ओलीलाई सरकारबाट फिर्ता बोलाउने सम्मको तयारी

Shikharkhabar Shikharkhabar
|
बुधबार, कार्तिक २६, २०७७
|
|
२६ पटक हेरिएको
Shares

सारांश

  • काठमाडौं, २६ कात्तिक ।
  • नेपाल कम्युनिस्ट पार्टीभित्र अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीचको विवाद उत्कर्षमा पुगेको छ ।
  • विवादले दुवै नेता एक अर्कालाई कारबाहीसम्म गर्ने तयारीमा छन् ।

काठमाडौं, २६ कात्तिक । नेपाल कम्युनिस्ट पार्टीभित्र अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीचको विवाद उत्कर्षमा पुगेको छ । विवादले दुवै नेता एक अर्कालाई कारबाहीसम्म गर्ने तयारीमा छन् । सकेसम्म सहमतिको बिन्दु खोज्ने नभए कडा कदमसम्मको सम्पूर्ण तयारी दुवै नेताले गरिसकेका छन् ।

प्रचण्ड र माधव नेपालसहितका बहुमत सचिवालय सदस्यले ओलीलाई सरकारबाट फिर्ता बोलाउने सम्मको तयारी गरेको जानकारी पाएपछि ओलीले निकटस्थलाई चुनौतीको सामना गर्न तयार हुन भनेका छन् । उनले बालुवाटारमा विश्वासपात्रहरुलाई डाकेर त्यस्तो निर्देशन दिएका हुन् । कुनैपनि बेला कठोर निर्णय गर्नुपर्ने हुनसक्ने भन्दै प्रचण्डले पनि निकटस्थलाई तयार रहन भनेका छन् । यसले नेकपाभित्र गम्भीर दुर्घटनाको अवस्था बनेको छ ।

पार्टी सचिवालय हुँदै स्थायी र केन्द्रीय कमिटी बैठक डाकेर प्रचण्डले ओलीका बारेमा निर्णय लिने तयारी गरेका छन् । बुधबार सचिवालयको बैठक डाकेर प्रचण्डले ओलीलाई समेत जानकारी गराएका छन् । तर, ओली आउने या नआउने टुंगो छैन । पार्टीबाट ओलीमाथि भयंकर कारबाहीको निर्णय हुनसक्ने केन्द्रीय सदस्य गोकुल बाँस्कोटाले औल्याएका छन् । ओली निकट बाँस्कोटाले हिजो ओलीविरुद्ध षड्यन्त्र भइरहेको र कारबाही गर्ने तयारी भएको सनसनीपूर्ण खुलासा गरेका छन् ।

पार्टी बैठक डाक्नुमा ओलीमाथि कारबाहीको तयारीका रुपमा लिइएको छ । तर, ओलीले बारम्बार बैठक टार्दै आएका छन् । उनलाई दुई दिनभित्र सचिवालय डाक्न अल्टिमेटम दिइएको थियो । तर, बेवास्ता गरेपछि हिजो सचिवालयका बहुमत सदस्यका तर्फबाट प्रचण्डले बालुवाटारमा भेटी बैठक डाक्ने जानकारी गराएको बुझिएको छ ।

ओलीले बैठक डाक्न आनाकानी गरे आफै डाक्ने प्रचण्डको तयारी छ । सचिवालयबाट पार्टीका तल्लो कमिटी हुँदै ओलीलाई कारबाही सम्मको तयारी भएको बुझिएको छ । यही बुझेर ओलीले पछिल्लो समय कडा अभिव्यक्ति दिदै आएका छन् । उनले पार्टी सचिवालय डाक्नुलाई विभाजनतर्फको बाटो भनेका छन् । बरु अविश्वासको प्रस्तावको सामना गर्ने तर प्रधानमन्त्री पदबाट कुनै हालतमा राजीनामा नदिने दृढता व्यक्त गरेका छन् ।

नेकपाभित्र ओलीलाई पार्टीको विधि र प्रक्रिया मिलाएर सरकारबाट फिर्ता बोलाउने तयारी भइरहेको संकेतहरु निरन्तर मिल्दै आएको छ । ओली निकटस्थहरुले सार्वजनिक रुपमा कडा अभिव्यक्ति दिदै यसको खुलासा गरिरहेका छन् । कतिपय नेताहरुले पार्टीलाई फुटबाट जोगाउन मुश्किल भएको समेत बताएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

दुर्घटनामा परी कम्तीमा ४८ व्यक्तिको मृत्यु
दुर्घटनामा परी कम्तीमा ४८ व्यक्तिको मृत्यु
नेपालले भुटानलाई दियो २३७ रनको लक्ष्य
नेपालले भुटानलाई दियो २३७ रनको लक्ष्य
जाजरकोट ठाँटीबजारको पहिरोमा पुरिएका ९ जनाको शव निकालियो
जाजरकोट ठाँटीबजारको पहिरोमा पुरिएका ९ जनाको शव निकालियो
प्रधानमन्त्री प्रचण्डको राजनीतिक सल्लाहकारमा गजुरेल नियुक्त
प्रधानमन्त्री प्रचण्डको राजनीतिक सल्लाहकारमा गजुरेल नियुक्त
कलेज अध्यक्षको निर्देशनमा विद्यार्थी नेता गिरफतार
कलेज अध्यक्षको निर्देशनमा विद्यार्थी नेता गिरफतार
मलेसियामा धमाधम पक्राउ पर्दै गैरकानुनी कामदार
मलेसियामा धमाधम पक्राउ पर्दै गैरकानुनी कामदार
टि–ट्वान्टी प्रतियोगितामा आज सेमिफाइनका खेल हुँदै
टि–ट्वान्टी प्रतियोगितामा आज सेमिफाइनका खेल हुँदै
सेवा सुविधा नपाएको अपांग विद्यार्थीको गुनासो
सेवा सुविधा नपाएको अपांग विद्यार्थीको गुनासो
कोरोना भाइरस सुरु भएको चीनको वुहानमा मृत्यु हुनेको सङ्ख्यामा ५० प्रतिशत वृद्धि
कोरोना भाइरस सुरु भएको चीनको वुहानमा मृत्यु हुनेको सङ्ख्यामा ५० प्रतिशत वृद्धि
बुद्धजयन्ती,उभौली पर्व– राष्ट्रपति÷उपराष्ट्रपति, प्रधानमन्त्रीको शुभकामना सन्देश !
बुद्धजयन्ती,उभौली पर्व– राष्ट्रपति÷उपराष्ट्रपति, प्रधानमन्त्रीको शुभकामना सन्देश !

तपाईंले छुटाउनुभयो कि?