बलात्कारीको लिंग छेदन कि फासी दिने वा जीवनभर जेल सजाय !

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, श्रावण २५, २०७५
|
|
२६ पटक हेरिएको
Shares
बलात्कारीको लिंग छेदन कि फासी दिने वा जीवनभर जेल सजाय !

सारांश

  • शिखरन्युज २५ साउन ।
  • दिनदिनै बलात्कारका घट्ना आउन थालेपछि बलात्कारीको लिंग छेदन वा फासी दिने वा जीवनभर जेल सजायको माग आउन थालेको छ ।
  • सरकारले बलात्कारीलाई जीवनभर जेल सजाय हुने गरी अहिलेको कानूनमा संशोधन गर्ने तयारी थालेको बेला यस्तो सुझाव आएको हो ।

शिखरन्युज २५ साउन । दिनदिनै बलात्कारका घट्ना आउन थालेपछि बलात्कारीको लिंग छेदन वा फासी दिने वा जीवनभर जेल सजायको माग आउन थालेको छ । सरकारले बलात्कारीलाई जीवनभर जेल सजाय हुने गरी अहिलेको कानूनमा संशोधन गर्ने तयारी थालेको बेला यस्तो सुझाव आएको हो ।

महिला, बालबालिका तथा समाजक कल्याणमन्त्री थममाया थापाका अनुसार बलात्कारीलाई जिन्दगीभर जेलमा थुन्ने गरी कानून संशोधनको प्रस्ताव मन्त्रिपरिषद्मा पुगी छलफलमा रहेको छ ।

बालिकामाथि बलात्कार र बलात्कारपछि हत्या भएको घटनाले आक्रोशित बनेका महिला सांसदले बलात्कार नियन्त्रण गर्न बलात्कारीको लिंग काट्ने, फाँसी दिने वा आजीवन जेलमा सडाउने जस्ता सजयाको माग जनताबाट आइरहेको भन्दै ध्यानाकर्षण गराएका थिए ।

दिनदिनै महिला र बालिकामाथि बलात्कारको घटना बढ्दै गएपछि बलात्कारीलाई आजीवन काराबास सजायको व्यवस्थासहित कानुन संशोधन गर्न लागिएको हो ।

प्रतिनिधिसभा, महिला तथा सामाजिक समितिको बैठकमा मन्त्री थापाले बलात्कारको सजाय सम्बन्धमा कानूनमा हुन लागेको संशोधनबारे जानकारी दिँदै १० वर्ष मुनिका बालिका, क वर्गका अपांग महिला तथा ७५ वर्ष माथिका ज्येष्ठ नागरिकलाई बलात्कार गर्नेलाई आजीवन जेल बस्नेगरी कानूनमा संशोधन गर्न लागेको बताइन् ।

बैठकमा सांसदहरुले बलात्कारीलाई कडाभन्दा कडा कानून ल्याई सजायको व्यवस्था गर्न सुझाव दिएका थिए । दिनहुँ बलात्कारका घटना बढ्दै गएको र महिला असुरक्षित बन्ने देखिएको भन्दै चिन्ता व्यक्त गरेका थिए । छिटोभन्दा छिटो कानुन बलियो बनाएर दोषीलाई कडा कार्वाही हुनुपर्नेमा सरकारको ध्यानाकर्षण गराएका थिए ।

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Ganesh Shakya

    Ling chhedan the best.

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?