रुसी मोडेलसँग विहे गरेका पूर्वराजाले छोरा जन्मिएपछि भने ‘मेरो छोरा होइन’

Shikharkhabar Shikharkhabar
|
शनिबार, श्रावण ११, २०७६
|
|
१९ पटक हेरिएको
Shares
रुसी मोडेलसँग विहे गरेका पूर्वराजाले छोरा जन्मिएपछि भने ‘मेरो छोरा होइन’

सारांश

  • राजगद्दी नै छोडेर रसियन मोडलसँग विवाह गरेका मलेसियाका पूर्वराजा सुल्तान मुहम्मद भीले श्रीमतीले जन्माएको सन्तानको बावु आफू नभएको स्पष्टोक्ति दिएका छन् ।
  • पूर्व मिस मस्को ओक्साना भोएभोदिनासँग विवाह गर्दै सुल्तानले गत जनवरीमा मलेसियाको गद्दी नै छाडिदिएका थिए ।
  • तर यही महिना मात्रै उनीहरुले डिभोर्स समेत गरिसकेका छन् ।

राजगद्दी नै छोडेर रसियन मोडलसँग विवाह गरेका मलेसियाका पूर्वराजा सुल्तान मुहम्मद भीले श्रीमतीले जन्माएको सन्तानको बावु आफू नभएको स्पष्टोक्ति दिएका छन् ।

पूर्व मिस मस्को ओक्साना भोएभोदिनासँग विवाह गर्दै सुल्तानले गत जनवरीमा मलेसियाको गद्दी नै छाडिदिएका थिए । तर यही महिना मात्रै उनीहरुले डिभोर्स समेत गरिसकेका छन् ।

२७ वर्षीया ओक्साना भोएभोदिना र ५० वर्षीय पूर्वराजा सुल्तानबीच नयाँ सन्तानको विषयलाई लिएर मतभेद् नै भएको छ । पूर्वराजा सुल्तानले नयाँ सन्तानमाथि नै आशंका गरेपछि यस्तो अवस्था आएको हो ।

सिंगापुरका वकिल कोह तिएन हुआले पनि सुल्तानको पक्षमा बोलेका छन् । उनले नयाँ शिशुको बावुको कुनै प्रमाण ओक्सानासँग नभएको भन्दै सुल्तानलाई सहज हुने गरी अभिव्यक्ति दिएका हुन् ।

यससँगै रसियन मोडल ओक्साना आफ्नो सन्तानलाई लिएर रसिया फर्कनसक्ने अपेक्षा गरिएको छ । तर गत साता मात्रै ओक्सानाले आफू अझै विवाहित नै रहेको बताइन् ।

उनले मलेसियन एक पत्रिकासँग बोल्दै यो एक निराशाजनक अवस्था मात्रै भएको तर आफूहरुले डिभोर्स नगरेको प्रतिक्रिया दिएकी छन् । इन्स्टाग्राममा एक भिडियो पोस्ट गर्दै उनले भनेकी छन्, ‘म उनको जीवनको अन्तिम व्यक्ति बन्न चाहन्छु । र म आफ्नो जीवनको अन्तिम क्षणसम्मै उनीसँग बाँच्न चाहन्छु ।’

तर मलेसियाका मिडियाले डिभोर्स पेपर तयार भइसकेको जनाएका छन् । जुलाइ १ मै उनीहरुले डिभोर्स पेपर दर्ता गरिसकेको मलेसियन मिडियाले जनाएका छन् । उनीहरुको सम्बन्धबाट गत मे २१ मा छोरा जन्मिएको थियो ।

कृषिमा यसरी जम्दैछन् इटहरीका यी युवा
कुनै समय हेयको दृष्टिले हेरिने कृषी पेशा प्रति अहिले आकर्षण बढेर गएको छ । गाउँ शहर सबै तिर अहिले युवा पूस्ता फार्म हाउस खोल्दै कृषीतर्फ मोडिएका छन् । कृषि कर्ममा लाग्नेहरुले पनि विस्तारै समाजमा ग्ल्यामर्स छवि स्थापित गर्दैछन् । इटहरी १८ लविपुरका राजु बस्नेत पनि त्यस्तै एक युवा हुन् जो अहिले कृषिमा आफ्नो भविष्य खोजिरहेका छन् ।

बस्नेतले करिब ६ वर्ष कतारमा विताए । कतार जानुु अघि उनी शिक्षण पेशामा थिए । शिक्षण पेशाले जिविका चल्ने छाँट नदेखेपछि उनी कतार हानिएका थिए । कतारमा ठीकै थियो उनलाई । कमाई पनि राम्रै थियो । तर एकदिन उनले एक्कासी सोच यो ४०, ५० डिग्रीको तातोमा पसिना बगाउनु भन्दा त देशमै केही गरे वेस होला । त्यसपछि उनले कम्पनीका सँगै काम गर्ने साथीहरुलाई नेपाल गएर कृषि गर्ने सुनाए । तर साथीहरुले उनलाई उडाए के हो केटो खुस्किए जस्तो छ ।

तर उनले अब जे गर्छु देशमै गर्छु भन्ने अठोट लिई सकेका थिए । कतारको कमाईले १० कठ्ठा जति जग्गा किनेका थिए । त्यही जग्गामा उनले लोकल कुखुरा र हाँस पाल्न सुरु गरे । युट्युव र गुगलको सहारा लिदै नयाँ नयाँ प्रविधिको ज्ञान पनि बटुल्दै गए । अहिले उनको बि.एण्ड जी. अर्गानिक फार्म हाउसले उनलाई सन्तुष्टि मात्रै होइन, आम्दानी पनि राम्रै दिन थालेको छ । सबै खर्च कटाएर महिनाको ५० हजार रुपैयाँभन्दा बढि कमाइरहेको उनले बताए ।

कुखुरा र हाँसबाट सुरु भएको फार्म हाउसलाई उनले विस्तार गर्दै लगेका छन् । फार्म हाउसमा बट्टाई र माछा पालन बाहेक गड्यौलाको मल समेत उत्पादन हुन्छ । कुखुराका पनि अनेकौ प्रकार रहेका छन् । छडि पलाएको, पखेटा उल्टो भएको, खुट्टा कालो भएको, स्याखुने सहित स्थानीयस्तरमा पाइने विभिन्न किशिमका कुखुरा उनले पालेका छन् ।

कुखुरा र हाँस पालन स्थिरता लिएपछि अरु किसानका लागि अर्गानिक मल, उन्नत जातको विउ बोका लगायत पनि उपलव्ध गराउन थालेका छन् । बीचमा बर्डफ्लुले केही समस्या दिए पनि अहिले आफ्नो व्यवसायले राम्रो गरिरहेको बस्नेत बताउँछन् । उनलाई आफ्ना उत्पादनले बजार नपाउँला भन्ने चिन्ता छैन । फार्ममै आएर व्यापारीले प्रत्येक दिन १५ देखि २० हजार रुपैयाँ सम्मको कुखुरा हाँस किन्ने गरेका छन् । लोकल कुखुराको माग भेडेटार, नाम्जे, धरान, इटहरी लगायतका स्थानबाट अत्याधिक छ । उनले फार्म हाउसमै आउनेलाई त्यही बसेर लोकल कुखुरा, हाँस, बट्टाई, माछाका विभिन्न परिकार खुवाउने व्यवस्था पनि मिलाएका छन् ।

आफु फार्म हाउसमार्फत कृषि पेशामा लागेपछि उनले महशुष गरे, यो पेशा निकै हेपिएको र पछि पारिएको रहेछ । सरकारी निकायबाट पनि भनेजस्तो योजना र सहुलियत नभएको उनले दावी गरे । अब किसान फस्र्ट भन्ने अवधारणा ल्याएर किसानलाई अनुदान, विभिन्न तालिम तथा सम्मानजनक अवस्थामा पुर्याए मात्रै साच्चिकै कृषि क्रान्ति हुने र देशको मुहार फेरिने उनले दावी गरे ।

