फोरजी सिमकार्ड निःशुल्क वितरण

Shikharkhabar Shikharkhabar
|
मंगलबार, मंसिर १७, २०७६
|
|
४४ पटक हेरिएको
Shares
फोरजी सिमकार्ड निःशुल्क वितरण

सारांश

  • नेपाल टेलिकमको डोटीस्थित सिलगढी कार्यालयले निःशुल्करूपमा अति दु्रतगतिको इन्टरनेट सेवा फोरजीको सिमकार्ड वितरण गर्ने कार्य शुरु गरेको छ ।
  • जिल्लामा केही साता अघिदेखि फोरजी सेवा शुरु भएपछि उक्त कार्यालयले पहिलोपटक फोरजी सिमकार्ड वितरणको कार्य शुरु गरेकोे हो ।
  • सो कार्यालयले सूचना प्रकाशित गरी आज बिहान ८ बजेदेखि फोरजी तथा विद्यार्थी सिमकार्ड निःशुल्क वितरण गर्न थालेको हो ।

नेपाल टेलिकमको डोटीस्थित सिलगढी कार्यालयले निःशुल्करूपमा अति दु्रतगतिको इन्टरनेट सेवा फोरजीको सिमकार्ड वितरण गर्ने कार्य शुरु गरेको छ । जिल्लामा केही साता अघिदेखि फोरजी सेवा शुरु भएपछि उक्त कार्यालयले पहिलोपटक फोरजी सिमकार्ड वितरणको कार्य शुरु गरेकोे हो ।

सो कार्यालयले सूचना प्रकाशित गरी आज बिहान ८ बजेदेखि फोरजी तथा विद्यार्थी सिमकार्ड निःशुल्क वितरण गर्न थालेको हो । फोरजी सिम लिन दर्जनौँ स्थानीयवासी तथा विद्यार्थीले आवेदन दिएका छन् । विद्यार्थी तथा स्थानीयवासी बिहानैदेखि कार्यालयमा लाइन लागेका छन् ।
फोरजी सेवाको सिमकार्ड लिन विद्यार्थीको हकमा एसइई दिएको प्रवेशपत्र, नागरिकता प्रमाणपत्र तथा एकप्रति फोटो अनिर्वाय हुनुपर्ने तथा अन्यको हकमा नागरिकता प्रमाणपत्र र एकप्रति फोटो अनिर्वाय हुनुपर्ने जनाएको छ । सेवा शुरु भएपछि सबैले फोरजी प्रयोग गरुन् भनेर निःशुल्करूपमा फोरजी सिम वितरण गरिन थालिएको नेपाल टेलिकम दिपायलका प्राविधिक प्रकाश चौधरीले बताउनुभयो । उहाँले भन्नुभयो, “सबैले फोरजी सेवा लिन पाऊन् भन्ने उद्देश्यले पहिलो चरणमा निःशुल्क रुपमा सिम वितरण गर्न थालेका छौँ ।”

यो सेवा शुरु भएसँगै फोरजी नेट छिटोछरितो भएकाले त्यसका ग्राहक दिनहुँ बढ्न थालेको टेलिकमको डोटी कार्यालयले जनाएको छ । जिल्लामा निजी क्षेत्रको कम्पनी एनसेलले पनि आफ्नो सेवा दिइरहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

विशेषज्ञलाई स्थलगत निरीक्षण गरिदिन आग्रह
विशेषज्ञलाई स्थलगत निरीक्षण गरिदिन आग्रह
काठमाडाँ उपत्यकामा शनिवार थपिए ११७७ कोरोना संक्रमित
काठमाडाँ उपत्यकामा शनिवार थपिए ११७७ कोरोना संक्रमित
एएफसी कपको समूह चरणको खेलमा मनाङ मर्स्याङ्दी क्लबले ढाका अबहानीको सामना गर्दै
एएफसी कपको समूह चरणको खेलमा मनाङ मर्स्याङ्दी क्लबले ढाका अबहानीको सामना गर्दै
दुई महीनादेखि बन्द रहेको विद्युत् उत्पादन गृह पुनः सञ्चालन
दुई महीनादेखि बन्द रहेको विद्युत् उत्पादन गृह पुनः सञ्चालन
उपराष्ट्रपति पुनले भने: खेलकुदलाई प्राथमिकतामा राख्नुस्
उपराष्ट्रपति पुनले भने: खेलकुदलाई प्राथमिकतामा राख्नुस्
डा उपेन्द्र देवकोटाले जब ‘आइएम ह्याप्पी’ भने !
डा उपेन्द्र देवकोटाले जब ‘आइएम ह्याप्पी’ भने !
किन खिचियो हिरासतमा रहेका लामिछानेको तस्बिर ?
किन खिचियो हिरासतमा रहेका लामिछानेको तस्बिर ?
जन्ती बस दुर्घटनामा मर्नेको संख्या चार पुग्यो
जन्ती बस दुर्घटनामा मर्नेको संख्या चार पुग्यो
नेकपा विवादः प्रचण्डलगायतका नेताहरुको राजीनामाको माग यथावत्, मंसिरमा महाधिवेशन अमान्य
नेकपा विवादः प्रचण्डलगायतका नेताहरुको राजीनामाको माग यथावत्, मंसिरमा महाधिवेशन अमान्य
घरको बगैँचामा महिलाको शव भेटिएपछि पूर्व जर्नेलमाथि कुटपिट