बग्दादको अमेरिकी राजदूतावास नजिक क्षेप्यास्त्र प्रहार

Shikharkhabar Shikharkhabar
|
आइतबार, फाल्गुन ४, २०७६
|
|
२२ पटक हेरिएको
Shares
बग्दादको अमेरिकी राजदूतावास नजिक क्षेप्यास्त्र प्रहार

सारांश

  • ४ फागुन ।
  • इराकको राजधानी बग्दादमा अमेरिकी राजदूतावास नजिक आइतबार क्षेप्यास्त्र प्रहार भएको छ ।
  • स्थानीय संचार माध्यमले उक्त क्षेप्यास्त्रबाट कुनै क्षति भए नभएको जानकारी प्राप्त भइनसकेको बताएका छन् ।

४ फागुन । इराकको राजधानी बग्दादमा अमेरिकी राजदूतावास नजिक आइतबार क्षेप्यास्त्र प्रहार भएको छ । स्थानीय संचार माध्यमले उक्त क्षेप्यास्त्रबाट कुनै क्षति भए नभएको जानकारी प्राप्त भइनसकेको बताएका छन् ।

उच्च सुरक्षा व्यवस्था सहितको धेरैजसो कुटनीतिक नियोगका कार्यालयहरु रहेको “ग्रिन जोन”मा क्षेप्यास्त्र प्रहार लगत्तै चेतावनीयुक्त साइरन बजाइएको थियो । स्थानीयको भनाई उद्धृत गर्दै संचार माध्यमहरुले क्षेप्यास्त्र प्रहारका कारण धुँवाको मुस्लो आकाशमा देखिएको उल्लेख गरेका छन् ।

बिहीबार पनि के१ सैनिक अखडालाई लक्षित गरी काट्युसा क्षेप्यास्त्र प्रहार भएको थियो । किर्कुक प्रान्तमा रहेको यस सैनिक अखडामा अमेरिकी सेना रहेका छन् । तर यसबाट कुनै क्षति नभएको बताइएको छ ।

गत डिसेम्बर २०१९ मा के१ सैनिक अखडामा भएको अर्को क्षेप्यास्त्र आक्रमणमा अमेरिकी सैनिकका लागि काम गर्ने एक व्यक्तिको मृत्यु हुनुका साथै अर्का एक जना घाइते भएका थिए ।

इराकका विभिन्न स्थानमा रहेका अमेरिकी सैनिक अखडा र ग्रिन जोनमा विद्रोही पक्षले बेलाबखत मोर्टार र क्षेप्यास्त्र प्रहार गर्ने गरेका छन् ।

(https://bolivarescapes.com/)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

१४ सय सर्पबाट बचेका यी युवक
१४ सय सर्पबाट बचेका यी युवक
आफुमाथि कुटपिट भएको भन्दै प्रहरीकोमा पुगिन् नायिका सुष्मा कार्की
आफुमाथि कुटपिट भएको भन्दै प्रहरीकोमा पुगिन् नायिका सुष्मा कार्की
जापानबाट लाखैलाख पठाउने छोरीलाई कस्तो ज्वाईं खोज्ने !
जापानबाट लाखैलाख पठाउने छोरीलाई कस्तो ज्वाईं खोज्ने !
प्रधानमन्त्री ओली : देशको समृद्धि नचाहने मान्छे विभिन्न तत्व सरकारविरुद्ध लागे
प्रधानमन्त्री ओली : देशको समृद्धि नचाहने मान्छे विभिन्न तत्व सरकारविरुद्ध लागे
नर्भिक इन्टरनेशनल हस्पिटललाई अमेरिकाको प्रतिष्ठित अवार्ड प्राप्त
नर्भिक इन्टरनेशनल हस्पिटललाई अमेरिकाको प्रतिष्ठित अवार्ड प्राप्त
मुख्यमन्त्री कप राष्ट्रिय महिला भलिबलको उपाधि पुलिस क्लवलाई
मुख्यमन्त्री कप राष्ट्रिय महिला भलिबलको उपाधि पुलिस क्लवलाई
चितवनमा भोलिबाट शुरु हुदैछ प्रचण्ड र विक्रम पाण्डेको भाग्य फैसला !
चितवनमा भोलिबाट शुरु हुदैछ प्रचण्ड र विक्रम पाण्डेको भाग्य फैसला !
४० जना एसएसपी देखि एसपीसम्म बढुवा सिफारिस (नामसहित)
४० जना एसएसपी देखि एसपीसम्म बढुवा सिफारिस (नामसहित)
इटलीमा एकैदिन १ सय ८९ जनाको मृत्यु, विश्वभर मृत्यु हुनेको संख्या झण्डै पाँच हजार
इटलीमा एकैदिन १ सय ८९ जनाको मृत्यु, विश्वभर मृत्यु हुनेको संख्या झण्डै पाँच हजार
डेपुटी गर्भनर श्रेष्ठमाथि छानविन गर्न तीन सदस्सीय समिति गठन
डेपुटी गर्भनर श्रेष्ठमाथि छानविन गर्न तीन सदस्सीय समिति गठन

तपाईंले छुटाउनुभयो कि?