मुसहर बस्तीमा पूर्वराजा ज्ञानेन्द्र शाह

Shikharkhabar Shikharkhabar
|
आइतबार, माघ ७, २०८०
|
|
३३ पटक हेरिएको
Shares
मुसहर बस्तीमा पूर्वराजा ज्ञानेन्द्र शाह

सारांश

  • बारा।
  • करिब दुई सातादेखि बाराको सिमरामा रहेका पूर्वराजा ज्ञानेन्द्र शाह शनिवार जीतपुरसिमरा उपमहानगरपालिका-६ स्थित मुसहर बस्ती पुगेका छन्।
  • शाह परिवारका सदस्यसहित बस्ती पुगेका हुन्।

बारा। करिब दुई सातादेखि बाराको सिमरामा रहेका पूर्वराजा ज्ञानेन्द्र शाह शनिवार जीतपुरसिमरा उपमहानगरपालिका-६ स्थित मुसहर बस्ती पुगेका छन्। शाह परिवारका सदस्यसहित बस्ती पुगेका हुन्। पूर्वराजा ज्ञानेन्द्रसँग पत्नी कोमल, छोरी प्रेरणालगायत पूर्वराजपरिवाका सदस्य सहभागी छन्।

प्रभु शमशेर जबरा तथा राजी राणा परोपकार निजी गुठीले गत असोज १२ गते मुसहर समुदायका २० परिवारलाई उक्त बस्ती हस्तान्तरण गरेका थिए। पूर्व राजपरिवारभित्रका सदस्यले निर्माण गरी हस्तान्तरण गरेको बस्ती अवलोकन गर्न पूर्वराजा मुसहर बस्ती पुगेका हुन्।

बस्तीमा निर्माण भएको घरभित्र पसेर पूर्व राजदम्पतीले मुसहर समुदायका नागरिकसँग भलाकुसारी गरेका थिए। बस्तीमा एक घण्टा बिताएका उनीहरुले चिया समेत पिएका थिए।

पूर्व राजपरिवारको स्वागतमा मुसहर समुदायका युवायुवतीले सांस्कृतिक नृत्य प्रस्तुत गरेका थिए। यसअघि पूर्वराजदम्पतीलाई बस्तीमा बसोबास गर्ने २० वटै घरका परिवारका सदस्यले स्वागत गरेका थिए।

सो क्रममा बस्तीमा बसोबास गर्ने नागरिकका लागि दिवा भोजनको व्यवस्थापन समेत गरिएको थियो। पूर्वराजाले दिवा भोजनका लागि बनाइएको परिकार बस्तीका नागरिकलाई खाना खान आग्रह गरिरहेका थिए।

पूर्वराजालाई बस्तीमा स्वागत गर्न पाउँदा मुसहर समुदायका नागरिक खुशी देखिन्थे। चुहिएको घरमा कष्टकर जीवन बिताइरहेका २० परिवारका लागि प्रभु शमशेर जबरा तथा राजी राणा परोपकार निजी गुठीले पाँच करोड भन्दा बढीको लागतमा बस्ती नै निर्माण गरेर हस्तान्तरण गरेको हो।

उक्त बस्तीमा २० वटा घर छ। सात धुर जमिनमा निर्माण भएको एउटा घर तीन कोठाको छ भने प्रत्येक घरलाई छुट्टै शौचालय र चापाकलको व्यवस्था गरिएको छ।

ऐलानी जग्गामा बसोबास गर्दै आएका मुसहर समुदायले घर पाएपछि सोही बस्तीमा बस्दै आएका छन्। यसअघि पूर्व राजा गढीमाई मन्दिरमा पुगेर दर्शन गरेका थिए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

वीरगन्जमा एमाले र लोसपाबीच गठबन्धन
वीरगन्जमा एमाले र लोसपाबीच गठबन्धन
ललितपुर महानगरपालिकाको वडा नम्बर १ मा स्वतन्त्र उम्मेदवार विजयी
ललितपुर महानगरपालिकाको वडा नम्बर १ मा स्वतन्त्र उम्मेदवार विजयी
पूर्वी अफगानिस्तानमा दुर्घटनाग्रस्त विमान आफूहरुले खसालेको तालिबानको दाबी
पूर्वी अफगानिस्तानमा दुर्घटनाग्रस्त विमान आफूहरुले खसालेको तालिबानको दाबी
ओलीको ट्वीट काण्ड: दाहाललाइ ओलीले भने ‘सरी.. माईन्ड नगर्नुस !’
ओलीको ट्वीट काण्ड: दाहाललाइ ओलीले भने ‘सरी.. माईन्ड नगर्नुस !’
देउवाकाे हिसाबकिताबमा प्रकाशशरण महत
देउवाकाे हिसाबकिताबमा प्रकाशशरण महत
गगन थापाले काउन्टर दिँदा यसरी समाप्त भयो खुमबहादुर खड्काको राजनीति !
गृहमन्त्रीको निर्देशन नमानेपछि काठमाडौं झिकाइएका सिरहा र पर्साका एसपी फिर्ता
गृहमन्त्रीको निर्देशन नमानेपछि काठमाडौं झिकाइएका सिरहा र पर्साका एसपी फिर्ता
आजको विनिमयदर: अमेरिकी डलर घट्दा युरोको मूल्य बढ्यो
आजको विनिमयदर: अमेरिकी डलर घट्दा युरोको मूल्य बढ्यो
ओलीले माओवादीको र प्रचण्डले एमालेको केन्द्रीय कमिटीलाई सम्बोधन गर्ने (सातै बुँदासहित)
ओलीले माओवादीको र प्रचण्डले एमालेको केन्द्रीय कमिटीलाई सम्बोधन गर्ने (सातै बुँदासहित)
आइतबार भित्र लाइसेन्स छाप्ने मास प्रिन्टर आउने
आइतबार भित्र लाइसेन्स छाप्ने मास प्रिन्टर आउने

तपाईंले छुटाउनुभयो कि?