यू–१९क्रिकेट- नेपाल ८ विकेटले पराजित

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, भाद्र २९, २०७५
|
|
२४ पटक हेरिएको
Shares
यू–१९क्रिकेट- नेपाल ८ विकेटले पराजित

सारांश

  • काठमाडौं २९,भदौ।
  • भारतको लखनउमा जारी एकदिवसीय क्रिकेट सिरिजअन्तर्गत आज सम्पन्न दोस्रो खेलमा नेपालको यू–१९ टोली भारतको यू–१९ ‘ए’सँग पराजित भएको छ ।
  •  टस जितेर ब्याटिङ गर्दै नेपालले ४५.

काठमाडौं २९,भदौ। भारतको लखनउमा जारी एकदिवसीय क्रिकेट सिरिजअन्तर्गत आज सम्पन्न दोस्रो खेलमा नेपालको यू–१९ टोली भारतको यू–१९ ‘ए’सँग पराजित भएको छ । टस जितेर ब्याटिङ गर्दै नेपालले ४५.५ ओभरमा सवै विकेट गुमाएर १५६ रन बनाएको थियो । एक सय ५७ रनको विजयी लक्ष्य भारतले २४ दशमलव १ ओभरमा दुई विकेट गुमाएर पुरा गर्यो।त्यसअघि ब्याटिङ गर्ने क्रममा नेपालका लागि सन्दीप जोराले सर्वाधिक ६६ रनको योगदान दिए । उनले ९३ बल खेल्दै एक छक्का र पाँच चौका हाने।

लखनउस्थित  अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा भएको खेलमा नेपाल ८ विकेटले पराजित भएको हो।
यसअघि नेपाल बुधबार भएको पहिल खेलमा भारतको यू–१९ ‘बी’सँग पराजित भएको थियो।  नेपाली टोली भारतको यू–१९ ‘बी’सँग ४० रनले पराजित भएको थियो । प्रतियोगितामा भारतको यू–१९ ‘ए’ र ‘बी’ तथा नेपाल र अफगानिस्तानको यू–१९ टोलीले प्रतिस्पर्धा गरिरहेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?