मेकअप नगर्दा ज्यान मार्ने धम्की

Shikharkhabar Shikharkhabar
|
मंगलबार, मंसिर २५, २०७५
|
|
१५ पटक हेरिएको
Shares
मेकअप नगर्दा ज्यान मार्ने धम्की

सारांश

  • दक्षिण कोरियाली युट्युव स्टार लिना बेले अनुहारमा मेकअप गर्न सिकाउने भिडिओहरूको सट्टा मेकअप हटाएको भिडिओ युट्युबमा राख्न थाल्दा केही नकारात्मक टिप्पणीहरूको अपेक्षा गरेकी थिइन्।
  • तर ज्यान मार्ने धम्की नै आउलान् भन्ने उनलाई पटक्कै लागेको थिएन ।
  • २१ वर्षीया लिनाले निकै विचार गरेर मात्रै त्यस्तो निर्णय लिएकी थिइन्।

दक्षिण कोरियाली युट्युव स्टार लिना बेले अनुहारमा मेकअप गर्न सिकाउने भिडिओहरूको सट्टा मेकअप हटाएको भिडिओ युट्युबमा राख्न थाल्दा केही नकारात्मक टिप्पणीहरूको अपेक्षा गरेकी थिइन्। तर ज्यान मार्ने धम्की नै आउलान् भन्ने उनलाई पटक्कै लागेको थिएन ।

२१ वर्षीया लिनाले निकै विचार गरेर मात्रै त्यस्तो निर्णय लिएकी थिइन्। सधैँजसो सिँगारपटार गर्न ‌सिकाउने व्यक्तिले शृङ्गार नगर्ने बानीलाई प्रोत्साहन दिने गरी भिडिओ पोस्ट गर्दा कसैले दोधारे मान्छे भन्लान् कि भन्ने चिन्ता पनि उनलाई लागेको थियो। र, उनलाई अब विना “मेकअप” अथवा शृङ्गार नगरेर पनि बस्न सकिन्छ भन्ने देखाउने आफ्नो विचारमा अडिग भएर रहने बेला आयो भन्ने लाग्यो।“मेरो विचारमा अधिकांश कोरियाली महिला देखावटी सौन्दर्यको पछि लागेका हुन् कि जस्तो लाग्छ”, उनले भनिन्।

“उनीहरूलाई अरूले आफ्नो वास्तविक अनुहार देख्लान् कि भन्ने ठूलो डर छ। कसैले उनीहरूलाई नराम्री भनेको सुनेमा महिलाहरूलाई निकै लज्जाबोध हुन्छ भन्ने मैले सुनेकी थिएँ। म पनि त्यस्तै थिएँ।” उनले भनिन्। लिन बे ले शृङ्गार गर्दा लगाएको नक्कली परेला निकालेको, चेरी जस्तो रातो रङ्गको लिपीस्टिक पुछेको भिडिओ ५० लाखभन्दा बढी मानिसले हेरिसकेका छन्। हजारौँले उनीप्रति समर्थन जनाएका छन्। तर अरूले भने उनीमाथि व्यक्तिगत आक्रमण नै थालेका छन्।“मार्ने धम्की आएको केही समयसम्म त मलाई घरबाट निस्कन पनि डर लाग्यो,” उनले भनिन्।

मेरो उत्कृष्ट रूप

अनुहारको सुन्दरतासँग सम्बन्धित लामो समयदेखि चलिआएको सामाजिक मान्यतालाई चुनौती दिन युवा कोरियाली महिलाहरूले थालेका हुर्कँदो अभियानको एक अंश हुन् बे। उनीहरू आफूलाई “सौन्दर्यको बन्धन” बाट मुक्ति खोज्ने अभियानका सदस्य भन्ने गर्छन्। सो अभियानमा विश्वास गर्नेहरू आफ्नो लामो कपाललाई खौरन्छन् र सौन्दर्य प्रशाधनको प्रयोग गर्दैनन् अनि आफ्नो त्यस्तो स्वरूपलाई सामाजिक सञ्जालका वेबसाइटहरूमा राखेर फैलाउने गर्छन्। कोरियाली समाजले आफूहरूमाथि लादेको बन्धन वा सीमितताहरूविरुद्ध गरिएको विद्रोहको कदमका रुपमा त्यसो गरिएको उनीहरू बताउँछन्।

