यौन दुर्व्यवहारको आरोपपछि स्टिभ विनको राजीनामा
सारांश
- लास भेगस स्थित क्यासिनोका मालिक स्टिभ विनले रिपब्लिकन पार्टीको राष्ट्रिय समितिको आर्थिक मामिला प्रमुखको पदबाट राजीनामा दिएका छन् ।
- यौन दुर्व्यवहारको आरोपपछि राष्ट्रपति ट्रम्पका निकट मित्र रहेका विनको राजीनामा आएc हो ।
- अर्बपति क्यासिनो मालिक तथा राष्ट्रपति ट्रम्पका मित्र स्टिभ विनलाई दर्जनौँ महिला कर्मचारीलाई यौन क्रियाकलाप गर्न बाध्य बनाएको आरोप लगाइएको छ ।
लास भेगस स्थित क्यासिनोका मालिक स्टिभ विनले रिपब्लिकन पार्टीको राष्ट्रिय समितिको आर्थिक मामिला प्रमुखको पदबाट राजीनामा दिएका छन् ।
यौन दुर्व्यवहारको आरोपपछि राष्ट्रपति ट्रम्पका निकट मित्र रहेका विनको राजीनामा आएc हो ।
अर्बपति क्यासिनो मालिक तथा राष्ट्रपति ट्रम्पका मित्र स्टिभ विनलाई दर्जनौँ महिला कर्मचारीलाई यौन क्रियाकलाप गर्न बाध्य बनाएको आरोप लगाइएको छ ।
वाल स्ट्रिट जर्नलमा छापिएको एउटा समाचार अनुसार एउटा त्यस्तो विवाद सल्टाउन उनले कैयौं लाख डलर तिरेका थिए ।
यौन दुर्व्यवहार
स्टिभ विनको लास भेगस र मकाउमा क्यासिनोहरू रहेका छन् र उनको सम्पत्ति अर्बौ डलरमा रहेको बताइन्छ ।
वाल स्ट्रिट जर्नलमा छापिएको एउटा लेखमा दर्जनौं पूर्व र बहलवाला कर्मचारीलाई यौन दुर्व्यवहार गरेको आरोप लगाइएपछि उनले राजीनामा दिने निर्णय लिएका हुन् ।
उक्त लेखमा विनले महिला कर्मचारीलाई यौन गतिविधिमा संलग्न गराएको र महिलालाई काम गर्न असुरक्षित वातावरण बनाएको आरोप लगाइएको छ ।
हात र नङको सुन्दरता सम्बन्धी काम गर्ने एक पूर्व कर्मचारीलाई उनले ७५ लाख डलर तिरेर एउटा यौन दुर्व्यवहार सम्बन्धी विवाद टुङ्गो लगाएको पनि उक्त लेखमा दाबी गरिएको छ ।
आरोप
तर ती आरोपहरू अपमानजनक भएको भन्दै उनले सम्बन्धविच्छेद फर्छ्यौटलाई लिएर उत्पन्न विवादका माझ आफ्नी श्रीमतीले त्यसलाई उचालिरहेको आरोप लगाएका छन् ।
विन संस्थापक, अध्यक्ष र प्रुमख कार्यकारी रहेको विन रिजोर्टस् लमिटेडले ती आरोपहरूबारे जाँच गर्न एउटा समिति गठन गरेको छ ।
उनी राष्ट्रपति डोनल्ड ट्रम्पका निकट मित्र हुन् र रिपब्लिकन पार्टीको उक्त पदका लागि ट्रम्पले नै उनलाई चयन गरेका थिए ।
ट्रम्पसँग छलफल गरेरमात्र विनको राजीनामा स्वीकृत गरिएको बताइएको छ ।
अघिल्लो हप्ता स्टिभ विनले ट्रम्पको फ्लोरिडास्थित बिदा मनाउने स्थान मार अ लागोमा एउटा आर्थिक सहायता संकलनको कार्यक्रम आयोजना गर्न सघाएका थिए ।
प्रतिक्रिया