बर्ड फ्लू भेटिएपछि सचेत रहन पशु चिकित्सकको आग्रह

Shikharkhabar Shikharkhabar
|
आइतबार, चैत्र २४, २०७५
|
|
२२ पटक हेरिएको
Shares
बर्ड फ्लू भेटिएपछि सचेत रहन पशु चिकित्सकको आग्रह

सारांश

  • काठमाण्डौ – काठमाण्डौ उपत्यकासहित मोरङ र सर्लाहीमा बर्ड फ्लू देखिएपछि सचेत रहन पशु चिकित्सकले आग्रह गरेका छन् ।
  • सकेसम्म कुखुरालगायत पशुको मासु नखान, रोग भेटिएको आसपासका ठाउँबाट पन्छिको मासु नकिन्न, र खानै परे राम्रोसँग पकाएर मात्र खान पशु सेवा विभागका उपमहानिर्देशक सम्झना काफ्लेले आग्रह गर्नुभयो ।
  • व्यवसायीलाई पनि रोगबाट संक्रमित ठाउँबाट पन्छी नकिन्न पनि उहाँले सुझाव दिनुभएको छ ।

काठमाण्डौ – काठमाण्डौ उपत्यकासहित मोरङ र सर्लाहीमा बर्ड फ्लू देखिएपछि सचेत रहन पशु चिकित्सकले आग्रह गरेका छन् ।

सकेसम्म कुखुरालगायत पशुको मासु नखान, रोग भेटिएको आसपासका ठाउँबाट पन्छिको मासु नकिन्न, र खानै परे राम्रोसँग पकाएर मात्र खान पशु सेवा विभागका उपमहानिर्देशक सम्झना काफ्लेले आग्रह गर्नुभयो ।

व्यवसायीलाई पनि रोगबाट संक्रमित ठाउँबाट पन्छी नकिन्न पनि उहाँले सुझाव दिनुभएको छ । खानेलाई भन्दा मासु काट्ने, किनेर ल्याउने, कुखुराको हेरचाह गर्नेलाई रोग सर्ने जोखिम धेरै हुने चिकित्सकहरुको भनाइ छ ।

काठमाण्डौमा काग र कुखुरामा बर्ड फ्लू भएको पुष्टि भएपछि निगरानी बढाइएको पशु सेवा विभागले जनाएको छ । काठमाण्डौको नारायणहिटी दरबार र बेलायती दुतावास रहेको क्षेत्रमा मरेका भेटिएका झण्डै ३ सय कागमा बर्ड फ्लू भएको पुष्टि भएपछि थप निगरानी बढाइएको पशु सेवा विभागका उपमहानिर्देशक काफ्लेले जानकारी दिनुभयो ।

जंगली पन्छीमा देखिएको बर्ड फ्लू नियन्त्रण गर्न अत्यन्तै गाह्रो हुने उहाँको भनाइ छ ।  बर्डफूलू भएर मरेका पन्छीलाई तत्कालै गाड्ने र सक्रमण देखिने वित्तिकै नष्ट गर्ने, फार्मको जैविक सुरक्षा गर्ने, अरु पन्छीको पनि खोर ब्यवस्थित गर्नेलागयतका काम भइरहेको उहाँले बताउनुभयो ।

बाहिरी देशका कतिपय ठाउँका पन्छीमा पनि बर्डफ्लूको संक्रमण देखिएकाले ती देशबाट आउने मौसमी पन्छीले पनि नेपालमा बर्ड फ्लू सारेको हुनसक्ने उहाँले बताउनुभयो ।

काठामाण्डौ  भक्तपुर र ललितपुरका केही कुखुरा फार्ममासमेत अहिले बर्ड फ्लू भेटिएका छन् । यस्तै मोरङका दुईवटा र सर्लाहीको एउटा कुखुरा फार्ममा पनि बर्ड फ्लू पुष्टि भएको छ । ती क्षेत्रका धेरैजसो २४ देखि २८ हप्ताका लेयर जातका कुखुरामा बर्ड फ्लू भेटिएको पशुसेवा विभागले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नेकपाले पठायाे बाबुरामबाबुराम भट्टराईलाइ एउटै खाममा चारवटा शुभकामना कार्ड !
नेकपाले पठायाे बाबुरामबाबुराम भट्टराईलाइ एउटै खाममा चारवटा शुभकामना कार्ड !
गेटा मेडिकल कलेजः सहिद दशरथचन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालयको प्रारुपमा सञ्चालन हुने
गेटा मेडिकल कलेजः सहिद दशरथचन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालयको प्रारुपमा सञ्चालन हुने
उपनिर्वाचनको तयारी थाल्दै कांग्रेस
उपनिर्वाचनको तयारी थाल्दै कांग्रेस
बसको ठक्करबाट महिलाको मृत्यु
बसको ठक्करबाट महिलाको मृत्यु
सुशीला कार्की र डा गोविन्द केसीले ‘चैट’ पारे नारायणकाजी श्रेष्ठकाे प्रवक्ता पद ! फकाउने जिम्मा माधव नेपाललाई
सुशीला कार्की र डा गोविन्द केसीले ‘चैट’ पारे नारायणकाजी श्रेष्ठकाे प्रवक्ता पद ! फकाउने जिम्मा माधव नेपाललाई
‘आफ्नो गाउँ आफैँ बनाऔँ’ का थालनीकर्ता कम्युनिष्ट नेता भरतमेहन प्रकाश सिलवाल काठमाडौँ। कानून व्यवसायबाट सामाजिक क्षेत्रमा लागेका नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का दिवङ्गत नेता तथा पूर्वउपप्रधानमन्त्री एवं अर्थमन्त्री भरतमोहन अधिकारी अर्थतन्त्रका विज्ञसमेत थिए। शनिबार राति ९ः३५ बजे काठमाडौँको ह्याम्स अस्पतालमा ८३ वर्षको उमेरमा निधन भएका नेता अधिकारी मनमोहन स्मृति

ट्याक्सी मिटरमा जान मानेनन् ! यसो गर्नुस्…
ट्याक्सी मिटरमा जान मानेनन् ! यसो गर्नुस्…
थप ३१५ जना बूढीगण्डकी प्रभावितलाई मुआब्जा दिने निर्णय
थप ३१५ जना बूढीगण्डकी प्रभावितलाई मुआब्जा दिने निर्णय
मोदीविरूद्ध प्रदर्शन चर्किदै
मोदीविरूद्ध प्रदर्शन चर्किदै
मन्त्रि चढेकाे जहाज बिग्रेपछि…
मन्त्रि चढेकाे जहाज बिग्रेपछि…

तपाईंले छुटाउनुभयो कि?