झापामा ओली, सिटौला र विश्वप्रकाशको पछिल्लो मत परिणाम !

Shikharkhabar Shikharkhabar
|
शनिबार, मंसिर २३, २०७४
|
|
२४ पटक हेरिएको
Shares

सारांश

  • मंसिर २३, २०७४-झापाका पाँचवटै निर्वाचन क्षेत्रमा वाम गठबन्धनका उम्मेदवारहरुले अग्रतालाई कायमै राखेका छन् ।
  • ‘हेभीवेट’उम्मेदवारहरुका कारण जिल्लाको ताजा मतपरिणामप्रति सर्वसाधारणको चासो बढ्दो छ ।
  • नेपाली कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला र युवा नेता विश्वप्रकाश शर्मा अहिलेसम्म आफ्ना प्रतिस्पर्धीलाई उछिन्न सकेका छैनन् ।
मंसिर २३, २०७४-झापाका पाँचवटै निर्वाचन क्षेत्रमा वाम गठबन्धनका उम्मेदवारहरुले अग्रतालाई कायमै राखेका छन् । ‘हेभीवेट’उम्मेदवारहरुका कारण जिल्लाको ताजा मतपरिणामप्रति सर्वसाधारणको चासो बढ्दो छ ।
नेपाली कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला र युवा नेता विश्वप्रकाश शर्मा अहिलेसम्म आफ्ना प्रतिस्पर्धीलाई उछिन्न सकेका छैनन् । एमाले अध्यक्ष केपी ओलीका प्रतिस्पर्धीले ल्याएको मतभन्दा बढी अन्तरले अगाडि छन् । ओली प्रतिस्पर्धी कांग्रेसका डा.खगेन्द्र अधिकारीभन्दा ७ हजार २ सय १३ मतको अन्तरले अगाडि छन् ।

क्षेत्र नं ३ मा सिटौलालाई वाम गठबन्धनको समर्थन रहेको राप्रपाका महामन्त्री राजेन्द्र लिङदेनले पछि पारेका छन् । पछिल्लो नतिजाअनुसार सिटौला लिङ्देनभन्दा ३ हजार ६ सय १९ मतले पछि छन् । त्यस्तै युवा नेता विश्वप्रकाश माओवादी उम्मेदवार राम कार्कीभन्दा ८ सय ७७ मतले पछि छन् ।

क्षेत्र नं. २ मा कांग्रेस जिल्ला सभापति उद्धव थापा वाम गठबन्धनकी पवित्रा निरौला खरेलसँग २ हजार ३ सय ४७ मतले पछि छन् ।

क्षेत्र नं. ४ मा वाम गठबन्धनका एलपी सावा कांग्रेसका देउमान थेवेभन्दा ६ हजार १ सय ७८ मतअन्तरले अगाडि छन् ।

अहिले  भर्खरै प्राप्त मत परिणाम : 

झापा १ ,३ 

१    सुरेन्द्र कुमार कार्की    नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)    १२७८६
२    विश्व प्रकाश शर्मा    नेपाली काँग्रेस    ११९०९

झापा – ३ 

१    राजेन्द्र प्रसाद लिङ्देन    राष्ट्रिय प्रजातन्त्र पार्टी    १९४४६
२    कृष्ण प्रसाद सिटौला    नेपाली काँग्रेस    १३३२६

झापा -५

१    के ।पी शर्मा ओली    नेपाल कम्युनिष्ट पार्टी (एमाले)    २०६०८
२    खगेन्द्र अधिकारी    नेपाली काँग्रेस    ९२८१

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?