बजेटप्रति राजेन्द्र महतोको टिप्पणी : संघीयता असफल पार्ने खेल

Shikharkhabar Shikharkhabar
|
मंगलबार, जेठ २१, २०७६
|
|
४२ पटक हेरिएको
Shares
बजेटप्रति राजेन्द्र महतोको टिप्पणी : संघीयता असफल पार्ने खेल

सारांश

  • काठमाडौं।
  • राष्ट्रिय जनता पाटीका नेता राजेन्द्र महतोले सरकारले संघीयतालाई असफल बनाउने गरी आगामी आर्थिक वर्षको बजेट ल्याएको आरोप लगाएका छन्।
  • नेता महतोले सरकारले ल्याएको बजेट विभेदकारी रहेको दावी गरे।

काठमाडौं। राष्ट्रिय जनता पाटीका नेता राजेन्द्र महतोले सरकारले संघीयतालाई असफल बनाउने गरी आगामी आर्थिक वर्षको बजेट ल्याएको आरोप लगाएका छन्।नेता महतोले सरकारले ल्याएको बजेट विभेदकारी रहेको दावी गरे। ५० प्रतिशतभन्दा बढी जनसंख्या भएको मधेशलाई २० प्रतिशतभन्दा कम बजेट विनियोजन गरेर सरकारले विभेदकारी नीति लिएको उनको तर्क छ। मंगलबार प्रतिनिधिसभा बैठकमा बजेटमाथिको प्रारम्भिक छलफलमा भाग लिँदै उनले ६ करोड बजेट विनियोजन गरेर सरकारले सांसदहरुलाई बदनाम गराएको आरोप लगाए।

उनले जनता कहाँ निर्वाचनका बेला गरिएको सहमति अनुसार विकास, निर्माणको कामलाई अघि बढाउन योजना माग्नुको सट्टा सरकारले सांसदहरुलाई ६ करोड बजेट विनियोजन गरेर गल्ती गरेको टिप्पणी गरे। नेता महतोले विदेश नीति, राष्ट्रिय सुरक्षा, मौद्रिक नीति र राष्ट्रिय गौरवका आयोजनाबाहेकका सबै अधिकार प्रदेश र स्थानीय सरकारलाई दिन आफ्नो पार्टीले सरकारसँग पटक–पटक माग गरेपनि सो अनुसार काम हुन नसकेको गुनासो गरे।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रधानमन्त्री ओलीसँग चार मन्त्रालय मागेर महतो र भण्डारी दिल्ली प्रस्थान्
प्रधानमन्त्री ओलीसँग चार मन्त्रालय मागेर महतो र भण्डारी दिल्ली प्रस्थान्
अस्पतालप्रति सरकार संवेदनशील : मुख्यमन्त्री गुरुङ
अस्पतालप्रति सरकार संवेदनशील : मुख्यमन्त्री गुरुङ
सामाजिक सुरक्षाको प्रत्याभूति दिलाउन सरकार गम्भीरः मन्त्री विष्ट
सामाजिक सुरक्षाको प्रत्याभूति दिलाउन सरकार गम्भीरः मन्त्री विष्ट
च्याउ खोज्न जांदा बाबुको ज्यान गयो, चार छोराको बिचल्ली, सहयोगको अपिल
च्याउ खोज्न जांदा बाबुको ज्यान गयो, चार छोराको बिचल्ली, सहयोगको अपिल
पर्यटकको गन्तव्यस्थल बन्दै ताप्लेजुङ
पर्यटकको गन्तव्यस्थल बन्दै ताप्लेजुङ
विज्ञान र प्रविधिको विकास आवश्यक ः पूर्व प्रधानमन्त्री खनाल
विज्ञान र प्रविधिको विकास आवश्यक ः पूर्व प्रधानमन्त्री खनाल
टाइगर श्राफको प्रेम सम्बन्धबारे बहिनी कृष्णाले गरिन् सनसनीपूर्ण खुलासा
टाइगर श्राफको प्रेम सम्बन्धबारे बहिनी कृष्णाले गरिन् सनसनीपूर्ण खुलासा
मुक्तिनाथ विकास बैंकले ल्यायो १ करोड १ लाख सम्मको बीमा सुविधा दिने खाता योजना
मुक्तिनाथ विकास बैंकले ल्यायो १ करोड १ लाख सम्मको बीमा सुविधा दिने खाता योजना
नेपाल आर्मीद्वारा दशदिने स्वास्थ्य शिविर
नेपाल आर्मीद्वारा दशदिने स्वास्थ्य शिविर
काठमाडौँ महानगरका सबै वडामा सरसफाइ
काठमाडौँ महानगरका सबै वडामा सरसफाइ