बम राख्ने हाम्रो पार्टीको नीति छैन– उम्मेदवार आफैंले बम राख्छन्, अनि प्रहरी बोलाउँछन् !

Shikharkhabar Shikharkhabar
|
मंगलबार, आषाढ १३, २०७४
|
|
१९ पटक हेरिएको
Shares
बम राख्ने हाम्रो पार्टीको नीति छैन– उम्मेदवार आफैंले बम राख्छन्, अनि प्रहरी बोलाउँछन् !

सारांश

  • १३ असार, काठमाडौं ।
  • स्थानीय तहको चुनाव बहिस्कार गरेको विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले उम्मेदवारका घर–घरमा बम राख्ने आफुनो पार्टीको नीति नरहेको स्पष्ट पारेको छ ।
  • विभिन्न दलका उम्मेदवारहरुले आफैं घर नजिकै बम राख्ने र प्रहरीलाई बोलाउने गरेको विप्लव समूहका नेताको आरोप छ ।

१३ असार, काठमाडौं । स्थानीय तहको चुनाव बहिस्कार गरेको विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले उम्मेदवारका घर–घरमा बम राख्ने आफुनो पार्टीको नीति नरहेको स्पष्ट पारेको छ ।

विभिन्न दलका उम्मेदवारहरुले आफैं घर नजिकै बम राख्ने र प्रहरीलाई बोलाउने गरेको विप्लव समूहका नेताको आरोप छ ।

‘कुनै पनि उम्मदेवारका घरमा बम राख्ने हाम्रो पार्टीको नीति छैन,’ विप्लव समूहका केन्द्रीय नेता धर्मेन्द्र बास्तोलाले  भने– ‘चुनाव लडेका उम्मदेवारहरुले नै मतदाताको सेन्टिमेन्ट बटुल्नका लागि आफ्नो घर अगाडि बम राख्छन् अनि प्रहरीलाई बोलाउँछन् । त्यसरी बम राख्ने हाम्रो नीति छैन ।’

चुनावलाई ‘खारेज गर्ने’ नीति लिएको सो पार्टीले उम्मदेवारको हत्या गर्ने वा बम प्रहार गरेर कसैलाई मार्ने नीति नलिएको बास्तोलाले दाबी गरे । उनले भने– ‘हामीले बम हान्ने वा चुनाव रोक्ने हैन, मास (जनता) लाई उठाएर मतपेटिका फाल्ने नीति लिएका छौं ।’
धनगढीमा सोमबार रातिमात्रै आफैंले बोकेको बम आत्मघाती रुपमा बिस्फोट हुँदा चन्द्र सिंह भन्ने तपाईंका कार्यकर्ताको मृत्यु भएको छ, आखिर यो घटनाले त तपाईंहरुले नै बम बोकिरहेको पुष्टि गर्दैन र ?

जवाफमा उनले भने– ‘त्यो घटनाबारे हामीले बुझ्न पाएका छैनौं, विस्फोटमा मृत्यु हुने साथी हाम्रो पार्टीको हो कि हैन, पहिले बुझ्नुपर्छ ।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?