बजेटको तयारीमा सरकार

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, फाल्गुन २५, २०७४
|
|
२२ पटक हेरिएको
Shares
बजेटको तयारीमा सरकार

सारांश

  • पोखरा : ४ महिनाका लागि बजेट निर्माण गर्ने उद्देश्यले प्रदेश ४ सरकारले आर्थिक कार्यविधि विधेयक तयार पारेको छ।
  • बिहीबार मन्त्रिपरिषद्बाट पारित विधेयक शुक्रबारको प्रदेशसभामा पेस गरिने छ।
  • मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङका अनुसार चैतमा बजेट ल्याउने योजना छ।

पोखरा : ४ महिनाका लागि बजेट निर्माण गर्ने उद्देश्यले प्रदेश ४ सरकारले आर्थिक कार्यविधि विधेयक तयार पारेको छ। बिहीबार मन्त्रिपरिषद्बाट पारित विधेयक शुक्रबारको प्रदेशसभामा पेस गरिने छ। मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङका अनुसार चैतमा बजेट ल्याउने योजना छ। प्रदेशमा सञ्चित कोष खडा गर्ने र बजेट ल्याउने तयारीमा सरकारको रहेको मुख्यमन्त्री गुरुङले जानकारी दिए।

प्रदेशसभाबाट विधेयक पारित गरी कानुन बनेपछि बजेट ल्याउने बाटो खुल्नेछ। चालु आर्थिक वर्षको अन्त्य अर्थात् असारसम्मका लागि बजेट ल्याउने तयारी प्रदेश सरकारले गरेको सरकारका प्रवक्ता तथा उद्योग पर्यटन वन तथा वातावरण मन्त्री रामशरण बस्नेतले जानकारी दिए। संघीय सरकारले प्रदेश ४ का लागि १ अर्ब २ करोड रुपैयाँ छुट्याएको र त्यसमध्ये ५२ करोड रुपैयाँ आइसकेको छ। आएको बजेट अहिलेलाई यहाँका ७ मन्त्रालयलाई ५/५ करोड रुपैयाँ छुट्याइएको छ। केही रकम मन्त्रालय व्यवस्थापन र १० करोड रुपैयाँ प्रदेश सचिवालयका लागि छुट्याइएको हो। १० करोड रुपैयाँबाटै सांसद र पदाधिकारीको तलब भत्तालगायत खर्च गरिनेछ।

मन्त्रीसँगै स्थानीय तहका जनप्रतिनिधिको तलब र सुविधा तोक्ने तयारी पनि सकारले गरेको छ। बिहीबारको मन्त्रिपरिषद्ले अरू कानुन निर्माणका लागि ३ वटा समिति गठन गरेको छ। मुख्यमन्त्री गुरुङ नेतृत्वमा राजनीतिक समिति गठन गरिएको छ। सो समितिमा उद्योगमन्त्री रामशरण बस्नेत, कानुनमन्त्री चुमान र प्रदेश सचिव लक्ष्मण अर्याल सदस्य छन्।

कानुनमन्त्री चुमान संयोजकत्वमा प्रशासन तथा विधेयक समिति बनेको छ। समितिमा उद्योग बस्नेत सदस्य र मन्त्रिपरिषद् कार्यालयका कानुनसचिव धर्मराज कुँइकेल सदस्य सचिव छन्। मन्त्रिपरिषद्ले पर्यटनमन्त्री बस्नेतको संयोजकत्वमा आर्थिक, सामाजिक तथा पूर्वाधार समिति गठन गरेको छ। त्यो समितिमा भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री लेखबहादुर थापा सदस्य र मन्त्रिपरिषद् कार्यालयका सचिव लालमणि ओझा सदस्यसचिव छन्।

 आज विश्वासको मत

प्रदेश ४ का मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रदेशसभामा शुक्रबार विश्वासको मत लिँदै छन्। माघ २९ गते मुख्यमन्त्री नियुक्त भएका उनले संविधानले व्यवस्था गरे अनुसार ३० दिनभित्र लिनुपर्ने विश्वासको मत म्याद सकिन ४ दिनअघि शुक्रबार लिन लागेका हुन्। ६० सदस्यीय प्रदेशसभामा मुख्यमन्त्री गुरुङको पार्टी एमालेको २७ र उनलाई समर्थन गरेको माओवादी केन्द्रका १२ सांसद छन्। मुख्यमन्त्रीले राष्ट्रिय जनमोर्चासँग पनि मतका लागि छलफल गरेका छन्। प्रदेशसभाको शुक्रबार हुने बैठक र विश्वासको मतको कार्यसूची यसअघि नै बनिसकेको छ। बैठकमा प्रदेशसभा नियमावली र आर्थिक कार्यविधि विधेयक कार्यसूचीमा पनि छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?