किन खिचियो हिरासतमा रहेका लामिछानेको तस्बिर ?

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, पौष ५, २०८१
|
|
१८ पटक हेरिएको
Shares
किन खिचियो हिरासतमा रहेका लामिछानेको तस्बिर ?

सारांश

  • पोखरा।
  • पूर्वउपप्रधान एवं गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको कास्की प्रहरी हिरासतभित्रको तस्बिर यतिखेर भाइरल छ ।
  • सो तस्बिर भाइरल भएपछि तस्बिर किन र के प्रयोजनका लागि खिचिएको हो भन्ने जिज्ञासा बढेको छ ।

पोखरा। पूर्वउपप्रधान एवं गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको कास्की प्रहरी हिरासतभित्रको तस्बिर यतिखेर भाइरल छ । सो तस्बिर भाइरल भएपछि तस्बिर किन र के प्रयोजनका लागि खिचिएको हो भन्ने जिज्ञासा बढेको छ ।

त्यसो त, सो तस्बिर डा. निकोलस भुषाल आफैंले खिचेको दाबी गरेका छन् । केही दिनअघि उनको फेसबुक पेजबाट सो तस्बिर प्रकाशित पनि भएको थियो । तर, उनले कुनै अन्य प्रयोजनका लागि नभई लामिछानेको अवस्था जान्नका लागि मात्र खिचेको बताउँदै फोटो सार्वजनिक गरेकामा माफीसमेत मागेका छन् ।

लामिछानेको फोटो सार्वजनिक भएपछि भने रास्वपाका कार्यकर्ता त्यसको विरोधमा उत्रेका छन् । उनीहरूले सो तस्बिर खिच्ने काममा प्रहरी आफैं संलग्न रहेको दाबी गरेका छन् । पार्टीका सहकोषाध्यक्ष दीपक बोहराले सो फोटो कास्की प्रहरी हिरासतमा रहेका लामिछानेकै भएको बताएका छन् । हिरासतमा भेट्न जाँदा मोबाइल लैजान नपाइने कडा नियम रहेको भन्दै उनले फोटो खिच्ने काममा प्रहरीकै संलग्नता रहेको आरोप लगाएका छन् ।

फोटो’bout कास्की प्रहरी आलोचित भएपछि बिहीबार दिउँसो एक विज्ञप्ति जारी गरी हिरासतको तस्बिर सार्वजनिक गर्नेलाई कारबाही हुने चेतावनी दिएको छ ।

जिल्ला प्रहरी कार्यालय, कास्कीका सूचना अधिकारी डीएसपी वसन्तकुमार शर्माले विज्ञप्ति जारी गर्दै साइबर अपराधसम्बन्धी कानुनी प्रावधानलाई समेत उल्लंघन गरी अनधिकृत रूपमा सामग्री प्रकाशन तथा सम्प्रेषण गर्ने कार्यमा संलग्न रहेका जोकोहीलाई कारबाही हुने जनाएका छन् ।

विज्ञप्तिमा भनिएको छ, ‘सूचनाको हकसम्बन्धी ऐन, २०६४ मा व्यवस्था भएबमोजिम अपराध अनुसन्धान, तहकिकात तथा अभियोजनमा गोपनीयता कायम गर्नुपर्ने व्यवस्था र प्रचलित साइबर अपराधसम्बन्धी कानुनी प्रावधानलाई समेत उल्लंघन गरी अनधिकृत रूपमा सामग्री प्रकाशन तथा सम्प्रेषण गर्ने कार्यमा संलग्न रहेका जो कोही व्यक्तिलाई पनि कानुनी दायरामा ल्याई कानुनबमोजिम अनुसन्धान तथा कारबाही गरिनेछ ।’

लामिछानेको तस्बिर भाइरल भएपछि गृहमन्त्री रमेश लेखकले पनि प्रहरी महानिरीक्षक (आईजीपी) वसन्तबहादुर कुँवरसँग फोटो’bout सोधखोज गरेका छन् ।