बालुवाटार धाउँदै गौतम, नेपाल र खनाल
प्रधानमन्त्री केपी ओली आफूलाई मन नपर्ने दल वा व्यक्तिलाई जस्तोसुकै कटाक्ष गर्न पनि पछि पर्दैनन् । प्रधानमन्त्री भएपछि त झन उनको शैलीका कारण धेरै आलोचना खेप्नु परेको छ । तर केही समययता भने ओली लचक देखिएका छन् । यद्यपी उनको शैली कुन बेला बदलिन्छ त्यो भने ठेगान छैन ।

प्रधानमन्त्री केपी ओली शक्तिशाली भए पनि विवाद र आलोचनाले छोडेको छैन । सरकार संचालनमा होस वा पार्टी संचालन, दुवैतिर उनी नेतृत्वमा छन् । तर सरकार संचालनको हकमा प्रतिपक्ष र आफ्नै पार्टीका नेताहरुबाट आलोचित हुने गरेका छन् । पार्टी संचालनका क्रममा पनि आफ्नै दलका नेताहरु रुष्ट भइरहेका छन् ।

यि सबै कुरालाई मध्येनजर गरेर हुन सक्छ, पछिल्लो समय ओली केही नरम बन्न खोजेको देखिन्छ । तर उनको शैली कुन बेला कडा र कुन बेला नरम हुन्छ भन्ने ठेगान पनि हुँदैन । जे होस पछिल्लो एक महिनायता ओलीले पार्टी्िभत्रका आफ्ना विरोधीलाई पनि नरम व्यवहार गर्न थालेका छन् ।
केही महिना अगाडिसम्म नेकपाका शीर्ष नेता माधवकुमार नेपाल, झलनाथ खनाल र बामदेव गौतमलगायतका नेताहरु पार्टीको औपचारिक बैठकबाहेक अन्य प्रयोजनका लागि बालुवाटार जाँदैनथे । गत पुसको स्थायी स्थायी कमिटी बैठकमा यिनै नेताले पार्टी अध्यक्ष एवं प्रधानमन्त्री ओलीको कार्यशैलीलाई लिएर चर्को विरोध गरेका थिए । तर अहिले अवस्था फरिएको छ । पछिल्ला दिनमा शीर्ष नेताहरु ओलीलाई भेट्न वालुवाटार जान हिचकिचाउँदैनन् ।

यसका लागि ओलीले नै वातावरण सृजना गरेको प्रमुख प्रेस सल्लाहाकार डा. कुन्दन अर्यालको भनाई छ । प्रधानमन्त्री तथा नेकपा अध्यक्ष ओलीले गएको असार २० र २१ गते संसदीलय दलको बैठक राखेर गुनासाहरु सुनेका थिए । गुनासा सुन्ने क्रममा सरकार र पार्टीको आलोचना पनि सुनेपछि ओलीले आफ्नै दलका सांसदलाई पनि निर्देशन दिएर आफू पनि सच्चिने संकेत दिएको प्रधानमन्त्रीका प्रेस संयोजक डा. कुन्दन अर्याल बताउँछन् ।

प्रधानमन्त्री बनेपछि ओलीमा दम्भ देखिएको थियो । प्रतिपक्ष र आफ्नै दलका नेताहरुलाई चिढ्याउने कामसमेत भयो । अर्का अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेताद्धय माधवकुमार नेपाल र झलनाथ खनाल तथा नेता बामदेव गौतम ओलीको कार्यशैलीप्रति असन्तुष्ट देखिदै आएका छन् ।

अहिले भने ओलीले विभिन्न जिम्मेवारी दिएर सबै नेतालाई समदुरीमा राख्न खोजेको संकेत पाइन्छ । यद्यपी दलीय स्वार्थ हाबी हूँदा कुन बेला कस्तो व्यवहार प्रस्तुत हुन्छ, त्यो भने ठेगान छैन ।

