बलात्कार आरोपित पक्राउ

Shikharkhabar Shikharkhabar
|
बुधबार, पौष २, २०७६
|
|
३७ पटक हेरिएको
Shares
बलात्कार आरोपित पक्राउ

सारांश

  • विवाहको आश्वासन दिई १७ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले डाकनेश्वरी नगरपालिका–५ का २० वर्षीय सियाराम मण्डल खत्वेलाई पक्राउ गरेको छ ।
  • घरमा अन्य कोही नभएका बेला गत मङ्सिर १५ गते बलात्कार गरेको भन्दै पीडितकी आमाले दिएको उजुरीका आधारमा आरोपितलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय कडरबोनाले जनाएको छ ।
  • इलाका प्रहरी कार्यालयले मङ्सिर ३० गते जबर्जस्ती करणीको उजुरी दर्ता गरी आरोपितलाई पक्राउ गरेको इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक रामराजा केशरीले बताउनुभयो ।

विवाहको आश्वासन दिई १७ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले डाकनेश्वरी नगरपालिका–५ का २० वर्षीय सियाराम मण्डल खत्वेलाई पक्राउ गरेको छ । घरमा अन्य कोही नभएका बेला गत मङ्सिर १५ गते बलात्कार गरेको भन्दै पीडितकी आमाले दिएको उजुरीका आधारमा आरोपितलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय कडरबोनाले जनाएको छ ।

इलाका प्रहरी कार्यालयले मङ्सिर ३० गते जबर्जस्ती करणीको उजुरी दर्ता गरी आरोपितलाई पक्राउ गरेको इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक रामराजा केशरीले बताउनुभयो । पीडितको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा मङ्सिर ३० गते स्वास्थ्य परीक्षण गरिएको थियो । आरोपितले भने आपसी सहमतिमा शारीरिक सम्बन्ध राखेको बताउँदै आएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?