बामदेव र बादल प्रधानमन्त्री ओलीको राजीनामाको विपक्षमा, अर्ली महाधिवेशनमै सहमति बनाउन सुझाव

Shikharkhabar Shikharkhabar
|
आइतबार, श्रावण ११, २०७७
|
|
४१ पटक हेरिएको
Shares
बामदेव र बादल प्रधानमन्त्री ओलीको राजीनामाको विपक्षमा, अर्ली महाधिवेशनमै सहमति बनाउन सुझाव

सारांश

  • नेपाल कम्युनिस्ट पार्टीका उपाध्यक्ष बामदेव गौतम र सचिवालय सदस्य रामबहादुर थापा बादल प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामाको विपक्षमा उभिएका छन् ।
  • ओलीको राजीनामा मागिरहेको अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनालको समुहमा रहेका दुवै नेता ओलीको राजीनामाको विपक्षमा उभिएका हुन् ।
  • ओलीइतरको समुहबीच एक आपसको छलफलमा अब पार्टीबाट ओलीबारे निर्णय गरेर जाने छलफल हुँदा गौतमले बहुमतको आँडमा निर्णय गरे दुर्घटना हुने तर्क राखेका थिए ।

नेपाल कम्युनिस्ट पार्टीका उपाध्यक्ष बामदेव गौतम र सचिवालय सदस्य रामबहादुर थापा बादल प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामाको विपक्षमा उभिएका छन् । ओलीको राजीनामा मागिरहेको अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनालको समुहमा रहेका दुवै नेता ओलीको राजीनामाको विपक्षमा उभिएका हुन् ।

ओलीइतरको समुहबीच एक आपसको छलफलमा अब पार्टीबाट ओलीबारे निर्णय गरेर जाने छलफल हुँदा गौतमले बहुमतको आँडमा निर्णय गरे दुर्घटना हुने तर्क राखेका थिए । विश्वस्त स्रोतका अनुसार बामदेवले आफू अली महाधिवेशनबाट समस्याको हल खोज्ने पक्षमा रहेको बताएका थिए । उनले अहिले राजीनामाको विषय ओलीको स्वइच्छामा छाडेर यसै वर्षभित्र महाधिवेशन गर्नेतर्फ लाग्ने गरी बढ्नुपर्ने भनेका थिए ।
नेकपाभित्र ओलीको प्रचण्ड र माधव नेपालसँग द्वन्द्व बढ्दै जाँदा बामदेवको लाइन विस्तारै फरक हुन थालेको हो । बामदेवसँग समेत नजिक रहेका स्थायी कमिटि सदस्यहरु योगेश भट्टराई र घनश्याम भुषालले पनि भुमिका खेलेर ओलीको राजीनामाको मागलाई कमजोर पार्न भुमिका खेलेका थिए । उनीहरुले बामदेवलाई पटक पटक भेटी अर्ली महाधिवेशनतर्फ केन्द्रित हुनुपर्नेमा कन्भिन्स गरेका थिए ।

नेकपाभित्र एक महिना अघि देखि प्रधानमन्त्री ओलीको राजीनामा मागेर प्रचण्ड, माधव नेपाल, झलनाथ खनाल, बामदेव गौतम, नारायणकाजी श्रेष्ठ र रामबहादुर थापा बादल कडा रुपमा प्रस्तुत भएका थिए । तर, ओलीले राजीनामा नदिने अडान राखेर आफ्ना विरोधीलाई लगाउँदै आएका थिए । पछिल्लो समय बामदेव र बादललाई ओलीले विरोधी समुहबाट दुरी बढाउन सफल हुँदै गएका छन् । बादल प्रचण्ड समुहको छुट्टै भेलामा पनि सहभागी हुन छाडेका छन् । बामदेव पनि ओलीइतरको समुहको बैठकमा कम जान छाडेका छन् ।

अब के होला
ओलीको राजीनामा माग्दै आएको समुहका प्रभावशाली नेताहरु बामदेव गौतम र रामबहादुर थापा बादल तटस्थको भुमिकामा देखिन थालेपछि नयाँ माहोल सृजना हुँदै गएको छ । पार्टी दुर्घटनामा जानसक्ने भन्दै बामदेव र बादलले बहुमतको बलमा नभई सहमतिबाट बढ्नुपर्ने तर्क अगाडि सानै थालेका छन् । बामदेवले ओलीको राजीनामा उनको स्व इच्छामा भर पर्ने बताइसकेका छन् । बादल पनि आफै सरकारमा रहेकाले राजीनामाको विपक्षमा देखिएका छन् ।

बामदेव र बादल ओलीइतर समुहबाट टाढिएपछि राजीनामाको मुद्दा केही कमजोर भएको छ । तर, प्रचण्ड र माधव नेपालको जोडेर स्थायी कमिटीमा बहुमत भएकाले मुद्दा यथावत रहे टकराव रोकिने छैन । अर्ली महाधिवेशनको अस्त्रले बामदेव हौसिएका छन् । उनी भावी अध्यक्षको दौडमा आफूलाई प्रस्तुत गर्ने रणनीतिमा देखिएका छन् । यसले नेकपाभित्रको गुट संरचनामा केही बदलाव आउने संकेतहरु देखिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

म्यानचेस्टर युनाइटेड ४-१ को जीतसँगै प्रि क्वाटरफाइनलमा
म्यानचेस्टर युनाइटेड ४-१ को जीतसँगै प्रि क्वाटरफाइनलमा
बुटवलको तिलोत्तमालाई पत्र : नदीजन्य पदार्थ उत्खनन् गर्दा सीमा मिचियो
बुटवलको तिलोत्तमालाई पत्र : नदीजन्य पदार्थ उत्खनन् गर्दा सीमा मिचियो
नेपाल र बेलायतबीच गोर्खा सैनिकका विषयमा छलफल गर्ने सहमति
नेपाल र बेलायतबीच गोर्खा सैनिकका विषयमा छलफल गर्ने सहमति
किन अष्ट्रिया जाँदैछन् उपराष्ट्रपति पुन ?
किन अष्ट्रिया जाँदैछन् उपराष्ट्रपति पुन ?
प्रधानमन्त्री ओली र प्रचण्डबीच वार्ता- यी हुन् प्याकेज छलफलका एजेन्डा
प्रधानमन्त्री ओली र प्रचण्डबीच वार्ता- यी हुन् प्याकेज छलफलका एजेन्डा
सुडानमा इन्धनको मूल्यवृद्धि भएको विरोधमा प्रदर्शन, १९ को मृत्यु
सुडानमा इन्धनको मूल्यवृद्धि भएको विरोधमा प्रदर्शन, १९ को मृत्यु
रात्री क्लव बाहिर गोली चल्यो एकजनाको मृत्यु
रात्री क्लव बाहिर गोली चल्यो एकजनाको मृत्यु
कोरोना देखिए ‘लक डाउन’ गर्ने सरकारको तयारी
कोरोना देखिए ‘लक डाउन’ गर्ने सरकारको तयारी
किन अबको चुनावी टक्कर कांग्रेस र एमालेबीचमै हो, देखियो नयाँ राजनीतिक संकेत !
किन अबको चुनावी टक्कर कांग्रेस र एमालेबीचमै हो, देखियो नयाँ राजनीतिक संकेत !
महिला तथा सामाजिक मामिला समिति सदस्यमा कंसाकार
महिला तथा सामाजिक मामिला समिति सदस्यमा कंसाकार