रायमाझी भन्छन् ‘माधव नेपाललाई स्कुल विभाग दिनै हुँदैन ’
सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य तथा पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीले पार्टीका सचिवालय सदस्यहरु कसैलाई पनि कुनैपनि विभागको नेतृत्व दिन नहुने स्पष्ट पारेका छन् ।

नेपाली रेडियो नेटवर्कबाट प्रशारण भएको कार्यक्रम ‘जनता जान्न चाहन्छन्’ मा पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता रायमाझीले यस्तो बताएका हुन् । उनले भनेका छन्,‘सचिवालयका कोही पनि सदस्य पनि स्कुल विभागको नेतृत्व दिनुहुँदैन् । बरु, स्थायी समिति र केन्द्रिय समितिबाट ल्याउनुपर्छ ।’

उनले पूर्व प्रधानमन्त्री भैसकेकाहरुले त झनै कुनैपनि विभागको नेतृत्व लिन नहुने धारणा राखे । उनले नामै लिएर पूर्व प्रधानमन्त्री एवम् बरिष्ठ नेता माधव कुमार नेपाललाई विदेश विभाग दिन नहुने जिकिर गरे । त्यस्तै, झलनाथ खनाल र वामदेव गौतमलाई पनि कुनैपनि विभागको नेतृत्व दिन नहुने उनको सुझाव छ ।

उनले थपे,‘यदि उहाँहरुलाई विभागको नेतृत्व दिईयो भने पार्टी्िभत्र द्धन्द्ध र विवाद हुन्छ । यो एकता दिगो होईन । भरपर्दो हुँदैन् । महाधिवेशन नभएसम्म एकताको महत्व छैन् ।’

नेकपामा ३२ विभागमध्येको एक स्कुल विभागलाई शीर्ष नेताहरुले नै आफ्नो व्यक्तिगत स्वार्थ हेर्दा विवाद लम्बिएको छ । सांगठनिक एकता स्कुल विभागकै कारण पूरा हुन सकेको छैन । अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले पटक–पटक ‘वान टु वान’ छलफल गरेपनि स्कुल विभागको नेतृत्वबारे सहमति जुट्न सकेको छैन । आन्तरिक किचलोकै कारण सचिवालय बैठक दुईपटक स्थगित भइसकेको छ ।

ओली पछि पूर्वराजाको स्पष्टोक्ती ‘रअ’लाई भेटेको छैन
साउन । सरकारका प्रवक्ता गोकुल प्रसाद बाँस्कोटाले भारतीय गुप्तचर संस्था रअका प्रमुख नेपाल आएकोबारे सरकारलाई कुनै जानकारी नभएको र प्रधानमन्त्री केपी शर्मा ओलीले नभेटेको दाबी गरेको लगत्तै पूर्व राजा ज्ञानेन्द्र शाहले पनि आफूले पनि भारतीय गुप्तचर संस्था ‘रअ’ का प्रमुखलाई नभेटेको स्पष्ट पारेका छन् ।

पूर्व राजा शाहका सचिव डा. फणिराज पाठकले एक विज्ञप्ति निकाल्दै यस्तो स्पष्टीकरण दिईएको हो । पाठकले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘श्री ५ महाराजाधिराज ज्ञानेन्द्र वीर विक्रम शाहदेवबाट मध्यरातमा भारतीय गुप्तचर संस्था ‘रअ’का प्रमुखलाई भेटेको भन्ने केही अनलाईन पत्रिकाहरूमा छापिएका खबर पूर्णतया झूठो भएको जानकारी गराउन चाहन्छु ।’

विज्ञप्तिमा भनिएको छ,‘यस्ता कपोलकल्पित, मनगढन्ते र राष्ट्रको गरिमा घटाउने समाचारहरूले नेपाल र नेपालीको गर्व र सम्मानमा ठेस लाग्ने भएकोले यस्ता समाचार सम्प्रेषण गरेर पत्रकारिताको धर्म र समाजप्रतिको दायित्व नबिर्सन अनुरोध गर्दछु।,’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?