फोहरबाट आम्दानी गर्दै कञ्चनपुरको महाकाली प्रादेशिक अस्पताल

Shikharkhabar Shikharkhabar
|
बुधबार, चैत्र २२, २०७९
|
|
४० पटक हेरिएको
Shares
फोहरबाट आम्दानी गर्दै कञ्चनपुरको महाकाली प्रादेशिक अस्पताल

सारांश

  • बेदकोट ।
  • कञ्चनपुरको महाकाली प्रादेशिक अस्पतालले फोहरबाट आम्दानी गर्न थालेको छ ।
  • अस्पतालमा उत्पन्न हुने फोहर बिक्री गरेर अस्पतालले आम्दानी गर्न थालेको हो ।

बेदकोट । कञ्चनपुरको महाकाली प्रादेशिक अस्पतालले फोहरबाट आम्दानी गर्न थालेको छ । अस्पतालमा उत्पन्न हुने फोहर बिक्री गरेर अस्पतालले आम्दानी गर्न थालेको हो ।

प्रायः फालिने गरेका प्लास्टिकका बोतल, औषधिका खोल, कागज, स्लाइनका बोत्तल, प्रयोग गरेका पञ्जालाई अस्पतालले आम्दानीको स्रोतमा बदलेको छ । अस्पतालमा उत्पादन हुने फोेहर समस्या नभएर आम्दानीको स्रोतको रुपमा प्रयोग गरिएको अस्पतालको फोहरमैला व्यवस्थापन केन्द्रमा कार्यरत कर्मचारी मीरा चौधरीले बताए ।

“फोहर सङ्कलन गरेर राख्छौँ, सङ्क्रमण हुनसक्ने सामग्रीको निर्मलीकरण गर्ने गरेका छौँ”, उनले भने, “फोहर व्यवस्थापन केन्द्रमा कुहिने र नकुहिने सामग्री सबै छुट्याएर राखिन्छ ।” उनका अनुसार कुहिने र नकुहिने तथा जोखिम र बिना जोखिमको सामग्री छुट्याएर बिक्री गर्ने गरिएको छ ।

“एकातर्फ अस्पतालको वातावरण स्वच्छ र सफा भएको छ, अर्कोतर्फ आम्दानी पनि भइरहेको छ”, उनले भने, “फोहर बिक्री गरेर महिनामा १५/२० हजार आम्दानी हुन्छ ।” पुनः प्रयोग गर्न सकिने सामग्री बिक्री हुने गरेको छ । अहिले खरिद गर्ने धेरै नभएकाले सस्तोमै बिक्री गर्नु परिरहेको उनको भनाइ छ । फोहर व्यवस्थापन केन्द्रमा दुई कर्मचारी कार्यरत छन् ।

“जोखिम र बिना जोखिमको फोहर छुट्याइन्छ, जोखिमयुक्त फोहरलाई निर्मलीकरण गरिन्छ”, गोमती बोहराले भने, “कुहिने, नकुहिने, प्लास्टिक, कागज, सिरिन्ज सबै छुट्याएर अलगअलग राखिन्छ ।” सुरुमा सङ्कलन गरेको फोहर छुट्याउन समस्या भए पनि अहिले भने सहज भएको उनले बताए । अस्पतालमा एक महिनामा सात/आठ क्विन्टल फोहर उत्पादन हुने गरेको छ ।

जसमध्येको पुनःप्रयोग गर्न मिल्ने आधा भन्दा बढी फोहर अस्पतालले बिक्री गर्ने गरेको छ । बिक्री नभएको सामग्री भीमदत्त नगरपालिकाको फोहर सङ्कलन गर्ने गाडीमा व्यवस्थापन गरेर पठाउने गरिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

हरितारा चलचित्र पुरस्कार, लय संग्रौला र रेखाथापालाई
हरितारा चलचित्र पुरस्कार, लय संग्रौला र रेखाथापालाई
देउवाले बोलाए पदाधिकारी बैठक
देउवाले बोलाए पदाधिकारी बैठक
टर्की भूकम्प : कमसल भवन बनाउने १५ ठेकेदार पक्राउ, १ सय बढीलाई पक्राउ पुर्जी
टर्की भूकम्प : कमसल भवन बनाउने १५ ठेकेदार पक्राउ, १ सय बढीलाई पक्राउ पुर्जी
त्रिभुवन विश्वविद्यालय गैरशैक्षिक संस्थाले घेरिँदै
त्रिभुवन विश्वविद्यालय गैरशैक्षिक संस्थाले घेरिँदै
प्रचण्ड र माधव नेपाल बिग्रहको बाटोमा अग्रसर भएको आरोप लगाउँदै प्रधानमन्त्री ओलीले भनेः पार्टीको भविष्य जोगाउन ताजा जनादेश लिने निर्णय गरेँ
माओवादी केन्द्र  र कांग्रेसले बुझायो समानुपातिक सूची !
माओवादी केन्द्र र कांग्रेसले बुझायो समानुपातिक सूची !
हिमपातले टेलिफोन र बिजुली अवरुद्ध
हिमपातले टेलिफोन र बिजुली अवरुद्ध
कांग्रेस शीर्ष नेताको टिकटको टुंगो, को कहाँबाट लड्दै छन् ?
कांग्रेस शीर्ष नेताको टिकटको टुंगो, को कहाँबाट लड्दै छन् ?
बाइसधारा मेलामा स्नान गर्नेको घुँइचो
बाइसधारा मेलामा स्नान गर्नेको घुँइचो
आखिर किन भइन् ट्रोल? टिभीकी संस्कारी बुहारीको गुलाबी बिकिनी फोटो….
आखिर किन भइन् ट्रोल? टिभीकी संस्कारी बुहारीको गुलाबी बिकिनी फोटो….