फ्रान्समा फेरि लकडाउन गरियो

Shikharkhabar Shikharkhabar
|
बिहिबार, कार्तिक १३, २०७७
|
|
२२ पटक हेरिएको
Shares
फ्रान्समा फेरि लकडाउन गरियो

सारांश

  • फ्रान्समा फेरि लकडाउन भएको छ ।
  • कोरोना भाइरसको संक्रमण तीव्र गतिमा बढ्न थालेपछि राष्ट्रपति इम्यानुएल म्याक्रोँले फ्रान्समा यो वर्ष दोस्रोपटक लकडाउनको घोषणा गरेका हुन् ।
  • कोरोना भाइरस महामारीको सुरुमा युरोपमा अति प्रभावित हुने मध्येको फ्रान्समा मार्चमा पहिलोपटक लकडाउन भएको थियो ।

फ्रान्समा फेरि लकडाउन भएको छ । कोरोना भाइरसको संक्रमण तीव्र गतिमा बढ्न थालेपछि राष्ट्रपति इम्यानुएल म्याक्रोँले फ्रान्समा यो वर्ष दोस्रोपटक लकडाउनको घोषणा गरेका हुन् ।

कोरोना भाइरस महामारीको सुरुमा युरोपमा अति प्रभावित हुने मध्येको फ्रान्समा मार्चमा पहिलोपटक लकडाउन भएको थियो । त्यो बेला दुई महिना लकडाउन लागु भएको थियो ।

पछिल्लो समय महामारीको दोस्रो लहरबाट प्रभावित भएको फ्रान्सका राष्ट्रपति म्याक्रोँले टेलिभिजन सम्बोधन मार्फत शुक्रबारदेखि लागु हुने गरी पुनः लकडाउन गर्ने घोषणा गरेका हुन् ।

यो पटकको लकडाउन कम्तीमा नोभेम्बरको अन्त्यसम्म कायम रहने छ । लकडाउनमा मानिसहरुलाई अत्यावश्यक कामका लागि मात्रै घर बाहिर निस्कने अनुमति दिइने छ । रेस्टुरेन्ट, बारसहितका अत्यावश्यक भन्दा बाहिरका सेवा बन्द रहने छन्, तर विद्यालय र उद्योगहरु पनि खुला हुने छन् ।

फ्रान्समा पछिल्लो दिनमा कोभिडका कारण ज्यान गुमाउनेको संख्या अप्रिल यताकै धेरै भएको छ । दैनिक ३० हजार भन्दा बढी संक्रमित थपिने गरेका छन् ।

जर्मनीले पनि आपतकालीन रुपमा लकडाउन लागु गर्ने भएको छ । तर त्यहाँको लकडाउन फ्रान्सको भन्दा खुकुलो हुनेछ ।

फ्रान्स, जर्मनी, बेल्जियम, बेलायतसहित युरोपेली देशमा पछिल्लो समय पुनः संक्रमण तीव्र गतिमा बढिरहेको छ । लकडाउनको घोषणासँगै युरोपको वित्त बजारमा त्यसको सीधै प्रभाव देखिन थालेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?