संघीयता र चर्को करवृद्धिको विरोधमा प्रत्येक वडा र गाउँमा पुग्दै राजमो

Shikharkhabar Shikharkhabar
|
मंगलबार, भाद्र १९, २०७५
|
|
५४ पटक हेरिएको
Shares
संघीयता र चर्को करवृद्धिको विरोधमा प्रत्येक वडा र गाउँमा पुग्दै राजमो

सारांश

  • काठमाडौं, १९ भदौ ।
  • संघीयता र चर्को करवृद्धिको विरोधमा राष्ट्रिय जनमोर्चाले तुलसीपुर उपमहानगरपालिकाका प्रत्येक वडा र गाउँहरुमा आफ्नो अभियान लैजाने भएको छ ।
  • राष्ट्रिय जनमोर्चा तुलसीपुर उपमहानगरपालिकाको बैठकपछि अध्यक्ष श्यामलाल पोख्रेलद्वारा जारी विज्ञप्तिमा संघीयताको खारेजी र चर्को कर बृद्धिको विरोधमा उपमहानगरपालिकाका प्रत्येक वडा र गाउँमा अभियान लैजाने बताइएको छ ।

काठमाडौं, १९ भदौ । संघीयता र चर्को करवृद्धिको विरोधमा राष्ट्रिय जनमोर्चाले तुलसीपुर उपमहानगरपालिकाका प्रत्येक वडा र गाउँहरुमा आफ्नो अभियान लैजाने भएको छ । राष्ट्रिय जनमोर्चा तुलसीपुर उपमहानगरपालिकाको बैठकपछि अध्यक्ष श्यामलाल पोख्रेलद्वारा जारी विज्ञप्तिमा संघीयताको खारेजी र चर्को कर बृद्धिको विरोधमा उपमहानगरपालिकाका प्रत्येक वडा र गाउँमा अभियान लैजाने बताइएको छ ।

राष्ट्रिय जनमोर्चाले “संघीयता खारेज गर, चर्को कर बृद्धि फिर्ता गर” भन्ने मूल नाराका साथ भदौ २५ गते दिउँसो २ बजे तुलसीपुरको बीपी चोकमा कोणसभा गर्ने भएको छ । यसैगरी देशको राष्ट्रियता , स्वाधीनता र अखण्डताको रक्षा गर्नुका साथै संघीयताका विरुद्धको आन्दोलनलाई थप ब्यबस्थित गर्नको लागि असोज १ देखि मसान्तसम्म घरदैलो तथा सदस्यता अभियान चल्ने बताइएको छ ।

उक्त अभियान असोजको १ देखि ४ सम्म वडा नम्बर ४ मा, ५ देखि ९ सम्म वडा नम्बर ७ मा, १० देखि १३ सम्म वडा नम्बर ६ मा, १४ देखि १६ सम्म वडा नम्बर ५ मा, १७ देखि १९ सम्म वडा नम्बर १७ मा, २० र २१ गते वडा नम्बर १८ मा, २२ र २३ गते वडा नम्बर १९ मा, २४ गते वडा नम्बर ८ मा, २५ गते वडा नम्बर ९ मा सञ्चालन हुने विज्ञप्तिमा उल्लेख छ । विज्ञप्तिका अनुसार अरु सबै वडा र गाउँमा पनि अभियान चल्ने छ । नगर अध्यक्ष श्यामलाल पोख्रेलको अध्यक्षता र जिल्ला अध्यक्ष गणेश आचार्यको विशेष उपस्थितिमा बसेको बैठकले उक्त निर्णय गरेको बिज्ञप्तिमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रचण्ड गएर नुहाएपछि ‘मेडिकल टुरिजम’को रूपमा चिनियो तातोपानी कुण्ड
प्रचण्ड गएर नुहाएपछि ‘मेडिकल टुरिजम’को रूपमा चिनियो तातोपानी कुण्ड
रूसमाथि थप प्रतिबन्धको तयारी, राष्ट्रसङ्घको सुरक्षा परिषद्‌बाट हटाउन जेलेन्स्कीको माग
प्रकाश दाहालको निधनमा कसले के सोक सन्देश ट्वीट गरे ?
प्रकाश दाहालको निधनमा कसले के सोक सन्देश ट्वीट गरे ?
इटलीमा यात्रा प्रतिबन्धका बीच पनि मृतकको सङ्ख्या बढेको बढ्यै
इटलीमा यात्रा प्रतिबन्धका बीच पनि मृतकको सङ्ख्या बढेको बढ्यै
शैक्षिक गुणस्तर राम्रो भए विद्यालयलाई स्रोत अभाव हुँदैन : नेकपा महासचिव पौडेल
शैक्षिक गुणस्तर राम्रो भए विद्यालयलाई स्रोत अभाव हुँदैन : नेकपा महासचिव पौडेल
चुनाव सकिएर पनि मतपरिणाम कुर्दै बस्नुपर्दा उमेदवारको अनुभूति
चुनाव सकिएर पनि मतपरिणाम कुर्दै बस्नुपर्दा उमेदवारको अनुभूति
नाम्सकी छात्रा नेपालकै अब्बल विद्यार्थी
नाम्सकी छात्रा नेपालकै अब्बल विद्यार्थी
अतिरिक्त शुल्क फिर्ता नदिने मेडिकल कलेज व्यवसायीको अडान
अतिरिक्त शुल्क फिर्ता नदिने मेडिकल कलेज व्यवसायीको अडान
मन्त्रिमण्डल फेरबदलबारे मसँग ओलीजीले सोध्नुभएको छैन्:प्रचण्ड
मन्त्रिमण्डल फेरबदलबारे मसँग ओलीजीले सोध्नुभएको छैन्:प्रचण्ड
यसरी पक्रिए मोटरसाइकल चोर्नेहरु
यसरी पक्रिए मोटरसाइकल चोर्नेहरु