बर्षा राउतले यसरी माफी मागिन्
सारांश
- नायिका वर्षा राउतले सामाजिक सञ्जालमा एक लामो स्टाटस लेख्दै माफी मागेकीछन्।
- नेपाल भारत सिमा विवाद लिपुलेक, लिम्पियाधुरा र कालापानी समेटी नेपाल सरकारले नयाँ नक्शा निकाले पछि केहि भारतीय सञ्चार माध्यममा पहिरो गएको छ।
- भारतीय सिनेमाकी चर्चित नेपाली नायिका मनिषा कोइरालाले सहमति जनाउँदै नेपालको पक्षमा ट्विट गरेपछि झन उनि र नेपालप्रति आक्रामक भएर देखिएका छन् भने नेपाली मनहरुमा राष्ट्रियता जागेको छ।
नायिका वर्षा राउतले सामाजिक सञ्जालमा एक लामो स्टाटस लेख्दै माफी मागेकीछन्। नेपाल भारत सिमा विवाद लिपुलेक, लिम्पियाधुरा र कालापानी समेटी नेपाल सरकारले नयाँ नक्शा निकाले पछि केहि भारतीय सञ्चार माध्यममा पहिरो गएको छ। भारतीय सिनेमाकी चर्चित नेपाली नायिका मनिषा कोइरालाले सहमति जनाउँदै नेपालको पक्षमा ट्विट गरेपछि झन उनि र नेपालप्रति आक्रामक भएर देखिएका छन् भने नेपाली मनहरुमा राष्ट्रियता जागेको छ।
यस्तो समयमा नेपाली नायिका बर्षा राउतले लाईभ भिडियोमा नेपालले सिमाको लागी गरेको व्यवहारले आफ्ना भारतीय साथीहरूको अगाडी मुख देखाउन गाह्रो भएको बताएकी थिइन्। उक्त भिडियो भाईरल भएसंगै उनी विवादमा मुछिएकी थिइन्। उक्त भिडियो मा जिब्रो चिप्लिएको भनेर माफी माग्दै अब आईन्दा बोल्दा हेक्का राख्ने बताएकि छन्। उनको स्टाटस यस्तो छ।
सम्पूर्ण आदरणीय दर्शक तथा शुभचिन्तक साथीहरूमा नमन ।
कलाकार हुँ, त्यसमाथि अलि भावुक स्वभावकी छु त्यसैले सकेसम्म कुनै पनि प्रकारको विवादबाट टाढा रहन खोज्छु । तर हिजो एउटा अन्तरवार्तालाई लिएर जुन हो(हल्ला गरियो, त्यसले मलाई भावनात्मक ठेस पुगेको छ । हो, प्रत्यक्ष प्रसारण भइरहेको कार्यक्रममा बोल्दै जाँदा म कुनै कुरामा चुकेँ होला, बोल्दै जाँदा जिब्रो चिप्लियो होला तर मनभित्र आफ्नो देश, आफ्नो राष्ट्रियताप्रतिको सम्मानमा म अलिकति पनि चुकेकी छैन, अलिकति पनि माथि(तल परेकी छैन ।
संसारको कुन नागरिकलाई आफ्नो मातृभूतिप्रति माया हुँदैन होला र? त्यसमाथि “नेपाली कलाकार” भनेर हाम्रो त पहिचान नै देश र राष्ट्रियतासँग जोडिएको हुन्छ । आफ्नो परिचयलाई नै अङ्गिकार गर्न सक्ने यति ठूलो र महान् सम्मानलाई म उच्च ओहोदामा राख्छु । म नेपाली हुँ, मलाई गर्व छ ।
हाल लिम्पियाधुरा, लिपुलेक र कालापानीसम्मको भूमिलाई समेटेर जुन नक्सा जारी भयो, त्यो हाम्रो भूमि हो र नेपाल सरकारले जुन कर्तव्यनिष्टता देखाएको छ, म त्यसको समर्थनमा अग्रपङ्क्तिमा उभिन तयार छु । तर यो मजस्तो एउटा व्यक्ति, एउटा नागरिकमात्रले समर्थन गरेर हुँदैन । हामी सबै नेपाली सँगै उभिएर समर्थन गर्नुपर्छ । समर्थन गर्नुपर्छ वार्ता गर्ने उचित वातावरणको, समर्थन गर्नुपर्छ तथ्य र सत्यको, समर्थन गर्नुपर्छ हामी दुई छिमेकीको प्रगढ सम्बन्धको, समर्थन गर्नुपर्छ हाम्रो रोटी(बेटी सम्बन्धको, र सबैभन्दा धेरै समर्थन गर्नुपर्छ मानवता र मानवधर्मको । यस्तो संवेदनशील समयमा भड्काउ तत्त्वहरूले आक्रमण गर्न सक्छन्, दुई देशको अन्तरदेशीय सम्बन्ध बिगार्न सक्छन् – जुन कुरा भारतीय मिडियाले उचालेका केही शब्दहरूबाट देखिन थालेको छ । यस्तै असभ्य र असत्य पत्रकारिता हाम्रो मिडियाले पनि नगरोस्, मैले यही भन्न खोजेकी हुँ ।
नेपाल मेरी जननी जन्मभूमि हुन् । नेपाली सबै हामी दाजु(भाइ दिदी(बहिनी हौं । नेपाली चेली मनिषा कोइराला दिदीले भनेका कुरालाई जसरी गर्वका साथ मैले सेयर गरें त्यसरी नै नेपाली भावनलाई म खुसीका साथ प्रस्तुत गर्न सधैँ तयार छु । मैले प्रत्यक्ष प्रसारण भइरहेको कार्यक्रममा बोलेका केही शब्दमा हेक्का नभएकाले केही गल्ती बोलेँ होला जसको सन्दर्भ टेढिएर गलत अर्थ लागे होलान् । यस्तो परिस्थिति खडा भएकामा म क्षमाप्रार्थी छु र अब(आइन्दा यसरी बोल्दा पक्कै हेक्का राख्छु ।
जय नेपाल, जय नेपाली !
प्रतिक्रिया