सन्दीपको बीपीएल डेब्यू खेल शुरु (लाईभ भिडियो)
सारांश
- काठमाडौं।
- बंगलादेश प्रिमियर लिगमा नेपाली खेलाडी सन्दिप लामिछाने आज पहिलो खेलका लागि मैदानमा उत्रिएका छन् ।
- सन्दिप आबद्ध टिम सिल्हेट सिक्सर्सले आज आफ्नो पहिलो खेल खेलिरहेको छ ।
काठमाडौं। बंगलादेश प्रिमियर लिगमा नेपाली खेलाडी सन्दिप लामिछाने आज पहिलो खेलका लागि मैदानमा उत्रिएका छन् ।
सन्दिप आबद्ध टिम सिल्हेट सिक्सर्सले आज आफ्नो पहिलो खेल खेलिरहेको छ । टस हारेर सिक्सर्सले पहिलो खेलमा कोमिला भिक्टोरियन्सविरुद्ध पहिला ब्याटिंग गरिरहेको छ ।
सन्दिपको टिम सिलेट सिक्सर्सको कप्तानी अस्ट्रेलियाका डेभिड वार्नरले गर्दैछन् र कोमिला भिक्टोरियन्सको कप्तानी अस्ट्रेलियाकै पूर्वकप्तान स्टिभ स्मिथले गर्दैछन् । विदेशी खेलाडीको कोटामा सन्दिप, वार्नरसँगै वेष्ट इण्डिजका निकोलस पुरन र पाकिस्तानका मोहम्मद इरफान टिममा छन् । टस कोमिला भिक्टोरियन्सले जितेको छ र कप्तान स्मिथले पहिले बलिङ रोजेका छन् ।
सन्दिपको बलिङ हेर्न दोस्रो इनिङ पर्खनुपर्ने भएको छ ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया