बलिउडका चर्चित खलनायकको मृत्यु

Shikharkhabar Shikharkhabar
|
आइतबार, माघ २७, २०७५
|
|
२० पटक हेरिएको
Shares
बलिउडका चर्चित खलनायकको मृत्यु

सारांश

  • काठमाडौं ।
  • बलिउडका ख्यातिप्राप्त कलाकार तथा अभिनेता महेश आनन्दको शंकास्पद मृत्यु भएको छ ।
  • ५७ वर्षका महेशको शव शनिवार उनकै घरमा फेला परेको हो ।

काठमाडौं । बलिउडका ख्यातिप्राप्त कलाकार तथा अभिनेता महेश आनन्दको शंकास्पद मृत्यु भएको छ । ५७ वर्षका महेशको शव शनिवार उनकै घरमा फेला परेको हो ।

८० र ९० को दशकमा बलिउडमा खलपात्रको भूमिकामा एकछत्र राज गरेका महेशले आनन्दले आफ्नो जीवनमा भने आनन्द प्राप्त गर्न सकेनन् । करिव १८ वर्षदेखि निरन्तर कमजोर आर्थिक अवस्था र मानसिक तनावले गुज्रिएका महेशको रहस्यमय मृत्युले बलिउड उद्योग तरङिगत भएको छ ।

चलचित्रमा हिरोबाट दुख पाउने गरेका महेशले जीवन संगिनीबाट धोका पाए । सम्बन्ध बिच्छेदपछि उनी एक्लै बस्दै आएका थिए । अन्तिम पटक गोबिन्दाको चलचित्र रंगिला राजामा अभिनय गरेका थिए । संयोगनै मान्नुपर्छ उनले वास्तविक जीवनमा पनि खलनायकले नपाउने दुख पाए । रगिला राजाको रिलिजका क्रममा उनले आफूसंग गाडी चढ्ने पैसा समेत नहुने यथार्थ सार्वजनिक गरेका थिए । उनले अमिताभ बच्चन, गोविन्दा, सनि देवल, सञ्जय दत्त जस्ता महशुर अभिनेतासंग अभिनय गरेका छन् । उनले शहंशााह, मजबुर, स्वर्ग, थानेदार, गुमराह, विश्वात्मा, बेताज, बादशाह, खुद्दार, बिजेता र कुरुक्षेत्र लगायतका चलचित्रमा उनको मन झस्काउने अभिनय हेर्न सकिन्छ ।

एक्लै बस्दे आएका उनको जीवन रक्षाको लागि सरोकारवाला निकाय र राज्य जिम्मेवार भइदिएको भए आज यो दुखद खवर समाचार बन्ने थिएन । उनको निधन शंकास्पद देखिएकाले प्रहरीले अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?