दक्षिण कोरियामा सानै उमेरदेखि नै महिलाहरूमाथि विभिन्न धारणाहरू जबर्जस्ती लाद्ने गरिन्छ। विभिन्न विज्ञापनहरूका सन्देशहरूले तिनीहरूलाई जीउ पातलो हुनुपर्छ, छाला मुलायम र गोरो हुनुपर्छ र अनुहार अण्डाकार हुनुपर्छ भनी निरन्तर दबाब दिने गर्छन्। सौन्दर्य प्रशाधन उद्योग संसारकै सबैभन्दा ठूलोमध्येको एउटा हो जसले एक वर्षमा विक्रीबाट मात्रै झण्डै १३ अर्ब डलरको कारोबार गर्ने गर्छ। दक्षिण कोरियामा संसारभरिकै उच्चदरमा कस्मेटिक सर्जरी पनि हुने गरेको छ।

त्यहाँ मान्छेको सफलतालाई उसको सुन्दरतासँग समेत दाँजेर हेर्ने गरिन्छ। गत वर्ष गरिएको एक सर्वेक्षणमा कामको खोजी गरिरहेकाहरूमध्ये ८८ प्रतिशतले आफ्नो बाहिरी स्वरूपले नै काम पाउने वा नपाउने कुराको निर्धारण गर्ने बताएका थिए। सर्वेक्षणमा सहभागी आधाभन्दा धेरैले काम पाउनकै लागि आफू प्लास्टिक सर्जरी गर्न समेत तयार रहेको बताएका थिए।

सुन्दरताको मापदण्डबाट मुक्ति

बाहिरी रूपमा गरिने सानो भन्दा सानो परिवर्तनले समेत त्यहाँ ठूलो चर्चा निम्त्याउने गर्छ। दक्षिण कोरियाली समाचार संस्था एमबीसीकी प्रस्तोता ह्युन जु इमले दक्षिण कोरियाली सञ्चार क्षेत्रमा अहिलेसम्मकै अभूतपूर्व मानिने निर्णय गरिन्। उनले लामो समयदेखि लगाउँदै आएको लेन्स र नक्कली परेली प्रयोग गर्न छाडिन् र चश्मा लगाएर समाचार पढ्ने पहिलो समाचारवाचिका बनिन्।

उनलाई दर्शकले आफूलाई अल्छी भनेर टिप्पणी गर्लान् की भन्ने डर थियो। तर उनलाई समर्थनसहितका हजारौँ इमेल प्राप्त भए। उनले भन्छिन् “यो चश्माले ममा धेरै परिवर्तन ल्याइदिएको छ। म अब आफूलाई असहज हुने कुनै पनि लुगा लगाउँदिनँ र अहिले मलाई निकै स्वतन्त्र भएको अनुभूति हुन्छ। यो चश्माले मलाई स्वतन्त्रताको पखेटा दिएको छ।” बीबीसी

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

खाजा पकाउने क्रममा आगलागी हुँदा बालकको मृत्यु
खाजा पकाउने क्रममा आगलागी हुँदा बालकको मृत्यु
यस्ता विश्वविख्यात खेलाडी जसले दुईओटा राष्ट्रबाट विश्वकप खेले
यस्ता विश्वविख्यात खेलाडी जसले दुईओटा राष्ट्रबाट विश्वकप खेले
रेखाको अब नायिकाबाट नेतृ बन्ने तयारी
रेखाको अब नायिकाबाट नेतृ बन्ने तयारी
आज सुनको मूल्यमा नयाँ रेकर्ड कायम, कति छ ताेलाकाे ?
आज सुनको मूल्यमा नयाँ रेकर्ड कायम, कति छ ताेलाकाे ?
प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचन कार्यक्रम सार्वजनिक हुँदै ,
प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचन कार्यक्रम सार्वजनिक हुँदै ,
विश्व सम्पदालाई नीजि सम्पत्ति जस्तै ठान्नेलाई कारवाहीको माग
विश्व सम्पदालाई नीजि सम्पत्ति जस्तै ठान्नेलाई कारवाहीको माग
पार्टी एकता भाँड्नेसम्मको षड्यन्त्रमा सहभागी भएको आरोप कमल थापाले बोहरामाथि थोपर्दै
पार्टी एकता भाँड्नेसम्मको षड्यन्त्रमा सहभागी भएको आरोप कमल थापाले बोहरामाथि थोपर्दै
गणतन्त्र दिवस जनताको सहभागितामा मनाउनुपर्छ –प्रधानमन्त्री
गणतन्त्र दिवस जनताको सहभागितामा मनाउनुपर्छ –प्रधानमन्त्री
सीप सिक्दै, आत्मनिर्भर बन्दै
सीप सिक्दै, आत्मनिर्भर बन्दै
कोरोनाभाइरस: अमेरिका र अस्ट्रेलियाद्वारा चीनबाट भित्रिन नदिन यात्रा प्रतिबन्ध
कोरोनाभाइरस: अमेरिका र अस्ट्रेलियाद्वारा चीनबाट भित्रिन नदिन यात्रा प्रतिबन्ध

तपाईंले छुटाउनुभयो कि?