फोनबाट धम्क्याई ७५ लाख माग गर्ने उदय गिरी धापाखेलबाट पक्राउ

Shikharkhabar Shikharkhabar
|
आइतबार, श्रावण १९, २०७६
|
|
३४ पटक हेरिएको
Shares
फोनबाट धम्क्याई ७५ लाख माग गर्ने उदय गिरी धापाखेलबाट पक्राउ

सारांश

  • काठमाडौं ।
  • मोबाइल फोनबाट धम्क्याई ७५ लाख रुपैयाँ माग गर्ने कार्यमा संलग्न ललितपुर महानगरपालिका–२४ बस्ने ३० वर्षीय उदय गिरीलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ।
  • विभिन्न मितिमा नेपाली तथा भारतीय मोबाइल नम्बरहरू प्रयोग गरी भारतबाट समेत फोन गरी बिभिन्न व्यक्तिहरूलाई धम्क्याई उक्त रकम माग गर्ने कार्यमा संलग्न गिरीलाई महानगरीय अपराध महाशाखा काठमाडौंबाट खटिएको प्रहरीले अनुसन्धानको क्रममा ललितपुर महानगरपालिका–२४ धापाखेलबाट पक्राउ गरेको हो।

काठमाडौं । मोबाइल फोनबाट धम्क्याई ७५ लाख रुपैयाँ माग गर्ने कार्यमा संलग्न ललितपुर महानगरपालिका–२४ बस्ने ३० वर्षीय उदय गिरीलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ।विभिन्न मितिमा नेपाली तथा भारतीय मोबाइल नम्बरहरू प्रयोग गरी भारतबाट समेत फोन गरी बिभिन्न व्यक्तिहरूलाई धम्क्याई उक्त रकम माग गर्ने कार्यमा संलग्न गिरीलाई महानगरीय अपराध महाशाखा काठमाडौंबाट खटिएको प्रहरीले अनुसन्धानको क्रममा ललितपुर महानगरपालिका–२४ धापाखेलबाट पक्राउ गरेको हो।

गिरी यसअघि हातहतियार तथा खरखजना मुद्दामा ३ वर्ष जेल भुक्तान गरी छुटेको खुल्न आएको र निज उपर थप अनुसन्धान भइरहेको सो महाशाखाले जनाएको छ।

यो पनि पढ्नुहोस

फर्पिङबाट राजधानी भित्रिँदै लागुऔषध

काठमाडौँ । प्रहरीले काठमाडौँको थानकोट नाकाबाट दैनिकजसो लागुऔषध बरामद गरी कारोवारीलाई पक्राउ गर्दै आएको छ।काठमाडौँ उपत्यकाका अन्य नाकाबाटसमेत लागुऔषध भित्रिने गरे पनि प्रहरीले अन्य क्षेत्रमा प्रभावकारीरुपमा जाँच गर्न सकेको छैन।हेटौँडाबाट काठमाडौँ भित्रिने नाका फरपिङबाट लागुऔषध भित्रिने गरेको पाइएको छ।

त्यसैले सो क्षेत्रमासमेत प्रहरीले कडाइ गर्न शुरु गरेको छ। इलाका प्रहरी कार्यालय फर्पिङले अस्थायी जाँचचौकी राखेर बिहीबार खोजी अभियान चलाउँदा वीरगञ्जबाट काठमाडाँै आउँदै गरेको ना १ ज ५८७५ नं को टाटासुमोमा सवार यात्रु लागु औषधसहित पक्राउ परेका छन्।उक्त टाटासुमोमा सवार सर्लाहीको

बलरा नगरपालिका–१ घर भई पर्साको वीरगञ्ज बस्दै आएका रमेश कापर लागुऔषधसहित पक्राउ परेको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी नायब उपरीक्षक होविन्द्र बोगटीले जानकारी दिए।उनको साथबाट फेनारगन ६५ एम्पुल, डाइजेपाम ६५ एम्पुल र नुर्फिन फेला परेको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?