अभिनेत्रीले लगाएको पोसाक विरुद्ध मुद्दा दायर

Shikharkhabar Shikharkhabar
|
आइतबार, मंसिर १६, २०७५
|
|
५१ पटक हेरिएको
Shares
अभिनेत्रीले लगाएको पोसाक विरुद्ध मुद्दा दायर

सारांश

  • काठमाडौ,१७ मंसिर ।
  •    इजिप्टकी एक अभिनेत्रीले काहिरा फिल्म फेस्टिवलका क्रममा लगाएको पारदर्शी कपडालाई लिएर विवाद उत्पन्न भएको छ।
  • बीबीसीका अनुसार यी अभिनेत्रीमाथ व्याभिचारकालागि उक्साएको आरोप लगाइएको छ।

काठमाडौ,१७ मंसिर ।   इजिप्टकी एक अभिनेत्रीले काहिरा फिल्म फेस्टिवलका क्रममा लगाएको पारदर्शी कपडालाई लिएर विवाद उत्पन्न भएको छ। बीबीसीका अनुसार यी अभिनेत्रीमाथ व्याभिचारकालागि उक्साएको आरोप लगाइएको छ। काहिरा फिल्म फेस्टिवलका क्रममा रानिया युसेफले कालो रङको पादरर्शी कपडा लगाएकी थिइन्। जसमा उनको कम्मर मुनिको अधिकांश भाग देखिएको थियो। यही पोशासलाई मानिसहरुले मुद्दा बनाएका छन्।

यद्यपी केही मानिसले भने रानियालाई आफूलाई मन पर्ने कपडा लगाउन पाउने अधिकार रहेको पनि बताएका छन्। इजिप्टका न्यायिक प्रणालीसँग जोडिएका केही मानिसले समाचार एजेन्सी एएफपीसँग कुरा गर्दै यदि रानिया दोषी भएको अवस्थामा पाँच वर्षसम्म जेल सजाय हुन सक्ने बताएका छन्। यद्यपी रानियाले यो विषयमा माफी मागेकी छन्। ४४ वर्षीया रानियाले आफूले लगाएको कपडालाई लिएर यत्रो विवाद हुन्थ्यो भन्ने थाहा पाएको भए आफूले उक्त कपडा नलाउने  भनेकी छन्।

रानिया विरुद्ध एमरो अब्देसलाम र समीर सबरीले मुद्धा दायर गरेका छन्। यी दुवै सेलिब्रेटी विरुद्ध मुद्धा दायर गर्ने व्यक्तिका रुपमा परिचित छन्। सबरीले समाचार एजेन्सी एएफपीसँग भने–रानियाको पहिरन समाजको मूल्य मान्यता, परम्परा र नैतिकताको विरुद्ध छ। उनको यो पहिरनले फिल्म फेस्टिवल र एजिप्टका महिलाको प्रतिष्ठालाई नोक्सान पुर्याएको छ।’ इजिप्टका सगठनले पनि केही पाहुनाको पहिरनप्रति पनि आपत्ति जनाएको छ। रानियाले आफ्नो सामाजिक संजालमा स्टाटस लेख्दै आफूबाट पहिरन छान्दा गल्ती भएको उल्लेख गरेकी छन्। उनले लेखेकी छन्–पहिलो पठक मैले यो पोसाक लगाएकी हुँ। मलाइ यो पोसाकप्रति यतिधेरै आक्रोश पैदा होला भन्ने लागेको थिएन। तर म आफ्नो समाजको मूल्य मान्यताप्रति प्रतिबद्ध छु।’

गत वर्ष इजिप्टको एक अदालतले गायक शाइमा अमहदलाई केरा खाँदै अण्डरवेयरमा देखिएको भिडियो सार्वजनिक भएपछि दुई वर्षको जेल सजाय सुनाएको थियो। पछि उक्त सजाय एक वर्षमा झारिएको थियो। गत जनवरीमा अर्का गायक लैला आमेर विरुद्ध पनि उत्तेजक म्युजिकल डान्स गरेको भन्दै मुद्दा दायर गरिएको थियो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नेसपाले मुद्दा मिल्ने पार्टीसँग मोर्चा बनाउने
नेसपाले मुद्दा मिल्ने पार्टीसँग मोर्चा बनाउने
प्रधानमन्त्री देउवाका प्रतिस्पर्धी भट्टको गाडी एम्बुसमा पर्‍यो, यस्तो छ क्षतिको अवस्था
प्रधानमन्त्री देउवाका प्रतिस्पर्धी भट्टको गाडी एम्बुसमा पर्‍यो, यस्तो छ क्षतिको अवस्था
प्रमुख दलहरु क्रमशः कांग्रेस, एमाले र नेकपा माओवादी केन्द्र मधेशमा आफ्नो पार्टीलाई जसरी पनि पहिलो बनाउने रणनीतिमा
प्रमुख दलहरु क्रमशः कांग्रेस, एमाले र नेकपा माओवादी केन्द्र मधेशमा आफ्नो पार्टीलाई जसरी पनि पहिलो बनाउने रणनीतिमा
कांग्रेस(जसपाका नेताबिच देउवा निवासमा छलफल)
कांग्रेस(जसपाका नेताबिच देउवा निवासमा छलफल)
ओली र देउवाको हातमा राजनीति छैन्, उनीहरुको राजनीति विचौलिया र दलालको हातमा छ : प्रचण्ड
ओली र देउवाको हातमा राजनीति छैन्, उनीहरुको राजनीति विचौलिया र दलालको हातमा छ : प्रचण्ड
यसकारण जस्तोसुकै प्रकोपमा पनि भारतले नेपाल र भुटानका नागरिकलाई रोक्दैन
यसकारण जस्तोसुकै प्रकोपमा पनि भारतले नेपाल र भुटानका नागरिकलाई रोक्दैन
‘विपिन जोशी जीवितै रहेको हुन सक्ने आशा’, त्यसका आधार के हुन्?
‘विपिन जोशी जीवितै रहेको हुन सक्ने आशा’, त्यसका आधार के हुन्?
साथीले बोकेको बन्दुक पड्किदा नुवाकोटमा एकको ज्यान गयाे
साथीले बोकेको बन्दुक पड्किदा नुवाकोटमा एकको ज्यान गयाे
आफैलाई गोली हान्न लगाउने आचार्य ५ हजार धरौटीमा छुटे
आफैलाई गोली हान्न लगाउने आचार्य ५ हजार धरौटीमा छुटे
डा. बाबुराम भट्टराईले भने : वैकल्पिक राजनीति आवश्यक छ
डा. बाबुराम भट्टराईले भने : वैकल्पिक राजनीति आवश्यक छ