‘१२ वर्षमा खोलो किन फर्केन?’

Shikharkhabar Shikharkhabar
|
बिहिबार, मंसिर ६, २०७५
|
|
२१ पटक हेरिएको
Shares
‘१२ वर्षमा खोलो किन फर्केन?’

सारांश

  • काठमाडौं ।
  • बृहत शान्ति सम्झौता भएको १२ वर्ष पुगेको छ ।
  • २०६३ साल मंसिर ८ गते सरकार र तत्कालीन विद्रोही नेकपा माओवादीबीच शान्ति सम्झौता भएको थियो ।

काठमाडौं । बृहत शान्ति सम्झौता भएको १२ वर्ष पुगेको छ । २०६३ साल मंसिर ८ गते सरकार र तत्कालीन विद्रोही नेकपा माओवादीबीच शान्ति सम्झौता भएको थियो ।

शान्ति सम्झौतामा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र माओवादीका तत्कालीन अध्यक्ष पुष्पकमल दाहालबीच शान्ति सम्झौतामा हस्ताक्षर गरेका थिए ।

शान्ति सम्झौतामा हतियार व्यवस्थापन तथा सेना समायोजन, संविधानसभाको चुनाव र संक्रमणकालीन न्याय टुंगो लगाउनेगरी हस्ताक्षर भएको थियो ।

सेना समायोजन र संविधानसभाको चुनावको काम पूर्ण रुपमा सकिएको छ । तर, संक्रमणकालीन न्यायको पाटो टुंगो लगाउन अझै बाँकी छ । सशस्त्र द्धन्द्धको मारमा परी बेपत्ता पारिएका, हत्या गरिएका, घाइते बनाइएका, विस्थापित भएका, अंगभंग भएकालाई अझैसम्म राज्यले न्याय दिन सकेको छैन ।

पीडितहरुले १२ वर्षसम्म आफ्ना पीडा सुनाउँदै न्याय माग्दै हिडिरहेका छन् । तर, राज्यले ध्यान नदिंदा पीडितले राहतको नाममा रकम बाहेक कुनै न्याय पाउन सकेका छैनन् ।

१२ वर्षसम्म खोलो पनि फर्कन्छ भन्ने उदाहरण आफूहरुलाई काम नलागेको पीडितले भनेका छन् । द्वन्द्वपीडित साझा चौतारीका संस्थापक अध्यक्ष सुमन अधिकारीले भने, हाम्रा लागि १२ वर्षमा खोलो फर्केन । उनले सधैंभरि पीडा बोकेर हिड्ने दिनको अन्त्य हुनुपर्ने बताए ।

पीडितले काठमाडौंमा राष्ट्रिय सम्मेलन गर्दै बडापत्र जारी गरेका छन् । वडापत्रमा राजनीतिक दलले सहमति गरी आफूहरुलाई न्याय दिने प्रक्रिया शुरु गर्न सुझाव दिएका छन् ।

राजनीतिक दलले माफी मागेर न्यायको प्रक्रियाको बाटो सजिलो बनाइदिन आग्रह समेत गरेका छन् । विस्तृत शान्ति सम्झौताको १२ वर्ष भैसकेको अवसरमा पीडितले सम्मेलन गरेर बडापत्र बनाएका छन् । बडापत्रमा आफ्ना माग समेटेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

किताब को भन्दा बडी माया लाग्थ्यो गिटारको – नब गायक अशोक थापा मगर
किताब को भन्दा बडी माया लाग्थ्यो गिटारको – नब गायक अशोक थापा मगर
सहमति नभए एमालेले भोटिङबाट मुख्यमन्त्री छान्ने
अभियुक्तलाई उन्मुक्ती दिन अदालत र प्रहरीमा चलखेल !
अभियुक्तलाई उन्मुक्ती दिन अदालत र प्रहरीमा चलखेल !
सिपिएल क्रिकेटः सन्दिप प्रतियाेगिताकाे सबैभन्दा किफायति बलर, यस्ताे छ तिन खेलमा उनकाे प्रदर्शन !
सिपिएल क्रिकेटः सन्दिप प्रतियाेगिताकाे सबैभन्दा किफायति बलर, यस्ताे छ तिन खेलमा उनकाे प्रदर्शन !
श्री एयरलाइन्सकी एयरहोस्टेजलाई दुर्व्यवहार गर्ने युवक पक्राउ
श्री एयरलाइन्सकी एयरहोस्टेजलाई दुर्व्यवहार गर्ने युवक पक्राउ
अब आचारसंहितासम्बन्धी एक हप्ताको प्रशिक्षण तालीम लिएर मात्र पत्रकारिता गर्न पाउने
आजको राशिफल
आजको राशिफल
राजमार्ग बन्द गरे आधा घण्टाभित्र खुलाउने गृहमन्त्री शर्माको उद्घोष
राजमार्ग बन्द गरे आधा घण्टाभित्र खुलाउने गृहमन्त्री शर्माको उद्घोष
वायु प्रदूषण : बाहिर ननिस्कन विज्ञको सुझाव
वायु प्रदूषण : बाहिर ननिस्कन विज्ञको सुझाव
हत्या आरोपमा ८३ वर्षीय कटुवाल पक्राउ
हत्या आरोपमा ८३ वर्षीय कटुवाल पक्राउ

तपाईंले छुटाउनुभयो कि?