फेसबुकमा “जी” भन्दा किन कुटे नेविसंघका उपसभापतिले आफ्नै सहसचिव ?

Shikharkhabar Shikharkhabar
|
बिहिबार, भाद्र २८, २०७५
|
|
२३ पटक हेरिएको
Shares
फेसबुकमा “जी” भन्दा किन कुटे नेविसंघका उपसभापतिले आफ्नै सहसचिव ?

सारांश

  • काठमाडौं, २८ भदौ ।
  • फेसबुकको कमेन्टमा जी भनेकै आधारमा नेवि सङ्घ सुनसरी उपसभापति रिठ्ठे भनिने बुद्धहाङ लिम्बूले नेवि सङ्घ सुनसरी सह–सचिव राजेन्द्र खड्कालाई कुटपीट गरेका छन् ।
  • मङ्गलबार नेपाल विद्यार्थी छात्रा सङ्घले जनता बहुमुखी क्याम्पस इटहरीमा आयोजना गरेको तीज विशेष कार्यक्रममा अतिथि बनेर गएका राजेन्द्र खड्का माथि बुद्धहाङ लिम्बूसहित दश–एघार जनाको समूहले कुटपीट गरेकोे पीडित खड्काले बताए ।

काठमाडौं, २८ भदौ । फेसबुकको कमेन्टमा जी भनेकै आधारमा नेवि सङ्घ सुनसरी उपसभापति रिठ्ठे भनिने बुद्धहाङ लिम्बूले नेवि सङ्घ सुनसरी सह–सचिव राजेन्द्र खड्कालाई कुटपीट गरेका छन् ।

मङ्गलबार नेपाल विद्यार्थी छात्रा सङ्घले जनता बहुमुखी क्याम्पस इटहरीमा आयोजना गरेको तीज विशेष कार्यक्रममा अतिथि बनेर गएका राजेन्द्र खड्का माथि बुद्धहाङ लिम्बूसहित दश–एघार जनाको समूहले कुटपीट गरेकोे पीडित खड्काले बताए । ‘ मैले महाधिवेशनसम्बन्धी फेसबुकमा विचार लेख्दा, उनले गरेको कमेन्टमा धन्यवाद बुद्धजी लेख्दा मलाई भेटेर कुटपीट गर्ने र ज्यानमार्ने धम्की दिए ।’ खड्काले भने । इटहरीलाई कार्यक्षेत्र बनाएर राजनीति गरिरहेका लिम्बूले गुन्डागर्दी, चन्दाअसुली गर्दै आइरहेको पीडित पक्षको आरोप छ ।

लिम्बू यसअघि पनि नेवि सङ्घ सुनसरी नेता केशव न्यौपानेमाथि हातपात गरेको आरोपमा पक्राउ परेका थिए । तत्कालीन इटहरीका प्रहरी निरीक्षक राजन कार्कीलाई समेत हातपात गरेको आरोपमा सजाय भोगिसकेका छन् । लिम्बू पनि नेवि सङ्घकै नेता र खड्का पनि नेवि सङ्घकै विद्यार्थी नेता भए पनि कुटपीट र हातपात हुनुले विद्यार्थी राजनीति नै धरापमा पर्दै गएको एक जिल्ला नेताले बताए । गुण्डागर्दीको शैलीमा आफूमाथि कुटपीट गरेको पीडित खड्काको आरोप छ ।

खड्काको कानमा चोट लागेको छ । प्रहरीले घाउजाँच गरिसकेको जानकारी दिएको छ ।यता ओरोपित बुद्धहाङ लिम्बूले भने सामान्य कुरा भएको बताए । ‘त्यस्तो ठूलो इस्यु होइन, ‘पोलिटिकल इस्यु हो, पार्टी अधिवेशनको नजिकमा बद्नाम गराउने प्रयास भइरहेको छ,’ लिम्बूले भने, ‘भनाभन भएर सामान्य हातपात भएको हो, सुनियोजित केही पनि होइन्, सामान्य विवाद भएकाले पार्टीले मिलाउने प्रयास गरिरहेको छ ।’यता इलाका प्रहरी कार्यालय इटहरीका डिएसपी शिव श्रेष्ठले मुद्दा दर्ता गर्नका लागि अनुसन्धान गरिरहेको जानकारी दिए । उनले भने, ‘जी भनेकै आधारमा कुटपीट भएको भन्ने छ, अहिले हामी अनुसन्धान गरिरहेका छौँ ।’

डीएसपी श्रेष्ठले सामान्य झगडा भएको र यसमा जाहेरी नपरेको बताए । उनले नयाँ ऐनअनुसार निवेदनसमेत नपरेको, अस्पष्ट रहेको टेलिफोन सम्पर्कमा बताए । यद्यपि उनले आरोपीको खोजी गरिरहेको जानकारी दिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

यातायात क्षेत्रको सिन्डिकेट हटेन भने राजिनामा दिन्छु: मन्त्री रघुवीर महासेठ
यातायात क्षेत्रको सिन्डिकेट हटेन भने राजिनामा दिन्छु: मन्त्री रघुवीर महासेठ
भारतसँग दरो किसिमले संवाद गर्नु जरुरी छ : प्रचण्ड
भारतसँग दरो किसिमले संवाद गर्नु जरुरी छ : प्रचण्ड
डा. बाबुराम भट्टराईले दिए प्रधानमन्त्री ओलीलाई यस्तो उपदेश
डा. बाबुराम भट्टराईले दिए प्रधानमन्त्री ओलीलाई यस्तो उपदेश
चिनियाँ राष्ट्रपति नेपाल आउनुपूर्व भारतीय प्रधानमन्त्री मोदी नेपाल आउन सम्भावना
चिनियाँ राष्ट्रपति नेपाल आउनुपूर्व भारतीय प्रधानमन्त्री मोदी नेपाल आउन सम्भावना
जातीय भेदभाव तथा छुवाछूत विधेयक सर्वसम्मतिले स्वीकृत !
जातीय भेदभाव तथा छुवाछूत विधेयक सर्वसम्मतिले स्वीकृत !
जोशीलाई प्रमाणपत्रको घाँडो : कक्षा १० मा दुई विषयमा फेल !
जोशीलाई प्रमाणपत्रको घाँडो : कक्षा १० मा दुई विषयमा फेल !
१४ जना नक्कली परीक्षार्थी पक्राउ
१४ जना नक्कली परीक्षार्थी पक्राउ
पुरै देश एमालेमय बनाउने केपी ओलीको योजना  ! एमाले-माओबादी एकता !
पुरै देश एमालेमय बनाउने केपी ओलीको योजना ! एमाले-माओबादी एकता !
मतगणना आजैबाट सुरु गरिने , ४ दिनभित्र मतपरिणाम !
मतगणना आजैबाट सुरु गरिने , ४ दिनभित्र मतपरिणाम !
निर्मला हत्याकाण्ड छानबिन समितिले भन्यो : प्रहरीको लापर्वाही र हेलचक्र्याइँ (प्रतिवेदनको पूर्ण पाठसहित)
निर्मला हत्याकाण्ड छानबिन समितिले भन्यो : प्रहरीको लापर्वाही र हेलचक्र्याइँ (प्रतिवेदनको पूर्ण पाठसहित)

तपाईंले छुटाउनुभयो कि?