डेंगुको संक्रमणबाट विहिबार दुइ जनाको मृत्यु

Shikharkhabar Shikharkhabar
|
बिहिबार, आश्विन १३, २०७९
|
|
३८ पटक हेरिएको
Shares
डेंगुको संक्रमणबाट विहिबार दुइ जनाको मृत्यु

सारांश

  • काठमाडौं ।
  • नेपालमा डेंगुको संक्रमण तीब्र गतिमा फैलिइरहेको छ ।
  • विहिबार २४ घण्टाभित्र डेंगु संक्रमणबाट २ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

काठमाडौं । नेपालमा डेंगुको संक्रमण तीब्र गतिमा फैलिइरहेको छ । विहिबार २४ घण्टाभित्र डेंगु संक्रमणबाट २ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार हालसम्म डेंगुबाट ३८ जनाको मृत्यु भइसकेको छ ।

मन्त्रालयको विवरण अनुसार डेंगुबाट संक्रमण हुने संक्रमितको संख्या पनि २८ हजार नाघेको छ। हाल देशभर २८ हजार १०९ जना डेंगु संक्रमित रहेका छन्। जसमध्ये सबैभन्दा धेरै संक्रमित वागमती प्रदेशमा रहेका छन्।

हाल वागमती प्रदेशमा २१ हजार ९७५ जना संक्रमित रहेका छन्। प्रदेश १ मा ८२९ जना, मधेश प्रदेशमा ४१३, गण्डकी प्रदेशमा ६७७, लुम्बिनी प्रदेशमा ३ हजार १२५ जना, कर्णाली प्रदेशमा २३८ जना र सुदूरपश्चिम प्रदेशमा ८५० जना डेंगु संक्रमित रहेका मन्त्रालयको तथ्यांक छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?