ट्रेड युनियन कांग्रेसको महाधिवेशन सोमबारदेखि

Shikharkhabar Shikharkhabar
|
आइतबार, आषाढ ३, २०८०
|
|
३८ पटक हेरिएको
Shares
ट्रेड युनियन कांग्रेसको महाधिवेशन सोमबारदेखि

सारांश

  • काठमाडौँ ।
  • नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल ट्रेड युनियन कांग्रेसको सातौँ राष्ट्रिय महाधिवेशन सोमबारदेखि सुरु हुने भएको छ ।
  • नेपाल ट्रेड युनियन कांग्रेस राष्ट्रिय समितिले आज पत्रकार सम्मेलन गरी असार ४ गतेदेखि ६ गतेसम्म महाधिवेशन हुन लागेको जानकारी दिएको हो ।

काठमाडौँ । नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल ट्रेड युनियन कांग्रेसको सातौँ राष्ट्रिय महाधिवेशन सोमबारदेखि सुरु हुने भएको छ । नेपाल ट्रेड युनियन कांग्रेस राष्ट्रिय समितिले आज पत्रकार सम्मेलन गरी असार ४ गतेदेखि ६ गतेसम्म महाधिवेशन हुन लागेको जानकारी दिएको हो ।

पत्रकार सम्मेलनमा ट्रेड युनियन कांग्रेसका अध्यक्ष पुष्कर आचार्यले ट्रेड युनियन कांग्रेसले विधानत ७७ वटै जिल्ला, सातवटै प्रदेश र २७ वटै आवद्ध राष्ट्रिय सङ्घको अधिवेशन सम्पन्न गरी सातौँ महाधिवेशन गर्न लागेको जानकारी दिए । उनले नेपाल ट्रेड युनियन कांग्रेसले आफ्नो विधानमार्फत युवा र महिलाको सहभागीतालाई बढाएको बताए । जिल्ला, प्रदेश र आवद्ध सङ्घमा महिला र युवा सहभागिता बढाउन नेपाल ट्रेड युनियन कांग्रेस लागेको आचार्यको भनाइ थियो ।

पत्रकार सम्मेलनमा नेपाल ट्रेड युनियन कांग्रेसका वरिष्ठ उपाध्यक्ष महेन्द्रप्रसाद यादवले वर्तमान समयमा श्रमिकका मुद्दा थप चुनौतीपूर्ण बन्दै गएकाले भोलिदेखि हुने महाधिवेशनले श्रमिकको मुद्दालाई व्यापक रुपमा उठाउने बताए ।

नेपाल ट्रेड युनियन कांग्रेसका महासचिव योगेन्द्र कुँवरले महाधिवेशनले नेपाली श्रमिकका जल्दाबल्दा समस्यालाई सम्बोधन गर्ने बताए । उनले नेपाल ट्रेड युनियन कांग्रेसको गत वर्ष सम्पन्न राष्ट्रिय सम्मेलनबाट महासङ्घको अध्यक्षलगायत ४९ पद र महिला समिति तथा युवा समिति चयन गरेर सम्पन्न हुने जानकारी दिए ।

नेपाल ट्रेड युनियन कांग्रेस सातौँ राष्ट्रिय महाधिवेशन प्रचारप्रसार समितिका संयोजक अजयकुमार राईले आगामी दिनमा ट्रेड युनियन कांग्रेसलाई थप बलियो र सशक्त बनाउनका लागि सात सय ५३ वटै स्थानीय तहमा ट्रेड युनियन सङ्गठन निर्माण गर्ने जानकारी दिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बाजुराको कोल्टीमा सेनाको विमान दुर्घटनाः पाइलटको मृत्यु, दुई घाइते
बाजुराको कोल्टीमा सेनाको विमान दुर्घटनाः पाइलटको मृत्यु, दुई घाइते
बहुमूल्य नागमणि, एक मुखे रुद्राक्ष र दाहिने शङ्ख आज बिहान पशुपति क्षेत्रमा प्रदर्शन गरिने
बहुमूल्य नागमणि, एक मुखे रुद्राक्ष र दाहिने शङ्ख आज बिहान पशुपति क्षेत्रमा प्रदर्शन गरिने
निर्मला पन्त हत्या प्रकरण : थप चारको डिएनए रिपोर्ट ‘नेगेटिभ’
निर्मला पन्त हत्या प्रकरण : थप चारको डिएनए रिपोर्ट ‘नेगेटिभ’
एमाले-माओवादी एकता : ‘जनयुद्ध’मा विदेशीको आपत्ति
एमाले-माओवादी एकता : ‘जनयुद्ध’मा विदेशीको आपत्ति
माधव नेपालको असन्तुष्टिबारे यसो भन्छन् वामदेवदेखि नारायणकाजीसम्म
माधव नेपालको असन्तुष्टिबारे यसो भन्छन् वामदेवदेखि नारायणकाजीसम्म
ढिडो खाएर विश्व सुन्दरी दंग
ढिडो खाएर विश्व सुन्दरी दंग
अर्थमन्त्रालयले निकाल्यो कर्मचारीको तलब विवरण, निजामती कर्मचारी, स्वास्थ्यकर्मी, सेना, पुलिस, सशस्त्र, शिक्षक कस्को तलब कति ?
अर्थमन्त्रालयले निकाल्यो कर्मचारीको तलब विवरण, निजामती कर्मचारी, स्वास्थ्यकर्मी, सेना, पुलिस, सशस्त्र, शिक्षक कस्को तलब कति ?
आज श्रीपञ्चमी (सरस्वती पूजा) मनाइँदै
आज श्रीपञ्चमी (सरस्वती पूजा) मनाइँदै
समानुपातिक परिणाम : पाँच एमाले र दुई प्रदेशमा कांग्रेस अगाडि
समानुपातिक परिणाम : पाँच एमाले र दुई प्रदेशमा कांग्रेस अगाडि
आँशु लुकाई यसरी हाँस्छन् युवराज (भिडियो)
आँशु लुकाई यसरी हाँस्छन् युवराज (भिडियो)

तपाईंले छुटाउनुभयो कि?