आमाहरूको रक्तस्राव रोक्ने नयाँ औषधि

Shikharkhabar Shikharkhabar
|
बिहिबार, आषाढ १४, २०७५
|
|
२६ पटक हेरिएको
Shares
आमाहरूको रक्तस्राव रोक्ने नयाँ औषधि

सारांश

  • शिशुहरूको जन्म हुनुअघि आमाहरूको रक्तस्राव रोक्न दिइने नयाँ औषधिले हजारौँ महिलाको ज्यान जोगाउन सक्ने विश्व स्वास्थ्य संगठनले जनाएको छ।
  • विश्व स्वास्थ्य संगठनका अनुसार बच्चा जन्माउने बेला हुने अत्यधिक रक्तस्रावका कारण विश्वभर हरेक वर्ष ७०,००० महिलाको ज्यान जाने गर्दछ।
  • धेरै रक्तस्रावका कारण नवजात शिशुहरूलाई समेत निकै जोखिम पुग्ने गर्दछ।

शिशुहरूको जन्म हुनुअघि आमाहरूको रक्तस्राव रोक्न दिइने नयाँ औषधिले हजारौँ महिलाको ज्यान जोगाउन सक्ने विश्व स्वास्थ्य संगठनले जनाएको छ।

विश्व स्वास्थ्य संगठनका अनुसार बच्चा जन्माउने बेला हुने अत्यधिक रक्तस्रावका कारण विश्वभर हरेक वर्ष ७०,००० महिलाको ज्यान जाने गर्दछ।

धेरै रक्तस्रावका कारण नवजात शिशुहरूलाई समेत निकै जोखिम पुग्ने गर्दछ।

धेरै देशहरूमा महिलाहरूलाई शिशु जन्माउने बेला हुन सक्ने रक्तस्राव रोक्न अक्सिटोसिन नामक औषधिको इन्जेक्सन दिइने गरिन्छ।

तर विश्व स्वास्थ्य संगठनको भनाइमा त्यो औषधिले गर्मी र उष्ण हावापानी भएका स्थानहरूमा राम्रो काम गर्दैन।

निष्कर्ष

न्यू इङ्गल्याण्ड जर्नल अफ मेडिसिनमा प्रकाशित अध्ययनको निष्कर्ष अनुसार हिटस्टेबल कार्बेटोसिन नाम गरेको औषधिले चाहिँ गर्मी र उष्ण ठाउँहरूमा पनि राम्रो काम गर्दछ।

त्यो अध्ययनका अनुसार नयाँ औषधिले महिलाहरूको रक्तस्राव कम गर्न मद्दत गर्दछ।

त्यो विश्वभरका महिलाहरूलाई दिन सकिने सम्भावना छ।

विज्ञहरूले नयाँ औषधि २ देखि ८ डिग्री सेल्सियस तापक्रममा भण्डार गर्नु पर्ने बताएका छन्।

तर उनीहरूको चिन्ता छ रेफ्रिजेरेटर नहुने र विद्युत आपूर्ति भरपर्दो नहुने देशहरूमा नयाँ औषधि पुर्‍याउन सहज नहुन सक्छ।

(बिबिसी नेपालीबाट)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?