अरूलाई स्वतन्त्रतापूर्वक सञ्चालक समितिको अध्यक्षता गर्न दिए त्यो धेरै राम्रो स्थिति हुन्छ,“ ट्रिलियमका वरिष्ठ उपाध्यक्ष जोनस क्रोनले भने । तर जुकरबर्गले गत अप्रिलमा आफ्नो नेतृत्वको बचाउ गर्दै हामीले त्रुटिबाट सिकेका छौँ कि छैनौँ त्यसबाट मानिसहरूले हामीलाई उत्तरदायी बनाउनुपर्छ भनेका थिए ।

उनले साधारण सभापछि संछिप्त प्रतिक्रिया दिँदै अबका दिनमा फेसबुकले आफ्ना प्रयोगकर्ताहरूको तथ्याङ्कलाई थप गोप्य बनाउने प्रयास गर्नेछ । एजेन्सी

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आत्महत्यालाई कसरी निरुत्साहित गर्ने ?
आत्महत्यालाई कसरी निरुत्साहित गर्ने ?
जनै पूर्णिमाको अवसरमा भक्तपुरका विभिन्न कुण्डमा मेला !
जनै पूर्णिमाको अवसरमा भक्तपुरका विभिन्न कुण्डमा मेला !
संविधानको ऐतिहासिकता, सार्वभौमिकता र राष्ट्रिय एकता
संविधानको ऐतिहासिकता, सार्वभौमिकता र राष्ट्रिय एकता
खुला हृदयका साथ नेपालमा लगानी गर्न आउनुस्, सरकारले सबै प्रकारको सहयोग गर्छः प्रधानमन्त्री दाहाल
खुला हृदयका साथ नेपालमा लगानी गर्न आउनुस्, सरकारले सबै प्रकारको सहयोग गर्छः प्रधानमन्त्री दाहाल
सिके राउत र क्रिस्यानिटीका माध्यमबाट मुलुकलाई द्वन्द्वमा धकेल्ने प्रयास : गृहमन्त्री
सिके राउत र क्रिस्यानिटीका माध्यमबाट मुलुकलाई द्वन्द्वमा धकेल्ने प्रयास : गृहमन्त्री
मेसीको पेनाल्टीमा अर्जेन्टिना बिजयी
मेसीको पेनाल्टीमा अर्जेन्टिना बिजयी
प्रचण्ड वलीले गरे यस्तो घिनलाग्दो काम
प्रचण्ड वलीले गरे यस्तो घिनलाग्दो काम
फिलिपिन्सको तीन वटा घण्ट फिर्ता
फिलिपिन्सको तीन वटा घण्ट फिर्ता
बामदेव र बादल प्रधानमन्त्री ओलीको राजीनामाको विपक्षमा, अर्ली महाधिवेशनमै सहमति बनाउन सुझाव
बामदेव र बादल प्रधानमन्त्री ओलीको राजीनामाको विपक्षमा, अर्ली महाधिवेशनमै सहमति बनाउन सुझाव
मन्त्री र सचिवहरूको कार्यशैलीप्रति प्रधानमन्त्री असन्तुष्ट
मन्त्री र सचिवहरूको कार्यशैलीप्रति प्रधानमन्त्री असन्तुष्ट