जनै पूर्णिमाको अवसरमा भक्तपुरका विभिन्न कुण्डमा मेला !

Shikharkhabar Shikharkhabar
|
आइतबार, भाद्र १०, २०७५
|
|
२१ पटक हेरिएको
Shares
जनै पूर्णिमाको अवसरमा भक्तपुरका विभिन्न कुण्डमा मेला !

सारांश

  • भक्तपुर, १० भदौ ।
  • जनै पूर्णिमाको अवसरमा आज बिहानैदेखि भक्तपुरका विभिन्न कुण्डमा स्नान गर्ने र महादेवको दर्शन गर्नेको घुइँचो लागेको छ ।
  • नगरकोटको महादेव पोखरी र भक्तपुरको औद्योगिक क्षेत्रभित्र रहेको प्राचीन धल्चा पुखुः (कालदह)मा बिहानैदेखि स्नान गर्ने भक्तजनको घुइँचो लागेको हो ।

भक्तपुर, १० भदौ । जनै पूर्णिमाको अवसरमा आज बिहानैदेखि भक्तपुरका विभिन्न कुण्डमा स्नान गर्ने र महादेवको दर्शन गर्नेको घुइँचो लागेको छ । नगरकोटको महादेव पोखरी र भक्तपुरको औद्योगिक क्षेत्रभित्र रहेको प्राचीन धल्चा पुखुः (कालदह)मा बिहानैदेखि स्नान गर्ने भक्तजनको घुइँचो लागेको हो । गोसाइँकुण्डको प्रतीक मानिने नगरकोटको महादेव पोखरीमा स्थानीय तामाङ झाँक्री, लामा गुरु, स्थानीयसमुदायलगायत काठमाडौँ उपत्यकाबासी र काभ्रेको विभिन्न स्थानबाट मेला भर्न आउने गर्दछन् । विशेषगरी तामाङ र लामा गुरु तथा झाँक्री परम्परागत भेषभूषामा सजिएर डम्फु बजाउँदै नाँच्दै पोखरीमा स्नान गर्ने प्रचलन रहेको संस्कृतिकर्मी बताउँछन् । जनै पूर्णिमाको दिन कुण्डमा स्नान गरी महादेवको दर्शन गरे गुरुको मन्त्र सिद्धी हुने विश्वास रहेको संस्कृतिकर्मी ओम धौभडेलले बताए ।

लोककथनअनुसार महादेवले कालकुट विष सेवन गरेपछि छटपटिएर गोसाइँकुण्ड जाने क्रममा नगरकोटमा बास बसेको धार्मिक विश्वासका आधारमा आजको दिन सो कुण्डमा मेला लाग्ने गरेको अर्का संस्कृतिकर्मी प्राडा पुरुषोत्तमलोचन श्रेष्ठले बताए । उनले भने, “गोसाइँकुण्ड जान नसक्ने भक्तजनले यो कुण्डमा स्नान गरे गोसाइँकुण्डमा स्नान गरे सरह नै पूण्य प्राप्त हुने जनविश्वास रहेको छ ।”

त्यसैगरी गोसाइँकुण्डकै प्रतीक मानिने भक्तपुरको धल्चा पुखुः (कालदह)मा पनि बिहानैदेखि स्नान गर्नेको भीड लागेको छ । यो दहमा स्नान गरी पोखरी छेउमा रहेको महादेव र दरवार स्क्वायरस्थित शिलु महादेव (फसी देगः) को दर्शन गरे गोसाइँकुण्ड गए सरह पूण्य प्राप्त हुने जनविश्वास रहेको पाइन्छ । आजको दिन कालदहमा स्नान गरी महादेवको पूजाअर्चना गरे सुख, शान्ति र पूण्य प्राप्ति हुन्छ भन्ने धार्मिक विश्वास र मान्यता रहेको छ । कालदहमा स्नानपछि भक्तजन जनै फेर्ने र रक्षा बन्धनको प्रतीक हातमा डोरो बाँध्ने गर्दछन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आज २५औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस, निर्धारित सबै औपचारिक कार्यक्रम स्थगित
आज २५औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस, निर्धारित सबै औपचारिक कार्यक्रम स्थगित
आमरण अनशनमा रहेकी यादवको जीवनरक्षा गर्न आग्रह
आमरण अनशनमा रहेकी यादवको जीवनरक्षा गर्न आग्रह
नेप्से परिसूचकमा उच्च अङ्कको वृद्धि
नेप्से परिसूचकमा उच्च अङ्कको वृद्धि
अन्तर्राष्ट्रिय गरिबी निवारण दिवस मनाईंदै
अन्तर्राष्ट्रिय गरिबी निवारण दिवस मनाईंदै
काठमाडौं रक्सौल रेलमार्गको काम शुरु
काठमाडौं रक्सौल रेलमार्गको काम शुरु
कृष्णबहादुर महरा माथि आरोप लगाउने महिला उजुरी दिन डराइन !
कृष्णबहादुर महरा माथि आरोप लगाउने महिला उजुरी दिन डराइन !
एकै दिन ३३ अर्ब ६१ करोड भुक्तानी
एकै दिन ३३ अर्ब ६१ करोड भुक्तानी
संचारमन्त्रीको देउवालाई जवाफ : भारतीय नेतृत्वसँग बसेर के भन्नु भयो?
संचारमन्त्रीको देउवालाई जवाफ : भारतीय नेतृत्वसँग बसेर के भन्नु भयो?
“सरकारले बढीभन्दा बढी बच्चा जन्माउनु पर्छ भनिरहेको छ, तर कसरी ?
“सरकारले बढीभन्दा बढी बच्चा जन्माउनु पर्छ भनिरहेको छ, तर कसरी ?
राष्ट्रिय सभाको गठन नगरी चुनावी प्रक्रिया सकिदैन, राष्ट्रियसभाको चुनाव गराएर सरकार छाड्छाँै: बालकृष्ण खाँड
राष्ट्रिय सभाको गठन नगरी चुनावी प्रक्रिया सकिदैन, राष्ट्रियसभाको चुनाव गराएर सरकार छाड्छाँै: बालकृष्ण खाँड

तपाईंले छुटाउनुभयो कि?