यसैबीच, रास्वपाका सहकोषाध्यक्ष बोहराले आफूले सभापति लामिछानेलाई भेट्दा लामिछानेले पढ्दै गरेको पुस्तक द आर्ट अफ वार, द एज अफ रिभोलुसनलगायत पुस्तक रहेको उल्लेख गरेका छन् । दुई महिनासम्म हिरासतमा रहँदा लामिछानेले १७ पुस्तक पढेको बोहोराको भनाइ छ ।

पोखराको सूर्यदर्शन सहकारीको रकम ठगी मुद्दामा गत २ कात्तिकमा अनुसन्धानका लागि लामिछाने प्रहरी हिरासतमा छन् । कास्की प्रहरीले उनलाई सहकारी ठगीसहित संगठित अपराध, सम्पत्ति शुद्धीकरण गरी ३ मुद्दामा कारबाही चलाउनुपर्ने लगायत मागसहित सरकारी वकिलमा अनुसन्धान फाइल बुझाइसकेको छ ।

लामिछाने, गोर्खा मिडियाका पूर्वउपाध्यक्ष एवं सञ्चालक छविलाल जोशीसमेत कास्की जिल्ला अदालतका न्यायाधीश हिमलाल बेल्वासेको इजलासले पाँच जनालाई अन्तिमपटक चार दिन म्याद थप गरेको हो ।

सम्पत्ति शुद्धीकरण मुद्दामा अनुसन्धानका लागि म्याद हद ९० दिन रहेकामा २ पुसमा अन्तिमपटक चार दिन म्याद थप भएको हो । शुक्रबार (आज)सम्म सो म्यादसमेत सकिने भएपछि आइतबार मात्र उनलाई अदालतमा फेरि उपस्थित गराइनेछ । त्यस बेलासम्म सम्भवतः अभियोगपत्र दायर हुनेछ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

२० देशका लागि राजदूत नियुक्ति सिफारिस, को को भए राजदूत सिफारिस ?
२० देशका लागि राजदूत नियुक्ति सिफारिस, को को भए राजदूत सिफारिस ?
सुदुरपश्चिममा तीन दिनमा नौ व्यक्तिमा कोरोना सङ्क्रमण
सुदुरपश्चिममा तीन दिनमा नौ व्यक्तिमा कोरोना सङ्क्रमण
आजको राशीफल
आजको राशीफल
हेर्नुहोस पूर्व राजकुमार दीपेन्द्र शाह तिहारमा गीत गाउदै भैली खेलेको दुर्लभ भिडियो
हेर्नुहोस पूर्व राजकुमार दीपेन्द्र शाह तिहारमा गीत गाउदै भैली खेलेको दुर्लभ भिडियो
दुर्घटनामा परेको विमानका क्याप्टेनले अस्पतालमा हात उठाउँदै भने, ‘ठिक छु’
दुर्घटनामा परेको विमानका क्याप्टेनले अस्पतालमा हात उठाउँदै भने, ‘ठिक छु’
सम्माननिय परराष्ट्रमन्त्री कृष्णबहादुर महरालार्इ मलेसियाबाट नेपाली कामदारको खुल्लापत्र !
सम्माननिय परराष्ट्रमन्त्री कृष्णबहादुर महरालार्इ मलेसियाबाट नेपाली कामदारको खुल्लापत्र !
थानकोट–चित्लाङ सडक निर्माणमा भएको अनियमितता रोक्न उद्योगमन्त्री नेपालको निर्देशन
थानकोट–चित्लाङ सडक निर्माणमा भएको अनियमितता रोक्न उद्योगमन्त्री नेपालको निर्देशन
‘एक रुपैयाँ’ले बनाएकाे रहेछ सरकार हल्लाउने निर्मलाकाे याे पाेस्टर
‘एक रुपैयाँ’ले बनाएकाे रहेछ सरकार हल्लाउने निर्मलाकाे याे पाेस्टर
काठमाडौँ २ र ४ मा एमाले, १ मा कांग्रेसको अग्रता
काठमाडौँ २ र ४ मा एमाले, १ मा कांग्रेसको अग्रता
कोरोना संक्रमितका लागि बनाइएको अस्पताल आज उद्घाटन हुँदै
कोरोना संक्रमितका लागि बनाइएको अस्पताल आज उद्घाटन हुँदै

तपाईंले छुटाउनुभयो कि?