झलनाथ खनाल भन्छन् केपी ओलीलाई कर्मचारीले नै टेरेनन्

Shikharkhabar Shikharkhabar
|
आइतबार, आश्विन ५, २०७६
|
|
२० पटक हेरिएको
Shares
झलनाथ खनाल भन्छन् केपी ओलीलाई कर्मचारीले नै टेरेनन्

सारांश

  • सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालले वर्तमान सरकारलाई कर्मचारी तथा प्रशासनतन्त्रले नटेरेको भन्दै दुःख पोखेका छन् ।
  •  उनले मुलुकमा राजनीतिक परिवर्तन सम्पन्न भइसकेकाले अब आर्थिक विकासमा जुट्नुपर्ने बताए ।
  • लेखक तथा साहित्यकार भानु भण्डारीको ‘सांस्कृतिक क्रान्तिका आधार’ तथा ‘होलेरी’ कथा सङ्ग्रहको विमोचन गर्दै उनले सिङ्गो मुलुक समाजवादी बाटोतिर अघि बढ्नुको कुनै विकल्प नभएको बताए ।

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालले वर्तमान सरकारलाई कर्मचारी तथा प्रशासनतन्त्रले नटेरेको भन्दै दुःख पोखेका छन् । उनले मुलुकमा राजनीतिक परिवर्तन सम्पन्न भइसकेकाले अब आर्थिक विकासमा जुट्नुपर्ने बताए ।

लेखक तथा साहित्यकार भानु भण्डारीको ‘सांस्कृतिक क्रान्तिका आधार’ तथा ‘होलेरी’ कथा सङ्ग्रहको विमोचन गर्दै उनले सिङ्गो मुलुक समाजवादी बाटोतिर अघि बढ्नुको कुनै विकल्प नभएको बताए ।

उनले भने,‘समाजवादतर्फ अघि बढ्न नीति, सिद्धान्त र व्यवहारले हाम्रो पार्टी स्पष्ट हुनुपर्छ ।’ नेपाली समाजलाई दलाल पूँजीवादले नराम्ररी प्रभावित बनाएको उल्लेख गर्दै खनालले दुईतिहाई बहुमतको सरकारलाई पनि कर्मचारीतन्त्र र प्रशासनले नटेर्नु दुःखद् भएको टिप्पणी गरे ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?